• २०७८ कार्तिक ५, शुक्रबार
  • |
  • Friday 22nd October 2021
  • हाम्रो पनि हुन्छ डेटिङ: दृष्टिविहिनहरु

    ८ चैत्र २०७३, मंगलवार १७:०८

    -निलम भण्डारी

    के अपाङ्गता भएका मानिसहरु पनि डेटिङमा जान्छन त रु अधिकांश मानिसहरुमा यो जिज्ञाशा हुन्छ । अपाङगता भएका व्यक्तिहरु पनि डेटिङ् जानसक्छन भनेको सुन्दा अचम्म लाग्न पनि सक्छ । डेटिङमा जानेगरेकि दृष्टिविहिन एक युवा महिला भन्छिन ूहामीसँग देख्ने आँखा मात्र नभएको हो, प्रेमको भावना र संवेगहरु त छन् नी । आँखा नहुँदैमा प्रेमको भावना हुदैन भन्ने धारणा गलत छ।ू आफ्नो केटासथीसँग हुनेगरेको डेटिङ्को सन्दभर्भमा उनले बताएकि हुन ।

    अपाङ्ता भएका व्यक्तिहरु पनि डेटिङमा जान, माया प्रितीका भावना साट्न र एकअपसमा सहयोग गर्न सक्दछन । उनीहरु पनि यौन सम्बन्ध राख्न सक्षम हुन्छन भन्नेकुरा ती दृष्टिविहिन युवा महिला विन्दु ९नाम परिवर्तन० ले बताइन । अझ त्यसमा पनि दृष्टिविहिन व्यक्तिहरुको डेटिङ कस्तो होला भन्ने सबैलाइ कौतुहुल त पक्कै पनि हुन्छ । अरु साङ्ग व्यक्तिहरू सरह अपाङ्गता भएका युवायुवती पनि आफ्नो भाव संवेगहरु साटासाट गर्नका लागि आफ्नो नजिकको पुरुष वा महिला साथीहरूसँग प्रेम सम्बन्धमा बाधिन्छन् ।

    अपाङगता भएका व्यक्तिहरुसँग पनि अरु साङ्ग मानिसहरुमा जस्तै यौन तथा इच्छा आकांक्षाहरू हुन्छन् । कसैको सानो उमेर देखि नै चिनेजानेको साथी हुन्छ भने कसैको सँगै पढेको साथीसँग नजिकको सम्बन्ध हुन्छ । भेटघाट र फोन वा सामाजिक सञ्जाल मार्फत पनि साथी बनेको हुन्छन । उनिहरुले पनि चिनजान भएपछि सम्बन्धलाइ विस्तारै अघि बढाएर प्रेम सम्बन्धमा अएका हुन । यस बीचमा उनीहरुको निकै डेटिङ भए । उनीहरुकै डेटिङ क्रेजलाइ अधार मानेर अपाङगता भएका व्यक्तिहरुको डेटिङको अनुभवलाइ यसमा समेटिएको छ ।

    विन्दा आफैं दृष्टि विहिन हुन र उनको केटा साथी ९संजय, नाम परिवर्तन० पनि दृष्टि विहिन हुन । विस्तारै उनीहरू बीचको कुराकानीहरु गर्ने समय बढ्दै जान थालेको थियो । दृष्य नभएता पनि एक अर्काको बोलीले उनीहरू एकआपसमा आकर्षण बढीरहेको थियो । समय क्रममा, फुर्सदको दिन उनीहरु आपसमा लामो समयसम्म कुराकानी गर्ने र घुमफिर गर्नेगरेको बताइन विन्दाले । स्कुल शिक्षा पछि उनीहरु गाउँबाट अलग हुनुपर्यो । विन्दाको साथी संजय बुटवल जानु भयो र विन्दा काठमाडुमा नै । विन्दा अहिले पनि काठमाण्डुमा नै छन । विन्दु दृष्टिविहिनकै संस्थामा आबद्ध भएर काम गर्ने भएको हुँदा उहाँलाई काम गर्न खासै गाह्रो छैन ।

    विन्दाको अनुसार संजय बुटवलदेखि समय मिलाएर कहिलेकहि काठमाण्डु अउँछन र विन्दालाई भेट्छन । आफन्तले थाहा नपाउन भनेर उनीहरु समय मिलाएर कुनै सुरक्षित ठाउँमा डिटङ जान्छन । विन्दु भिन्छिन हामीले एकअर्कालाई हेरी रहन आवश्यक हुदैन, मनको आँखाले हेरिरहेका हुन्छौ । हामीलाइ वरीपरीबाट देख्ने व्यक्तिहरुले के सोच्छन् थाहा हुदैन्, हामीहरू आफ्नै धुनमा हुन्छौ । विन्दुको भनाइ अनुसार उनीहरु बीच हुने आकर्षणको माध्यम बोलिचाली नै हुन्छ । उनी भन्छिन ूबोलिचाली मिठो र राम्रो लाग्यो र विस्तारै यौनाआकर्षणका भावहरू आउन थाल्यो ।ू उनको केटा साथी संजयले पनि

