[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. स्लिम बन्ने चाहनाले निम्त्याउँछ एनोरेक्जिया नर्भसा र यसले निम्त्याउन सक्छ यौन समस्या | Yaunik Media
  • २०८२ बैशाख १७, बुधबार
  • |
  • Wednesday 30th April 2025
  • स्लिम बन्ने चाहनाले निम्त्याउँछ एनोरेक्जिया नर्भसा र यसले निम्त्याउन सक्छ यौन समस्या

    ४ जेष्ठ २०७४, बिहीबार १८:०३
    -निलम भण्डारी,

    आफू मोटाइन्छ की भन्ने र आफू मोटो भएकोमा प्राय सबै व्यक्तिहरूलाई पिर पर्छ । आफ्नो शरीरको बनोट सुन्दर देख्नाउने चाहना जसलाई पनि हुन्छ चाहे त्यो महिला, पुरुष वा बालबालिका, वृद्धवृद्धा नै किन नहुन, आफ्नो शरीर मोटो भएको कारणले मानिसहरूलाई चिन्ता लाग्ने गर्दछ । अझ मिडियाको बढ्दो प्रभावका कारणले युवा युवतिहरूमा आफ्नो शारीरिक बनोटलाई चिट्टिक्क र आकर्षक बनाउने चाहना बढ्दै गएको छ र एनोरेक्सिया नर्भसाको समस्या पनि उनीहरूमा बढ्दै गएको छ । यो समस्याले मानिसहरूको यौन जीवनमा समेत थुप्रो कठिनाइहरू ल्याएको एक अध्ययनले देखाएको छ ।

    अस्वस्थ रूपमा पातला युवतीहरूलाई मोड्लिङमा रोक

    हालै मात्र फ्रान्समा अस्वस्थ, अस्वाभाविक शारीरिक अवस्था र खाना खाने शैलीमा समस्या भएकी युवतिहरूलाई मोड्लिङको क्षेत्रमा काम गर्न बन्देज लगाएको छ ।
    फ्रान्सका स्वास्थ्य तथा सामाजिक मामिलासम्बन्धी मन्त्रि मारिसोल टोरेनले मोड्लिङ पेशामा संलग्न हुनु भन्दा अघि डाक्टरबाट आफू शारीरिक रूपमा स्वास्थ्य भएको प्रमाणपत्र ल्याउनु पर्ने कानुन बनाएको छ । फ्रान्समा चालीस हजार मानिसहरूमा एनोरेक्जिया नर्भसाको समस्या देखिएको मध्ये नब्बे प्रतिशत युवतीहरू छन् ।
    युवा युवतीहरूलाई मोड्लिङ्को क्षेत्रमा आफ्नो शारीरिक बनोट अस्वाभाविक रूपमा पातलो बनाउनु पर्ने मान्यता रहेको हुँदा उनीहरूमा शारीरिक तौल घटाउनु पर्ने र आफ्नो आत्मबल कमजोर भएको महसुस गरी उनीहरूको स्वास्थ्य सम्बन्धी व्यवहारमा प्रभाव परि रहेको हुँदा फ्रान्समा यो व्यवस्था लागू गरिएको हो ।
    विश्व स्वास्थ्य संगठनको न्यूनतम तौलको परिभाषासँग तुलना गरेर युवतीहरूको स्वास्थ्य मापन गरी प्रमाण पत्र प्रदान गर्ने व्यवस्था गरेको भएता पनि विभिन्न मोड्लिङ निकायहरूबाट विरोध भए पछि न्यूनतम शारीरिक बनावट सूचकांक भने निर्धारण गरिसकेको छैन ।
    यस कानुनको उल्लंघन गरेमा ६ महिना जेल सजाय र पचहत्तर हजार डलर सम्म जरिबाना तिर्नु पर्ने सजायको समेत व्यवस्था फ्रान्स सरकारले गरेको छ । साभार:-(http://www.independent.co.uk/news/world/europe/france-bans-unhealthily-thin-model-bmi-doctors-certificate-photoshopped-images-a7721211.html)

    के हो एनोरेक्जिया नर्भसा ?

