• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • डेटिङलाई नकारात्मक रूपमा लिनु नै विडम्वना

    ४ चैत्र २०७३, शुक्रबार ०९:२०

    – प्राध्यापक डा। रामकृष्ण महर्जन,

    बालबालिकालाइ विध्यालयमा यौनशिक्षा दिएमा उनीहरुमा उत्श्रृङ्खलता बढ्छ र चरित्र विग्रन्छ भन्ने धारणा राख्ने नीति निर्माताहरुको विरुद्ध किशेरावस्थाको शुरुवात देखि नै जीवनोपयोगी सीपमा आधारित यौन तथा प्रजनन स्वास्थ्यका बारेमा विध्यालयमा पठनपाठन हुनुपर्ने र उनीहरुको जिज्ञाशाहरु प्रति खुलेर कुरा गर्दा नै उनीहरुमा यौनसँग सम्बन्धित विकृती कम हुन्छ भनी दशकौ देखि यस क्षेत्रमा पैरवी गर्दै आउँने शिक्षा विद्हरु मध्ये एक अग्रज हुनुहुन्छ प्राध्यापक डा। रामकृष्ण महर्जन । नेपालको शारीरिक शिक्षा मात्र नभएर यौन तथा प्रजनन शिक्षा शिक्षणरप्रशिक्षण क्षेत्रमा प्राध्यापक महर्जन एक चिरपरिचित र अग्रज व्यक्तितव हुनुहुन्छ । उहाँले यस अभियानमा अगुवाइ गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित पठनपाठन तथा शिक्षण प्रशिक्षणका अध्ययन सामाग्रीहरु पनि धेरै तयार गर्नुभएको छ । हाल विश्वविध्यालयबाट सेवा अवकाशमा रहेर यहि क्षेत्रमा निरन्तर क्रियाशिल हुनुहुन्छ । यसैसन्दर्भमा यौनिक डट कमको लागि सहकर्मी नीलम भण्डारीले युवा तथा किशोरकिशोरीहरुको डेटिङ्का बारेमा लिनुभएको अन्तरवार्तालाइ सङ्क्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

    प्रेम र मित्रतामा डेटिङको आवश्यकता किन छ ?

    युवाकिशोरशिोरीहरुले डेटिङकै माध्यमबाट एकअर्कालाई चिन्ने र बुझ्ने मौका पाउँछन् । व्यक्तिको सुक्ष्म विशेषताहरू सामान्य कुराकानीमा थाहा पाउन सजिलो हुँदैन ।

    डेटिङको दुरुपयोग हुने सम्भावना शिक्षाको अभावले हो वा समाजको चरित्रले पारेको प्रभाव हो ?

    डेटिङको दुरुपयोग हुनु भनेको परिस्थितिले गर्ने हो । यसमा कुनै पनि कारण हुन सक्छ । शिक्षित हुँदैमा डेटिङको सदुरुपयोग नहुने वा अशिक्षित हुँदैमा दुरूपयोग हुने भने होइन । यस्ता व्यवहार भनेको परिस्थितिले सिर्जना गर्ने नियती हो ।

    डेटिङको यौन तथा प्रजनन स्वासथ्यसँग के सम्बन्ध रहन्छ ?

    डेटिङ भनेकै यौन तथा प्रजनन स्वास्थ्यको अंश भएपछि यसको यौन तथा प्रजनन स्वास्थ्यसँगको सम्बन्ध खोज्नु आवश्यक नहोला ।

    विद्यालयमा हुने यौन तथा प्रजनन स्वास्थ्यका शिक्षामा डेटिङको बारेमा किन पढाइ हुदैन ?

    डेटिङ बारे विद्यालयमा पढाइनै नहुने त होइन । कोर्समा समावेश छ । तर, सबै विद्यालयहरुमा प्रभावकारी रूपमा पढाइ भएको छैन भनी बुझ्दा राम्रो हुन्छ ।

    विद्यालयमा डेटिङसम्बन्धी शिक्षा र जीवनोपयोगी सीपको विकास गराउन किन आवश्यक छ ?

