किन युवाकिशोरकिशोरीहरूलाई नै लक्षित गरी यौन तथा प्रजनन स्वास्थसम्बन्धी कार्यव्रmम सञ्चालन गर्नुपरेको हो ?
किशोरावस्था मानवजीवनको अत्यन्तै संवेदनशील समय हो । यो उमेर अवधिमा विभिन्न शारीरिक, मानसिक र सामाजिक परिवर्तनहरू हुन्छन् । युवाकिशोरकिशोरी शारीरीक रूपमा वयस्क देखिए पनि उसको सोच–विचार र भावना केटाकेटीको जस्तो हुन्छ । निर्णय गर्ने क्षमता अपरिपक्व हुन्छ । युवाकिशोरकिशोरीहरू स्वयंले, परिवार र समाजले उनीहरूमा भएका परिवर्तन र व्यवहारलाई सही ढङ्गले बुभ्mन नसक्दा उनीहरूको जीवनमा नकारात्मक प्रभाव पर्न सक्दछ । यो उमेर समूहका व्यक्तिहरूमा यौन चाहना र यौन आकर्षण बढ्छ तर त्यसलाई व्यवस्थापन गर्ने क्षमता कमजोर हुँदा असुरक्षित यौन सम्बन्धहरू हुन्छन् ।फलस्वरूप, सानो उमेरमा नै अनिच्छित गर्भधारण, यौनजन्य तथा एचआईभी संक्रमण आदि हुनसक्छ । यसका अलावा सही जानकारी नहुँदा अन्य जोखिमपुर्ण व्यवहारहरू, जस्तैः लागू औषधको प्रयोग, भैmझगडा, अत्यधिक मदिरा सेवन, तीव्र गतिमा सवारी चलाई दुर्घटनामा पर्नु आदिमा पनि उनीहरूको संलग्नता हुन सक्दछ । तसर्थ, युवाकिशोरकिशोरीहरूको यौन तथा प्रजननस्वास्थ्यलगायत अन्य दैनिक व्यवहारलाई सकारात्मक, सुरक्षित, व्यवस्थित र स्वस्थ बनाउन
सहयोग गर्न अत्यावश्यक भएको कारण समुदायमा यस्ता जनचेतनामूलक कार्यव्रmम सञ्चालन गर्नुपरेको हो ।