-महेश्वर घिमिरे,
हामी अधिकांश अभिभावकहरुले बालबालिकालाइ परम्परागत नियमको प्रक्रियाका आधारमा हुर्काउदै आएका छौ । त्ये भनेके हामीले अपनाउदै आएको वैदिकरपैराणिक संस्कृतिमा उल्लिखत नीतिगत कुराहरुलाइ आधार बनाएर उनीहरुका बालसुलभ इच्छाहरुमा रोक लगाउने काम गर्दै आएका छौ । आफ्ना बालबालिकालाइ नियन्त्रण गर्नु पहिला आप्नो पनि बाल्यअवस्थालाइ सम्झदा धेरै शिक्षा त्यहिबाट पनि प्राप्त हुन्छ ।
आफ्ना बालबालिकालाइ नैतिकवान् तथा चरित्रवान् बनाउने चाहना हरेक अभिभावकको हुन्छ तर अभिभावकको मात्र इच्छामा बालबलिकालाइ यसो गर्दा हुन्छ र उसो गर्दा हुदैन भन्ने कुरामा तुक छैन् । बरु यो धारणा र व्यबहारले उनीहरुमा नकारात्मक रुपमा मानसिक असर परिरहेको हुन्छ । बढ्दो उमेरका बालबालिकाहरुले जहिलेपनि आफुले चाहेको जस्तो काममा अवरोध पारिरहदा बालबालिकाहरु रिसाहा हुने, अभिभावकसगँ खुलेर कुरा नगर्ने, एकान्तमा बस्ने जस्ता मानसिक समस्याहरु बढ्दै गएको हुन्छ । विस्तारै अटेरी हुँदा अभिभावकमा बालबलिका प्रति असन्तुष्टी बढ्दै जानथाल्दछ । अभिभावकबाट विस्तारै टाढा हुने समस्याहरु बढ्दै गएको हुन्छ । यसका लागि अभिभावकले बालबालिकाहरुलाइ सहभागी गराएर उनीहरुका इच्छा र चाहनाका बारेमा कुरा सुन्नुका साथै परिवारिक मुध्दाहरुको छलफलमा पनि सहभागी गराएर उनीहरुको चाहनालाइ व्यवस्थित गर्न सकिन्छ । बालबालिकालाइ अभिभावकको क्रयाकलापमा सहभागी गराउन सकिन्छ ।
के गर्ने त ?
हुर्कने क्रममा बालबालिकाहरु किशेरावस्थामा प्रवेश गरे पछि आफ्ना दौतरीहरुलाइ साथी बनाउने, सँगसगै घुम्न जाने र रमाइलो गर्ने गर्छन् । किशोरावस्थामा प्रवेश गरिसकेका बालबालिकाहरु आफु भन्दा विपरित लिगंमा आकर्षित हुने गर्दछन र कोहिमा प्राक्रतिक रुपमै समलिंङ्गीय आकर्षण पनि भएको हुनसक्दछ । यो अवस्थामा त हाम्रो समाज अझै पनि अनुदार नै रहेको छ । बालबालिकाले आफ्नो चाहना अनुसारको साथी बनाउदाँ उनीहरुलाइ सजाय दिने वा उनीहरुको रुचीलाइ नस्वीकार्ने काम अभिभावकहरुले गरिरहेको हुन्छन । यस्तो नकारात्मक व्यवहार भएको अनुभूति भइरहदा बालबालिकाहरु कुलतमा फस्ने, मानसिक असर पर्ने जस्तो समस्याहरु आउँने कुरामा मनविद्हरुको पनि मत छ ।
के त्यसो भए बालबालिकाको चाहना अनुसार जे जे चाहन्छन् त्यहि गर्न दिने रु जेजस्ता गल्ती गरेपनि केहि नगर्ने रु त्यसो पनि होइन । हुर्कदो उमेरका बालबालिकासँग सहभागितामुलक छलफल चलाएर, उनिहरुक कुराहरु प्रति ध्यनपूर्वक सुनेर, उनिहरुले गर्न लागेको वा गरेका कामका बारेमा स्पष्टसँग बुझेर, त्यसबाट भोलि हुन सक्ने असरका बारेमा बताएर, स्थापित तथ्यहरु र परिवारको मान्यताहरु बताएर, उनिहरुले गरेको कामको विशेलेषण उनिहरु आफैलाइ गर्न दिएर, उनीहरुके असल विचारको प्रशशा गरेर, आदि उपायहरु अवलम्बन गरी समारात्मक परिवर्तन गर्न सकिन्छ । जसको परिणाम आफुले गरेको कामहरुका बारेमा सही वा गलत छट्याउँन सक्दछन । अभिभावकहरुका विचारमा खराव लागेको कुनैपनि काम छोराछोरीले गर्न खोजेको थाहा पाउँदा त रोक्न सक्छन तर रोक्ने तरिका पनि खराब नै किसिमको भएमा अभिभावकले थाहा नपाउँने तरिका अपनाएर त्यो काम गर्न चाहेका हुन्छन । त्यो किशेरकिशेरीहरुको डेटिङ्को सम्बन्धमा पनि लागुहुन्छ ।
