महिला र पुरुष बीच साथी हुने वा बन्ने चलन समाजमा युगौयुगदेखि चल्दै आएको छ । हिन्दुधर्म ग्रन्थहरुमा पनि यसका बारेमा अनेकौ कथाहरु पढ्न पाइन्छ । जस्तै: राधा र कृष्ण बीचको सम्बन्ध ‘गर्ल्फ्रेण्ड’ र ‘ब्वाइफ्रेण्ड’ सम्मको मात्रै हो । किनकि राधाको कृष्णसँग बिवाह नभएर मिरासँग भयो तर पनि उनिहरुको मित्रतामा आँच आएन । उनीहरुको त्यो मित्रता आजसम्म अत्यन्तै सशक्त रुपमा लिने गरिन्छ । मित्रताका विशेषताहरु उमेर अनुसारका दौतरीहरुमा निर्भर हुनसक्दछ । संगसंगै खेल्दा, पढ्दा, सामाजिक गतिविधिमा सहभागी हुँदा, घुमफिर गर्दा आदि अवस्थाले मित्रता कायम हुनसक्दछ । आज भोलीको सूचना प्रविधिको सहजताका कारण इन्टरनेट मार्फत पृथ्वीको कुनैपनि कुनाबाट पनि मित्रता कायम गर्न सम्भव भएको छ ।
किशोरावस्थाको शुरुवातसँगै विपरित लिङ्ग बीचको आकर्षण हुन थाले पछि ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डको धारणा बन्न थालेको हुन्छ । असल मित्रता कायम राख्न उनीहरु बीच एकआपसमा बुझ्ने, राम्रा कुराहरुका बारेमा खोजी गर्ने, आ—आफ्ना राम्रा पक्षहरु प्रस्तुत गर्ने लगायत एकले अर्कालइ आकर्षित गर्ने अनेकौ उपायहरु अवलम्बन गर्दछन । परिवारको असल संस्कारमा हुर्किएका किशोरकिशोरीहरुले असल मित्रताको सम्भावनालाइ पहिला खोजी गर्छन र सहयोगी भएर प्रस्तुत भएका हुन्छन । हाम्रो समाजमा चेतानाका हिसावले अझैपनि पछौटेपन देखिनु, लैङ्गिक विकासको हिसाबले पुरुषहरुमा पुरुषत्वको दम्भ खोजिनु र यौन शिक्षाको हिसावले बन्द समाजका कारण यौन सम्बन्धी अनेकौं भ्रमहरु अझैपनि व्याप्तछन । यसको प्रभाव किशोरकिशोरीहरुमा पनि पर्ने हुँदा गर्ल्फ्रेण्ड र ब्वाइफ्रेण्ड सम्बन्धी अधिकांश मानिसहरुमा भ्रमहरु ब्यापक पाइन्छ ।
केटा र केटी बीच साथी बन्दैमा प्रेमी र प्रेमिका नै भइने हो ? अनि डेटिङमा पनि जानै पर्ने हो ?
केटा र केटी बीच आपसमा मित्रताको शुरुवात भएसंगै प्रेम सम्बन्धी अनेकौं स्वच्छन्द किसिमका सपना बुन्नथाल्नु र कुराकानीको थालनी गर्नु पनि अस्वभाविक होइन । त्यसैले पनि उनिहरुको मित्रता नजिक हुँदै जाँदा एक आपसमा मायाँप्रिती गाँसिनु र क्रमश: एकआपसका भावनाहरु साटासाट गर्ने माध्यमको रुपमा कतै डेटिङ जानुलाइ सामाजिक जीवनको सामान्य मित्रताको रुपमा लिनु पर्दछ ।
एकआपसको मित्रता असल बन्दै गयो भने त्यसले जीवनलाइ सार्थक बनाउँन सक्दछ । असल मित्रताका लागि एकअर्कामा असल सोंच र व्यवहारको आवश्यकता पर्दछ । असल मित्रता गाँस्नु भगाडि एकअर्काको हरेक पक्षका बारेमा (व्यवहार र सोचाइ) गहिरोसँग बुझ्नु पर्दछ र आ-आफ्ना भावनाहरु आदानप्रदान भएको हुनुपर्दछ ।
ब्वाइफ्रेण्ड वा गर्ल्फ्रेण्ड कस्तो हुनुपर्छ ?
- विपरित लिङ्ग बीच असल साथी हुनु भन्दा पहिलो चरणमै एकआपसमा अन्तर व्यक्ति सञ्चारको स्पष्ट सम्बन्ध कायम भएको हुनुपर्दछ । जसले असल मित्रतामा पुग्ने वा नपुग्ने भन्ने निर्णय लिन सिकन्छ । अन्यथा त्यो सामान्य मित्रता मात्र हुन्छ, जुन अन्य मानिसहरुसँग पनि हुन्छ । असल मित्रता भविश्यको सामान्य सामाजिक जीवनको अर्को चरण हो । जसका लागि विभन्न व्यवहारहरु अपनाउँन आवश्यक छ । जस्तै:
- केटाले केटीसाथीसँग र केटीले केटा साथीसँग एक आपसका राम्रा र सुधार गर्नपर्ने कुराहरु सोध्ने, भनेका कुराहरुलाइ ध्यानपूर्वक सुन्ने, सकारात्मक तरिकाले लिने र व्यवहारमा परिवर्तन गर्दैजाने ।
- भविश्यका लागि लक्ष निर्धारण गर्ने र त्यसका बारेमा आपसमा छलफल चलाउँने । आआफ्नो व्यक्तित्व विकास गर्ने योजना बनाउँने र त्यसका लागि एकआपसमा सहयोग गर्ने । जस्तै पढाइ, सामाजिक सेवा, खेलकुद वा कुनै किसिमको सीप वा कला इत्यादि ।
- एकआपसका मिल्दाजुल्दा कुराहरुलाइ मात्र होइन भिन्नताहरुलाइ पनि दुबैले स्वीकार्ने (खराब अचरण बाहेक)। जस्तै: खाने कुरा, रङ्गको छनौट, कपडा, खेल, गीत, संगीत, कुनै पनि किसिमको अपाङ्ता, कम बोल्ने वा बोलिरहन मनलाग्ने इत्यादि ।
- एकआपसमा हुने खुलस्त बोलिचालीले मित्रतालाइ लामो समयसम्म टिकाउँदछ । राम्रो बोलीचलीले राम्रो मित्रता कायम हुन्छ भन्ने कुरालाइ सधैं हेक्का राख्ने । आपसमा खुलेर कुरा गर्दा नै आपसमा शंका रहदैन जसले गर्दा मित्रतालाइ नजिक बनाउँन मद्दत मिल्दछ ।
मित्रता र प्रेममा भिन्नता
मित्रता | प्रेम सम्बन्ध |
|
|
|
|
|
|
|
|