[REQ_ERR: COULDNT_CONNECT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. डेटिङ् मनोविज्ञान | Yaunik Media
  • २०८१ माघ ४, शुक्रबार
  • |
  • Friday 17th January 2025
  • डेटिङ् मनोविज्ञान

    २१ चैत्र २०७३, सोमबार १६:०१

    सुष्मिरा अर्याल, मनोविद्

    बालबालिकाहरु १० वर्ष देखि किशोरावस्थामा प्रवेश गरेको हुन्छन् । किशोरावस्थामा प्रबेश भएपछि शरीरमा हुने पीट्युटरी ग्रन्थिको विकासले शारीरिका अंगहरु विकास हुदै गएको हुन्छ । पीट्युटरी ग्रन्थिले लुटिनाइजिङ हार्मोनको उत्पादन गरेर किशोरकिशोरीहरुको यौनाङ्हगहरुको विकास गर्ने, शरिरको मांसपेशीहरु वृद्धि हुदै जाने, हड्डीहरु बढ्ने, शरीरमा रौँहरु पलाउने, काँखि मुनि र यौनाङ वरपर रौँहरु पलाउँन थाल्दछ । बालबालिकाहरु किशोरावस्थामा प्रवेश गरेपछि फोलिकल स्टिमुलेटिङ हर्मोन उत्पादन भएको हुन्छ । यसले किशोरकिशोरीहरुको यौन भावनाका साथै शारीरिक विकासमा मद्दत पुर्याउँदछ ।
    किशोरावस्थामा बाल्य अवस्था देखि युवा अवस्था बीचको सङ्क्रमण अवधी हो । त्यसैले यो अवधिमा छिटोछिटो मानसिक तथा शारीरिक परिवर्तनहरु देखा पर्दछन । यहि सङ्क्रमणको अवधिमा किशोरकिशोरीहरुमा आफ्नो अस्तित्व र पहिचान प्रति जिज्ञाशु हुनथाल्ने, अभिभावकहरुसँग कुरा नमिल्ने, सामान्य कुराले पनि तनाव सिर्जना हुनेहुनाले एकान्त ठाउँ मनपराउँने, मन मिल्ने साथीहरुसगँ बढी समय बिताउन मन पराउँछन । यहि क्रममा उनीहरु डेटिङमा लामो समय विताउँन थालेका हुन्छन । त्यहि भएर अभिभावक भन्दा प्रेमीप्रेमीका बीचको सम्बन्ध बढी नजिकको हुन्छ ।
    डेटिङ् प्रतिको धारणा सकारात्मक नभएको कारण हाम्रो समाजका अधिकाङ्श अभिभावहरु छेराछेरीको डेटिङ्लाइ सहजी स्वीकार्न सक्दैनन । त्यसैको परिणाम स्वरुप उनीहरु लुकिछिपी डेटीङ् जाने र मायाँप्रेम साट्ने गर्दछन । अभिभावक, आफन्त, शिक्षक आदि मानिसहरुका डरका कारण किशोरकिशोरीहरु लुकिछिपी प्रेमसम्बन्ध राख्नका लागि पनि डेटिङलाइ रेजेका हुन्छन् । यसका साथै, किशोरावस्थामा धेरैले आफु माथि परिआउन सक्ने समस्याहरुलाइ ठम्याउँन सकेका हुँदैनन । यिनै परिस्थितिले गर्दा तिब्र यौन चाहना आउँदा दुवैले आफ्नो सम्यमता अपनाउँन नसक्दा अर्थात उचित जीवनोपयोगी सीपको अभाव हुँदा असुरक्षित यौनसम्पर्क हुनसक्दछ ।
    प्रेमीको यौन चाहनाका कारण कतिपय किशोरीहरु दवावमा परेर वा अन्य अवस्थाले सबैभन्दा धेरै विश्वास गरिएको प्रेमीबाट नै बलात्कृत हुनपुगेका हुन्छन । आफ्नो साथीको नियत गलत भएका कारण कुनै महानामा एकान्त ठाउँ रोजेका हुनसक्दछ । त्यहि अवस्थामा कुनैपनि दिन बलात्कार वा कुनैपनि किसिमको यौन हिंसामा हुनसक्छन् ।
    कसरी पर्छ मनोबैज्ञानिक असर रु
    आफ्नो साथीलाइ असाध्यै विश्वास गरेको हुनाले नै डेटिङमा गएका हुन्छन् । त्यसैले उनीहरु एकअर्कालाइ सबैभन्दा धेरै माया गर्दछन् । यस्तो अवस्थामा अनपेक्षित रुपमा यौन हिंसा भोग्नु परेको खण्डमा उनीहरुलाइ मनोबैज्ञानिक रुपमा गहिरो आघात पर्नजान्छ । जसका कारण विभिन्न किसिमका मानसिक तनावको सताउने गर्दछ । किशेरीहरु माथि बलात्कार वा अरु कुनैपनि किसिमको यौनहिंसाका घटनाहरु हुँदा विभिन्न किसिमका शारीरिक तथा मानसिक असरहरु देखापर्दछ । जस्तैस्
     हिंसा भएको कारण केटा मान्छेसगँ डराउने अवस्था ९फोबिया० अउँने,
     प्रतिशोधको भावना सिर्जना हुने,
     ब्यवहारमा परिवर्तन आउने,
     धेरै रिसाउने, गम्भिर स्वभावको हुने,
     मनमा डरको भवना बढ्ने,
     कसैसगँ नबोलि एक्लै बस्ने,