    उनको बोली सुनेर नै आफुलाइ प्रेम प्रस्ताव राखेको बनाउछिन विन्दु ।

    विन्दु र संजयको प्रेम सम्बन्ध ७ वर्ष भयो । विन्दुलाई संजयसंगै बस्ने मन त छ तर संजय होस्टेलमा बस्ने हुनाले सम्भव नभएको बताउँछिन । अनि कतिपय दृष्टिविहिन दिदीहरुको असुरक्षित यौन सम्बन्ध भएका कारणले जीवनमा निकै कठिनाइहरु आएको उनलाइ पनि थाहा भएको कारण यौनसम्पर्क गर्ने सोच भने अहिले नआएको उनी बताउछिन । संजयले पनि डेटिङमा उनलाई कहिल्यै पनि यौन सम्पर्क राख्नका लागि दवाव नगरेको उनी बताउछिन ।

    डेटिङमा जाँदा उनीहरुले अरुबाट पनि पनि हुने यौन हैरानीको अनुभव गर्नुपरेको नभएता पनि तर सार्वजनिक बसको यात्रा गर्दा, बाटो क्रस गर्दा भने अन्य मानिसहरुबाट विभिन्न हिंसाहरु भोग्नु परेको विन्दु बताउछिन । दृष्टिविहिन भनेर थाहा पाएर नै बसका अन्य यात्रीहरुले शरीरमा जथाभावि छुनेगर्दछन् । त्यसको प्रतिकार पनि गर्नेगरेको सुनाउदै भन्छिन ूम अलि कडा स्वभावकी भएको हुदाँ गाडीमा ती तिनीहरुलाइ नै लज्जित बनाइदिन्छुू । दृष्टिविहिन भए पनि आफु बलियो र साहसी भएकोले अरु व्यक्तिहरुले हिसांत्मक दृष्टिले हेर्न नसक्ने उनको अनुभव छ ।

    त्यस्तै अर्को दृष्टिविहिन युवा राजेश बन्जारे ९नाम परिवर्तन० किर्तिपुरमा दृष्टिबिहिनहरुको संस्थामा आबद्ध भएर त्यसैमा काम पनि गर्दै आएकाछन । उनको केटी साथीसँग झण्डै दुइ वर्ष देखि प्रेमसम्बन्ध भएको बताउछन । उनको प्रेमीकाको खुट्टाको समस्या छ तर दृष्टि विहिन होइनन र उनीहरु बीच फरक किसिमको अपाङ्गता भएर पनि राम्रो सम्बन्ध भएको हुँदा विचार र भावना बुझ्न सहज भएको उनको भनाई छ ।

    उनीहरुको चिनजान फोन मार्फत भएको बताउँछन राजेश । लामो समयको कुराकानी पछि उनीहरु पहिलो पटक भृकुटी मण्डप डेटिङको तय भएको थियो । भृकुटीमण्डपको डेटिङ पछि उनीहरु बीच बारम्बार भेटघाट हुनथालेको उनले बताए । त्यहि सन्दर्भमा एकअर्कालाइ बुझ्न सजिलो भएको थियो । वयस्क उमेरमा प्रेम सम्बन्ध हुनपुगेको हुँदा अलि परिपक्वता आएको र अरुको भन्दा अलि फरक भएको पनि उनको अनुभव छ । उनीहरूले एक अर्काको इच्छा र आवश्यकता अनुसार काम गर्दै आएका राजेश बताउँछन ।

    दुइजनाको सम्बन्धको दौरानमा राजेशको एउटा अनुभव अमिलो भएको घटना सुनाउँदै उनले भने ूम एक दिन पसलमा कन्डम किन्न गएको थिएँ । पसलेदाइले मलाई दृष्टिविहिन भएको बुझेर नै तपाइ कसरी यौन सम्पर्क गर्नु हुन्छ भन्ने प्रश्न गर्नु भयो ।ू यो प्रश्नले उनलाइ झस्याङ्ग बनाएको बताउँदै पसलेदाइलाइ दिएको जवाफ पनि सुनाउँदै उनले भने ूहामीमा नभएको भनेको दृश्यशक्ति हो, छुने शक्ति त हुन्छ नी ।ू त्यो अनुभूतिका बारे उनी थप भन्छन ूहाम्रो समाजमा दृष्टिविहिन भनेर यौन चाहना हुदैन भन्ने सोचाइ रहेको देख्दा अचम्म लाग्छ । हामी पनि अरु सरहका मानिस हौं । प्राणी भएपछि यौन प्रक्रिया त आवश्यकता नै हो र यो हामीमा पनि उत्तिकै हुन्छ जति साङ्ग व्यक्तिहरूमा हुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री