• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • समलिङ्गीय जीवन शैलीमा पनि अरुको जस्तै हुन्छ डेटिङ्

    ८ चैत्र २०७३, मंगलवार १७:०९

    मानिसको समलिङ्गीय जीवन शैलीलाइ हाम्रो समाज अहिले पनि सकारात्मक रुपमा स्वीकारेको छैन । जसको कारण ‍उनीहरुले समाजमा आफ्नो यौन पहिचान खुलेर प्रस्तुत गर्न सकेका छैनन । उनीहरु अधिकांशको अनुभव छ कि रोजगारदाताहरु पनि समलिङ्गी हो भनि थाहा पाउँदा काममा नलगाउने मात्र होइन पछि थाहा पाएको अवस्थामा समेत कामबाट निकलिदिन्छन । करिव त्यस्तै अवस्था छ व्यापरी क्षेत्रमा पनि । यस्तै अवस्थाको अनुभव गरेका छन काठमाण्डौ न्युरोड स्थित एक श्रृङ्गारका सामाग्री व्यपारी मुरली र उनको गर्ल्फ्रेण्ड चितुले पनि । उनको गर्ल्फ्रेण चितु पुरुष समलिङ्गी नै रहेछन । ब्यापरमा नकारात्मक असर पर्ने हुनाले आफ्नो यौनिकताका बारेमा निकै होसियारी अपनाउन पर्ने कुरा बनाउदछन मुरली । उनीहरुको फुर्सद मिलेसम्म प्राय प्रत्येक हप्ता डेटिङका लागि जानेगरेको बताउछन । उनीहरुको यहि डेटिङको सन्दर्भमा मुरलीसँग गरिएको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत छ :

    तपाइहरु बीच कसरी मित्रता बस्यो ?

    गएको ०६८ सालको कार्तिकमा हामी सिन्धुपाल्चेकको तातोपानी र खासा घुम्न गएका थियौं । रिजर्भ गरिएको एउटै बसमा यात्रा गरेको भएरपनि त्यस पहिला हामी बीच चिनजान थिएन । संयोगले तातोपानीमा नुहाउँने बेलामा हामी दुबैजनाले एउटै धारो प्रयोग गएको थियौं । त्यो बेला हामी एकआपसमा आकर्षित भयौ । चितुले मेरो पिढ्यौ मिचिदिने प्रस्ताव गरिन । मलाइ त्यहि कुरा भन्न मन थियो । त्यसैबेला मैले पनि हुन्छ भनेँ । पालैपालो मिचिदिने सहमति भयो । त्यति मै मलाइ सार्है आनन्द भयो । मैले भन्दा पनि उनले धेरै आनन्द फिलिङ गएको बताइन । त्यसपछि हामी एकै सिटमा बसेर काठमाण्डौ सम्म आयौ । यात्रामा पनि सार्है आनन्द आयो त्यो दिन । त्यहिबाट हाम्रो जीवनको यात्रा पनि शुरु भयो । त्यसको अर्को हप्तादेखि हाम्रो डेटिङ प्राय अहिलेसम्म चलिअएको छ ।

    डेटिङ जाँदा तपाइहरुले अरु मानिसहरुबाट कुनै अप्रिय व्यवहार व्यहोर्नु भएको छ ?

    धेरै बाधाहरु भोगेका छौ । डेटिङमा जानु भनेको आनन्द साटासाट गर्नु हो नि १ अरु मानिसहरु केटा र केटी डेटिङ जाँदा चाहिँ बाटो मै हगिङ गर्दा, किस गर्दा वास्ता नगर्ने मानिस पनि हामीले त्यत्ति नगर्दा पनि अनेकौ गाली गर्छन । घ्रिणा गरेको व्यवहार देखाउँछन । कहाँ लुक्न जानु हामी रु किन भागीभागी हिड्नु रु हैरान गर्छन । एक पटक गोदावरीमा हामीलाइ केहि मानिसले हुटिङ पनि गरे । हामी जन्मिएकै तेस्तै हौ त हाम्रो के दोष ?

    तपाइहरुके डेटमा कस्तो किसिमको दुर्व्यवहार गर्छन मानिसहरु ?

