शुव्रकीट भनेको पुरुष कोष हो जुन महिलाको डिम्बसँग निषेचित भएपछि भ्रूण ९शथनयतभ०बन्दछ ।किशोर अवस्था पुगेपछि पुरुषको अण्डकोषमा शुव्रकीटको उत्पादन सुरू हुन्छ । शुव्रmकीटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । सामान्यतया एक पटकमा २–५ मि.लि वीर्य स्खलन हुन्छ । प्रति मि.लि वीर्यमा करीब ४०–१०० करोड शुव्रकीट हुन्छन् । यौन सम्पर्कको क्रियामा वीर्य स्खलन हुँदा करोडौं शुव्रकीट सँगै निस्किए पनि एउटा मात्र शुव्रmकीटको महिलाको पाठेघरमा रहेको डिम्बसँग मिलन हुन्छ र त्यसैबाट गर्भ रहने हुन्छ ।१ गर्भ रहनका लागि १.५ देखि ५ मि.लि वीर्य हुनुपर्दछ । यदि ५ मि.लि भन्दा बढी भयो भने वीर्यको मात्रामा शुव्रकीटको घनत्व कम हुने हुँदा गर्भधारणको सम्भावना कम हुन्छ । गर्भधारणका लागि एक मि.लि वीर्यमा कम्तीमा २ करोड शुव्रकीट हुनुपर्दछ र ती मध्ये आधा जस्तो चलायमान हुनुपर्दछ ।करीब तीस प्रतिशत शुव्रकीटहरू सग्ला र स्वस्थ हुनपर्दछ ।२
References
(1. Anatomy and Physiology:Ross and Wilson) -Ross & Wilson, Anatomy and Phyriology in Health and
Illness 2003. Churchill Living stone.
2 Human Sexuality: Westheimer RK, Lopater S. (2005).
तपाइकाे पनि कुनै याैन जिज्ञाशा भए info@yaunik.com मा सम्पर्क गर्नुहाेस त्यसकाे समधान हामी गर्द छाै.