बालबालिकाले अभिभावकहरुबाट सधैं मायाँको अपेक्षा गरेका हुन्छन त्यसैले अभिभावकहरुबाट कुनैपनि किसिमको हिसां हुनु हुदैन् । प्रेमले नै उनीहरुलाइ सुधार गर्न सकिन्छ । अपहेलना वा हिंसाले उनीहरुले पनि त्यहि व्यवहार सिक्दछन ।
किशेरावस्थामा पुग्दा प्राय सबै बालबालिकामा इन्टरनेट प्रयेगको पहुँच हुन्छ । त्यसैले उनीहरु सामाजिक सञ्जालमा संलग्न भएका हुन्छन । उनीहरुलाइ सही समयमा सही ज्ञान र जानाकारीहरु दिन नसक्दा अरुबाट दुरुपयेग हुने वा यौन हिंसा हुने सम्भावना हुन्छ । सामाजिक सञ्जालमा हुने यस्ता डेटिङमा घण्टौंसम्म बस्ने बानी परेका हुन्छन । त्यसका लागि समयको व्यवस्थापन गर्ने बानी बसाउँने र दुरुपयोगबाट बच्ने जीवनेपयेगी सीपको विकास गराउँनु आवश्यक हुन्छ । यदि इन्टरनेटमा हुने डेटिङमा सानै उमेर देखि समयको व्यवस्थापन गर्ने बानीको विकास नगराएमा कालान्तरमा यसबाट पर्ने प्रभाव नकारात्मक हुनपुग्दछ । जस्तै समाजमा घुलमिल हुन, विबाह गर्न समस्या पर्दा तनाव सिर्जना हुन्छ । जसको कारण मानिस कुलतमा फस्ने वा आत्माहत्या समेत गर्न सक्दछन ।
बालबालिकाहरुलाइ हामी अभिभावकत्व भन्दा पनि बढी संरक्षकत्व गर्न थाल्छौ । उनिहरुलाइ विद्यालय जादाँ पुर्याउन जाने वा लिन जाने साथिभाइसगँ घुम्न, सिनेमा हेर्न जान, अध्ययन भ्रमणमा जान आदिमा पनि रोक्नेगर्छौ । अझै विवाह गर्ने उमेरमा पुगिसकेका छोराछोरीहरुको पनि संरक्षक भएर बसेका हुन्छौं । छोरी भएकै कारणले पनि असुरक्षित हुने कुरा प्रति डर सिर्जना हुन्छ । तर त्यो भन्दा बाहेक पनि हामी उनीहरुको यौनसम्बन्धहरुलाइ स्विकार्छौ वा स्विकार्दैनौ भन्ने कुरा महत्वपूर्ण हो । आफ्ना छोराछोरीले रोजेको व्यक्तिसगँ पनि सुरक्षा र असुरक्षाको शंका जोडिएको हुन्छ । असल अभिभावकत्वको कुरा गरिरहदाँ आफ्ना छोराछोरीहरुको रुची र उनीहरुको व्यवहारका कुराहरुलाइ पनि नजिकबाट हर्न जरुरी छ तर छनौटको अधिकार चाहि उनीहरुसँग भएको हुनुपर्छ । जस्तै बढ्दो उमेरका बालबालिकाहरुमा आफ्नो मिल्ने साथी वा विपरित लिङ्ग वा समलिङ्गीहरुसगँको आकर्षण बढ्दै जान्छ । उनीहरुको आफ्नो विचार बुझ्ने साथीसँग भेटघाट गर्ने र कुरा गर्ने क्रम बढ्दै जान्छ । यसमा अभिभावकले कति समयसम्म कुरा गर्दा ठीक हुन्छ । कति कुरा गर्दा उपयुक्त हुन्छ भन्ने त्यस प्रति चाहिँ सचेत गराउँनु पर्दछ । किशोरावस्थामा अनेकौं यौन खुलदुलीहरु हुन्छन । त्यसकाबारे जानाकारी नभेट्टाएसम्म खुल्दुली रहिरहन सक्दछ । समयमै सही जानाकारी पाएनन् भने उनीहरुले असुरक्षित यौन व्यवहारहरु गर्न थालेका हुनसक्दछन । त्यस्ता किसिमका यौन व्यवहारहरु प्राय डेटिङका दौरानमा नै भएका हुनन्छन । त्यसकारण उनीहरुको उमेर अनुसारका जिज्ञासाहरु उपर उपयुक्त वातावरण मिलाएर घुमाउरो नभइ बुझिने गरी बताउँनु पर्दछ । जिज्ञाशाहरु उपरका जानकारीहरु अभिभावकहरुबाट पाएका किशेरकिशेरीहरुले चाहिँ असुरक्षित यौनव्यवहारहरु नगरेको अध्ययनहरुले पनि बताएको छ । बन्द यौन संस्कृतिको फलामे अनुशासनमा हुर्किएका बालबालिकाहरुले नै लुकीछिपी डेटिङ् जाँदा एकान्त ठाउँ रोज्ने गरेका हुनाले यौन हिंसामा परेका वा असुरक्षित व्यवहार गरेका हुन्छन ।
छोराछोरीको यौनिकता र ड्टिङ्को व्यवस्थापन
यो सुचना प्रविधिको युगमा संसारको जुन ठाउँमा भएता पनि मानिसहरु कुराकानी गर्न सक्दछन । घरमा इन्टरनेटको सुविधा नभएपनि कुनैपनि समयमा साइबरमा पुग्न सक्दछन र मनका भावहरुलाइ साटासाट गरी नजिक भएका हुन्छन् । यस्तो किसिमके साइबर डेटिङका बारेमा पनि मानिसले कसरी फसाउन सक्दछन भन्ने कुरामा अभिभावकहरुले सूचना प्रविधिको सदुपयोग र दुरुपयेगका बारेमा छोराछोरीलाइ उचित समयमा नै बताउँनु पर्दछ । सामाजिक सञ्जाल मार्फत कस्ता किसिमका कुराकानी गरेका हुन्छन भन्नेबारेमा अभिभावकहरुले ख्याल गर्नुपर्दछ तर त्यसैका बारेमा तनाव सिर्जना गराउँनु हुदैन । त्यसले झन नकारात्मक रुप लिनसक्दछ ।
छोराछोरीहरु आ(आफ्ना प्रेमी प्रेमीकाहरुसँग डेटिङमा जान रोक्ने वा व्यवधान खडा गर्ने अभिभावकको जङ्गी व्यवहारहरुले उनीहरुको मनस्थितिमा नराम्रो छाप छोडेको हुन्छ । त्यसले झन विकराल अवस्था सिर्जना हुनपनि सक्दछ । बरु त्यस सम्बन्धमा अनुशासनहरुको पालना सम्बन्धी उनीहरुकै सहभागितामा ती कामहरुको पुनरावलोकन गराउँन सकिन्छ । त्यसका लागि उनीहरुको उमेर अनुसार फरक तरिका अपनाउँनु पर्दछ । उनीहरुले गर्ने निर्णय प्रक्रियामा पनि उनीहरुकै सहभागिता भयो भने मात्र त्यसको कार्यान्वयन प्रभावकारी हुनसक्दछ । बालबालिकाको अनुशासनका मुध्दाहरुमा अभिभावकको ठाडो हस्तक्षेप हुनथालेपछि बालबालिकाहरु नकरात्मक सोच लिएर हुर्कीरहेका हुन्छन् । विस्तारै झुठो कुरा गर्ने बानीको विकास हुनथाल्दछ । जुन दिनमा सत्य अगाडि आउछ त्यो दिन दुवै पक्षलाइ त्यो कुराको भारी पर्छ । सामाजिक रुपमा त्यो कुराको मुल्य चुकाउनु पर्ने हुनसक्छ ।
बालबालिकाले आफ्नो प्रेमी प्रेमिकाहरुसगँ डेटिङमा जान र मायाँप्रिती लगाउँन भेटघाट गर्ने जादाँ रोक्नु भन्दा सुरक्षित व्यवहार र जीवनोपयोयी सीप अपनाउँन हजिकरण गर्ने र त्यसको सकरात्मक तरिकाले उपयोग गर्ने क्षमताको विकास गराउँनु राम्रो हो । यसका साथै, काम र जिम्मेवारीको आधारमा योजनालाइ प्राथमिकता दिने र सोहि अनुसार चल्न प्रतिबध्द हुने बानीको विकास गराउँदा उनीहरु दुरुपयोग हुनबाट बच्न सक्दछन ।