    धेरैले त हामीलाइ हेयको भावले हेरेका हुन्छन् । केहि मानिसहरु त मुखै फेरेर अनेकौ अपशब्द बोल्छन, जुनशब्द हामी समलिङ्गीहरुलाइ नै तोकिएको हुन्छ । रेष्टुरेण्टहरुमा पनि कतिपय साहुसाहुनी र कामदारहरु अरुलाइ भन्दा हामीलाइ फरक व्यवहार गर्छन । कोहि त अछुत जस्तै गर्छन ।

    मानिसहरुको जिज्ञाषा हुनसक्दछ कि तपाइहरुको चाहिँ डेटिङ कस्तो हुन्छ ?

    सबै मानिसको उस्तै त हुन्छ नि । हामी चाहि अर्कै मानिस हो र रु गोत्र पनि अलग हुने हो र रु हरेक मानिसको फरक हुन्छ भने हाम्रो पनि हरेकमा फरक । अलि फरक हुन्छ भने हामी माथि समाजले गर्ने विभेद र हिंसाका कारण अलि बढी होसियारी अपनाउँनु पर्दा मायाँ प्रिती साटासाट गर्ने तरिकामा चाहिं केहि फरक हुनसक्छ । तर, डेटिङबाट लिने आनन्द मानवीय सम्वेगमा आधारित हुनेहुनाले म त फरक देख्दिन ।

    डेटिङमा हुँदा अरु मानिसहरु पनि देख्नु भेट्नुहुन्छ । तपाइको गर्ल्फ्रेण्ड् महिलाको भूमिका भएकि तर पुरुष समिलङ्गी हुन । महिला नै भेट्दा वा सगैहुँदा उनीहरु प्रति पनि यौनआकर्षण हुन्छ कि ?

    महिलाहरु प्रति पनि मित्रता त हुन्छ तर संगै बस्दा वा सुत्दा अलिकति पनि यौन आकर्षण हुँदैन । किनकि हामीलाइ प्रकृतिले नै यस्तै बनाइदिएको हुनेरहेछ क्या । तर कोहि कोहि पुरुष समलिङ्गीहरु जो दोहोरो यौन भूमिका खेल्छन, उनीहरुमा भने विपरित लिङ्गी महिला प्रति यौनआकर्क्षण हुनु स्वभाविक हुन्छ । म त ती दाहोरो यौनभूमिका ख्ल्ने तिनीहरुलाइ समलिङ्गी नै मान्दिन नि १ मेरो विचारमा उनीहरु त एक किसिमले यौन अवसरबादी हुन । त्यस्ता किसिमका मानिसहरुले पनि समलिङ्गी साथीहरुलाइ डेटिङमा लैजाने गर्दछन । उनीहले नै समलिङ्गी साथीहरुलाइ निकै यौन शेषण गरेका पनि हुन्छन । यो समाजमा जो समलिङ्गी हैनन, उनीहरुमा अधिकांश पुरुषहरुले डेटिङ्को बेला आफ्नै गर्ल्फ्रेण्ड माथि यौन शोषण गरेका हुन्छन तर हामी समलिङ्गीहरुमा त्यस किसिमको यौन शोषण हुदैन । हाम्रो डेटिङमा त प्राय प्रेमपूर्ण र एकआपसमा सम्मान गर्ने किसिमको यौनसम्बन्धको हुन्छ ।

    समलिङ्गीहरुको डेटिङ् चाहि व्यवसायिक यौनसम्पर्कको अभिप्रायले गरिएको हुन्छ भन्ने सुनिन्छ नि ?

    यो त हेपेको हो नि १ सरासर आरोप लगाएका हुन । समलिङ्गी बाहेक अरु जसले जती डेटिङ गर्छन ती चाहि रु कुनैपनि यौन व्यवसायिक हुनै सक्दैन भन्न सकिन्छ रु त्यसैले अरुको जस्तैगरी हाम्रो पनि डेटिङलाइ बुझिदिनुहुन म समाजका सबै मानिसहरुलाइ अनुरोध गर्दछु ।

    तपाइको मत
  • भिडियो सामाग्री