    यो विषय विद्यालयमा मात्र होइन विद्यालय नगएकाहरूको लागि पनि उत्तिकै आवश्यक छ ।

    किशोरकिशोरीहरूमा जीवनोपयोगी सीप विकास गर्न विद्यालय वा शिक्षकहरूको के भूमिका रहन्छ ?

    विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षकहरू विद्यार्थीका अभिभावक पनि हुन् । विद्यार्थीहरूले शिक्षकलाई आफ्नो आदर्श मान्छन् । शिक्षकहरूमा जीवनपयोगी सीपहरू भएमा त्यसको सिको विद्यार्थीले गर्ने हो ।

    सुरक्षित र व्यवस्थित डेटिङले किशोरकिशोरीहरूको पठनपाठनमा सहयोगी भूमिका खेल्न सम्भव छ रु छ भने कसरी सम्भव छ ?

    डेटिङ विषयलाई नकारात्मक रूपमा लिनु नै हाम्रो लागि विडम्वना हो । कसैसँग सम्बन्ध स्थापना गर्नु भनेको राम्रो कुरा हो । त्यो सम्बन्धबाट आफुले के कुरा सिक्ने भन्ने कुरा प्रमुख मानिन्छ । सम्बन्धका राम्रा पक्षहरूलाई पठनपाठनमा प्रयोग गर्ने हो भने यसले सकारात्मक भूमिका खेल्दछ ।

    विद्यार्थीहरूले विद्यालयबाट भागेर डेटिङ जाने प्रवृत्तिले उनीहरूको पढाईमा कस्तो प्रभाव पार्छ ?

    कक्षा छोडेर भाग्ने प्रवृत्तिले दुई ओटा नकारात्मक प्रभाव देखापर्छ । पहिलो त कक्षा छोडेर भाग्ने विद्यार्थीले कक्षामा प्राप्त गर्ने अनुभवबाट बञ्चित हुनुपर्छ । दोस्रो कुरा उसमा अपराधिक मानसिकता विकसित हुन्छ । यी दुबै पक्ष सिकाइको लागि हानीकारक छन् ।

    विद्यार्थीहरूले डेटिङ्का लागि विद्यालय बङ्क् गर्ने प्रवृत्ति रोक्नका लागि शिक्षकहरूले के कस्ता उपायहरू अवलम्बन गर्नु पर्ने हुन्छ ?

    कक्षा छोडेर भाग्ने प्रवृत्ति खासगरेर विद्यार्थीलाई अधुरो शिक्षा दिँदा हुन्छ या उनीहरूलाई रेखदेख गर्ने कोही छैन भनी स्तन्त्र छोडेको अवस्थामा देखिने हो । विद्यालयमा नियमित पढाइ हुँदैन वा कुनै शिक्षकको कक्षामा बस्ने इच्छा हुँदैन भने कक्षा छोड्ने प्रवृत्ति देखिन्छ । कक्षा नियमित हुने र रोचक हुने भएमा यो प्रवृत्तिलाई कम गर्न सकिन्छ । त्यस्तै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउन सकेमा पनि यस्ता क्रियाकलापमा कमी ल्याउन सकिन्छ ।

    विद्यालयमा अध्ययन गराइने यौनिकता शिक्षाका बारेमा शिक्षकहरूले कत्तिको निर्धक्क भएर पढाएका हुन्छन् ?

    विद्यालयमा यौनिकता शिक्षा कसले सिकाउँछन् त्यसमा भरपर्छ । जुन व्यक्तिलाई यौनिकता शिक्षा बारे आफैंलाई थाहा छैन त्यस्तो व्यक्तिले कसरी सिकाउन सक्छ रु कुनैकुनै अवस्थामा स्थानीय परिवेशले पनि निर्धक्कसँग सिकाउने वातावरण नमिल्न सक्छ । हाम्रो अनुभवमा धेरैजसो शिक्षकहरू स्वास्थ्य शिक्षाभन्दा फरक विषय हुनेहरुले यो विषय अध्यापन गर्ने भएको हुँदा यो समस्या आएको जस्तो लाग्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री