     एकान्त ठाउँ बढि रुचाउने,
     आफ्नो साथीहरु र आफन्तहरुबाट टाढा हुने,
     धेरै नबोल्ने अथवा धेरै बोल्ने,
     धेरै चिन्ता लिने,
     धेरै खाना खाने वा नखाने,
     धेरै सुत्ने वा निद्रा नलाग्ने,
     रिसाउने झर्कोफर्को गर्ने,
     हातमा धेरै पसिना आउने,
     शरीर कमजोर हुदै जाने,
     पठनपाठनमा ध्यान नजाने,
     टाउको वा पाता दुखेको अनुभव हुने
    यी लगायत कतिपयलाइ पखाला लागिरहन पनि सक्दछ । आफ्नो साथिबाट भएको विश्वासघातका कारणले महिला पुरुष बीचको सम्बन्धमा कहिल्यै पनि विश्वास गर्न नसक्ने मानसिकता पनि बन्न सक्छ । कसैकसैले त यस्तो तनाव लामो समयसम्म रहिरहदा आत्महत्या गर्न पनि सक्छन ।
    अवलम्बन गर्न सिकने उपायहरु
    मानसिक रुपमा विचलनमा भएको अवस्थामा अभिभावकहरुले नै आफ्नो आफ्ना बालबालिकाहरु प्रति उचित व्यवहार अपनाइ त्यसलाइ सकारात्मक तरिकाले व्यवस्थापन गर्नुपर्दछ । बालबालिकाहरुका लागि विश्वासिलो र खुलेर कुरा गर्ने साथी अभिभावकहरु हुनुपर्दछ किनकि बालबालिकाहरुका बारेमा अभिभावकले जति अरु व्यक्तिले बुझेका हुँदैनन् । बालबालिकाहरुको व्यवहारमा आएको परिवर्तनलाइ ख्याल गरेर धेँरै सोधखोज गर्नुभन्दा पनि उनीहरुका लागि धेरैभन्दा धेरै समय दिनुपर्दछ । उनीहरुले भोगिरहेको समस्याहरु बुझ्नका लागि विभिन्न किसिमको खेलहरुमा सहभागी हुने, सिर्जनात्मक क्रियाकलापहरु गर्दै उनिहरुको हाउभाउलाइ ख्याल गरेर कुराकानी गर्दै घुलमिल हुनुपर्दछ । जसका कारण उनीहरुले आफ्नो समस्याका बारेमा बताउने वातावरणको सिर्जना गर्नसकिन्छ ।
    यौनजन्य हिंसामा परेको अस्थाका बारेमा विद्यालयमा शिक्षकहरुले पनि उनीहरुको व्यवहारमा आएको परिवर्तनहरुलाइ विशेष ध्यान दिएर अवश्यक सहयेग पुर्याउँन सक्दछन । मानिसक तनावमा भएका किशेरकिशेरीहरु विद्यालय उपस्थित हुनका लागि मात्र भए पनि विद्यालय जाने गर्दछन् तर पढाइमा भने ध्यान दिएका हुदैनन् । कक्षाकोठामा बस्दा पनि ध्यान दिएर सिकिरहेका हुँदैनन । कोहि त विद्यालय नै जान मान्दैनन् । शिक्षकहरुले यस्तो व्यवहारमा गाली गर्नु वा सजाय दिनुहुदैन । त्यसले झन डरलाग्दो अवस्था सिर्जना हुनपुग्दछ । उनीहरुको समस्याका बारेमा बुझ्न बालमैत्रीपूर्ण व्यवहार अपनाउँनु पर्दछ । समस्याहरुका आधारमा अभिभावकहरुसँग समन्वय गरेर उनीहरुको मनोदशालाइ सहज तरिकाले बुझ्नुपर्छ ।
    यौन हिंसामा परेकै कारणले निरन्तर रुपमा मानसिक तनावको समस्याले उनीहरु मानसिक विचलनको अवस्थामा पनि पुगेका हुन्छन । सामान्य किसिमको मानसिक समस्यामा परेका बालबालिका तथा किशोरकिशोरीहरुलाइ मनोसामिजक परामर्शको माध्यमबाट उपचार गर्न सकिन्छ भने मानसिक विचलनमा नै परेको अवस्थामा मनोचिकित्सकसँगको परामर्शले औषधि उपचार गर्न सकिन्छ । विभिन्न किसिमका थेरापीहरु गरेर उनीहरुलाइ त्यो घटना भुलाएर आफ्नो सामान्य जीवनमा फर्काउन सकिन्छ ।
    यौन शिक्षा नै अपरिहार्य
    किशोरकिशोरीहरुको उमेर अनुसार आवश्यक यौनशिक्षा र जीवनोपयोगी सीप परिवार र विद्यालयबाट उपलब्ध गराउँनु पर्दछ । परिवारमा बालबालिकाहरुले अभिभावकसँग मनमा लागेका कुराहरु गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । यौन र यौनिकताका बारेमा उनिहरुले आफ्ना साथी वा विभिन्न पत्रपत्रिकाहरुबाट भन्दा पनि अभिभावकबाट नै सही जानकारी पाएको खण्डमा बालबालिका र अभिभावक बीचको सम्बन्ध सकारात्मक तरिकाले विकास हुने र बालबालिकाहरुमा पनि जीवनोपयोगी सीपको विकास हुँदै जान्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री