[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. अपाङ्गता भएक व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य चुनौतीहरु | Yaunik Media
  • २०८२ जेष्ठ ३२, शनिबार
  • |
  • Saturday 14th June 2025
  • अपाङ्गता भएक व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य चुनौतीहरु

    ११ बैशाख २०७४, सोमबार १६:३२

    – रामकृष्ण पराजुली

    अनिशा (नाम परिवर्तन) अविवाहित किशोरीले बच्चा जन्माइन । जन्मेको बच्चालाइ असाध्यै मायाँ गरेर स्तनपान गराइन् । उनलाइ त असाध्यै रमाइलो त भयो तर उनका अभिभावकलाइ ठूलो तनाव भयो ।  अनिशाले खाना पकाउँने बच्चा बोक्ने / स्तानपान गराउँने खेल खेल्दाखेल्दै साँच्चैको बच्चा जन्माएकि थिइन । आफुले बच्चा जन्माएका कारण परिवारका सदस्यहरु कति चिन्तित छन् भनेर उनी बुझ्न सक्दिनन । कपडाले गुमुमुटु पारेर बच्चालाई जतनसँग राखेकि छिन् । तर कहिले काहिँ बच्चा छोडेर अन्तै खेल्न जान्छिन् र बच्चा छ भन्ने कुरा बिर्सिन्छन । उनलाई त्यो बच्चा उनैको हो भन्ने थाहा त छ तर त्यो बच्चा कसरी वा के कारणले जन्मियो भन्ने कुनै पनि जानाकारी छैन । किनकि उनी उमेरले १७ बर्षकि भएपनि उनको बौद्धिक अपाङ्गता (सुस्तमनस्थिती) छ ।

    अर्का सुरज (नाम परिवर्तन) २५ बर्षका युवा पनि भक्तपुरकै हुन । उनको टाउको पनि ह्विल चियरमै अढेस लाउँन पर्छ । खाना मात्र होइन दिसा पिसाव गर्न पनि परिवारका सदस्यहरुले सहयोग गर्नु पर्दछ । उनलाई सेरेब्रलपाल्सी (जन्मजात मस्तिषक पक्षघात) भएको हो । सुरज आजभोली आफ्नो विवाह गरिदिन अभिभावकालाई दवाव दिन थालेका छन । उनको ढिपीले अभिभावकहरु हैरान छन् । उनी यौनसम्पर्क राख्न सक्षम छन् तर अभिभावकहरुले उनको विवाह गरिदिन सकेका छैनन ।

    माथिका यी दुई घटनामा पहिलो बाल यौनहिंसा भएको अवस्था हो भने पछिल्लो घटना यौन तथा प्रजनन स्वास्थ्य अधिकारसँग सम्बन्धित छन् । अपाङ्गता भएका व्यक्तिहरुको यस्ता अनेक किसिमका जटिलता र यौन आयामहरु हुन्छन् । अधिकांक अपाङ्गता भएका बालबालिका, किशेरकिशोरीहरु र बयस्क महिलाहरु साङ्ग व्यक्तिहरुबाट यौन हिंसाको सिकार भएका हुन्छन् । साङ्गहरु भन्दा अपाङ्गता भएका महिलाहरु २० गुणाले बढी यौन हिंसाका कारण असुरक्षित भएको एक अध्ययनले बताएको छ । मानिसहरुमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा सचेतना नभएका कारण अपाङ्गता भएका महिला तथा बालबलिकाहरु बढी जोखिममा परेका छन् ।

    अपाङ्गता भएका व्यक्तिहरु पनि यौनिक हुन्छन् । प्रजननका लागि सक्षम हुन्छन् । जस्तो किसिमको अपाङ्गता भएपनि अपाङ्गता भएका अधिकांश व्यक्तिहरुले सामान्य सहयोग पाएमा सन्तान हुर्काउन सक्छन् । सबै भन्दा समस्या भनेको साङ्ग मानिसले उनीहरुलाई गर्ने विभेद र हिँसा र उपेक्षाले गर्दा धेरै असक्षम बन्न बाध्य भएका हुन्छन् । यस सम्बन्धी भएका अध्ययनहरुका केहि तथ्यतथ्यांकहरु पनि छन् ।

    • अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्यलाई कम महत्वको दृष्टिकोणले हेरिएको पाइन्छ । तर उनीहरुको पनि यौन चाहना र प्रजनन् क्षमता साङ्गहरुको जस्तै हुन्छ ।
    • कतिपय परिवारमा अपहेलित हुनपरेका अपाङ्गाता भएका व्यक्तिहरुलाइ विभन्न प्रलोभन देखाएर र मन पर्ने उपहार दिएर असुरक्षित यौनसम्पर्क गर्ने गरेको विश्वव्यापी तथ्याङ्क छ । जसको कारण यौनजन्य संक्रमण हुने जोखिम बढी छ ।
    • तथ्याङ्क अनुसार विश्वमा अपाङ्गता भएका महिला र वालिकाहरु उनीहरुको परिवारका सदस्य, आफन्त, स्याहार सुसार गर्ने व्यक्तिहरु र साथीहरुवाट नै सबै भन्दा बढी यौनशोषणमा परेका छन् ।
    • प्रजनन् स्वास्थ्य सेवा पुर्याउन अपाङ्गताको प्रकृति, उनीहरु वस्ने ठाउँ, अपाङ्गताको स्तर र उनीहरुको ज्ञान तथा सीपको अवस्थामा निर्भर हुन्छ । त्यसैले सेवा दिने व्यक्तिले सवै कुरा बुझ्ने र यौन शोषण वा यौन अपराधको सिकार नहोऊन भन्ने कुरामा सदैव चनाखो रहनुपर्छ ।
    • बौध्दिक र मानसिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुमा पनि यौन तथा प्रजनन् क्षमता र सक्रियता साङ्गको जस्तै हुने तर सुरक्षित यौन सम्पर्कको बारे जानाकारी नहुने हुँदा अत्यान्तै जोखिममा हुन्छन् । त्यसैले उनीहरुलाई परिवार नियोजनको साधन प्रयोग गर्न सक्ने वनाउनुपर्छ वा गर्ने वातावरण तयार गरिदिनु पर्छ तर यस किसिमका सेवा उनिहरुसम्म पुग्न सकेको छैन ।
    • परिवार नियोजनका उपयुक्त विधिहरुको प्रयोग गर्नुपर्छ । अपाङ्गताको प्रकार  र स्वरुप हेरेर विधिहरुको छनौट गरिनुपर्छ । तर यसका लागि कुन किसिमका विधि उपयुक्त छ भनी अध्ययन हालसम्म भएको छैन ।
    • उनीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परामर्श सेवा अरुलाइ भन्दा बढी आवश्यक छ तर अधिकांश स्वास्थ्य सेवाका निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच छैन वा भएर पनि ती संस्थाहरु अझैपनि अपाङ्ग मैत्री बनाइएका छैनन ।
    • कतिपय मानसिक अपाङ्गता भएका व्यक्तिहरु र जन्मजात रुपमा मानसिक विकास नभएका मानिसहरुमा ठीक र गलत छुट्टाउने जीवनोपयोगी सीप कम्जोर हुनेहुँदा उनीहरुको अनिच्क्षित गर्भधारण हुने, यौन संक्रमण बढ्ने लगायत विभिन्न किसिमका यौन शोषणमा पर्ने धेरै सम्भावना हुन्छ । त्यसैले उनीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा उपचार पाउँन र यौन चाहानालाई अभिव्यक्त गर्ने जीवनोपयोगी सीप सिकाउनु पर्नेहुन्छ । यसका लागि अभिभावक तथा स्याहारकर्ताहरु त्यसबारे जानाकार हुन आवश्यक छ ।

    केहि मननीय महत्वपूर्ण कुराहरु

    • साङ्ग जस्तै अपाङ्गता भएका व्यक्तिहरु पनि यौनिक प्राणी हुन् ।
    • अपाङ्ता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् अधिकार र भावनाको सम्मान गर्नुपर्छ ।
    • अपाङ्ता भएका व्यक्तिहरुले देखाउने विविध खाले यौन व्यवहारहरु प्रति चिन्ता गर्ने होइन्, उचित व्यवस्थापनको लागि सम्भावित सहयोग गर्नुपर्छ, सकारात्मक भावना दर्शाउनु पर्दछ ।
    • कहिले काँही सुस्तमनस्थिति भएका व्यक्तिहरुले आफुलाई चोटपटक लाग्ने सम्मका यौन व्यवहारहरुमा संलग्न गराईएका हुन्छन्, त्यसैले उनीहरु खेल्ने र डुल्ने ठाउँमा निगरानी राख्नु र अरुको सहयोग लिने व्यवस्था मिलाउँनु पर्दछ ।
    • सुस्तमनस्थिति लगायत अन्य अपाङ्गता भएका व्यक्तिहरु माथि साङ्गहरुको दाँजोमा बढी यौन हिंसा हुनेगरेको पाइएको हुनाले उनीहरुलाई यसबाट बचाउन सवलाङ्गहरुलाई भन्दा सानो उमेरमा नै यौन तथा प्रजनन् स्वास्थ्यका जीवनोपयोगी सीप सिकाउँन बढी ध्यान दिनुपर्दछ र परिवार तथा समुदायमा यसका बारेमा जानाकारी गराउँनु पर्दछ ।
    तपाइको मत
  • भिडियो सामाग्री