यस्तो हुनु किशोरावस्थामा आउने मानसिक परिवर्तन नै हो । मानसिक परिवर्तनहरू किशोरकिशोरी दुवैमा उस्ताउस्तै प्रकृतिका हुन्छन् ।
किशोरावस्थामा व्यक्तिको सोचाइ, सोच्ने शक्ति, सोच्ने तरिका आदिमा परिवर्तन हुँदै जान्छ । बढी रिसाउनु वा झर्कनु, लाज लाग्नु, एकान्तमा
बस्न मनलाग्नु, आफूभन्दा ठूलाबडाले भनेको कुरा चित्त नबुझ्नु, आपैm निर्णय गर्ने आत्मविश्वासको कमी हुनु र अरूले गरेको निर्णय पनि स्वीकार गर्न गाह«ो हुनु, एक्कासि तनावमा आएर ठूला निर्णयहरू गर्नु, तर्क गर्ने प्रवृत्तिको विकास हुनु, विभिन्न विषयमा विशेष गरी यौनसम्बन्धी विषयमा कौतूहलता र जिज्ञासा बढ्नु आदि मानसिक परिवर्तनका रूपमा देखापर्दछन् । यसबाहेक विभिन्न किसिमले विपरीत लिङ्गीप्रति आकर्षित हुनु (कोहीकोही व्यक्ति आफ्नै लिङ्ग भएका व्यक्तिसँगै आकर्षित हुने गर्दछन् जसलाई समलिङ्गी भनिन्छ), यौन भावना उत्पन्न हुनु, आप्mनो व्यक्तिगत पहिचानको खोजी गर्नु, शारीरिक रूपमा आफू आकर्षक, बलियो तथा सक्षम हुन चाहनु, आदर्श नायक वा व्यक्तिप्रति समर्पण वा लगाव बढ्नु, आदर्शका कुराहरूबाट बढी प्रभावित हुनु, दैनिक व्यवहारका कुराहरूप्रति विद्रोह प्रदर्शन गर्नु आदिजस्ता मानसिक परिवर्तनहरू देखापर्दछन् ।