    एनोरेक्जिया नर्भसा एक किसिमको खाना खाने शैली वा बानीमा कमी हुने मानसिक समस्या हो । यो समस्याले मानिसलाई आफू मोटाइन्छ की भन्ने चिन्ता बढाइ रहेको हुन्छ । यसले गर्दा त्यो व्यक्तिले खाना नखाने, खाएको खानाले मोटाइन्छ की भन्ने डरले हात हालेर बान्ता गर्ने, दिसा पातलो हुने औषधि खाने गर्छन् । साथै आफूलाई स्लिम बनाउनका लागि खाना नै नखाने गर्छन् । यस्तो समस्या किशोर किशोरीहरूमा बढ्दो रूपमा देखा परि रहेको छ ।

    अमेरिकाको राष्ट्रिय खाद्यान्न विकार सङ्घ(NEDA)ले २००७ सालमा अमेरिकामा गरेको एक अनुसन्धानमा ९ हजार २ सय बयासी जनासँग खाद्यान्न विकार सहित मानसिक स्वास्थ्य समस्याका बारेमा प्रश्न गर्दा ०.९ प्रतिशत महिला र ०.३ प्रतिशत पुरुषले आफ्नो जीवन अवधिमा खाद्यन्न सम्बन्धी समस्या भोग्नु परेको प्रतिफल आएको छ ।
    त्यस्तै २०१० मा राष्ट्रिय खाद्यान्न विकार सङ्घ(NEDA)ले ४ सय छियानब्बे जना किशोरीहरूलाई ८ वर्ष सम्म पछ्याएर गरेको अध्ययनमा ५.२ प्रतिशत किशोरीहरूमा एनोरेक्जिया, बुलेमिया जस्ता खाद्यान्न विकारका समस्याहरू देखा परेको छ । त्यस्तै २० वर्षको उमेरमा पनि त्यही किशोरीहरू मध्ये १३.५ प्रतिशतमा खाद्यान्न विकार सम्बन्धी समस्या देखा परेको छ ।(neda.gov.ph)

    किशोरावस्थामा यसको असर

    किशोरावस्था भनेको बाल बालिकाहरू शारीरिक र मानसिक रूपमा विकास हुने अवस्था हो । यो समयमा किशोर किशोरीहरूमा शरीरको मांसपेशी, हड्डी, हर्मोनको विकास भइरहेको हुन्छ । यो अवस्थामा किशोर किशोरीहरूलाई थप पोसिलो आहारको आवश्यकता परि रहेको हुन्छ तर यही समयमा नै उनीहरू आफ्नो शारीरिक बनोट राम्रो बनाउनका लागि डाइटिङ गर्न थालेका हुन्छन् । यो समयमा धेरै खाना खादा शरीर मोटाउने पिर हुने गर्छ जसको कारण किशोर किशोरीहरूमा एनोरोक्जियाको समस्या देखा पर्ने गर्दछ । यसले मानिसमा कुपोषणको समस्या पनि निम्त्याउँछ । एनोरेक्जिया नर्भसाले मानिसको यौनिकता र यौन जीवनमा असर पुर्याएको हुन्छ ।

    यौन जीवनमा समस्या

    एनोरेक्जिया नर्भसाको समस्या भोगिरहेको व्यक्तिहरूको यौन जीवनमा पनि समस्या आइरहेको हुन्छ । एनोरेक्जियाको समस्या भएको समयावधिमा मानिसको यौन चाहना(Sexual desire)मा समस्या आउँछ । किशोरावस्थामा महिला तथा पुरुष आफूलाई सुन्दर बनाउन स्लिम देखिनका लागि डाइटिङ गर्छन् । उनीहरूमा पौष्टिक आहारको कमीका कारणले गर्दा शारीरिक विकास पर्याप्त मात्रामा भइ सकेको हुँदैन । शारीरिक विकासमा समस्या आए पछि यौन हर्मोनको उत्पादनमा पनि समस्या आउने गर्दछ । महिलाहरूमा उत्पादन हुने यौन हर्मोन एस्ट्रोगेन र पुरूषहरूमा हुने टेस्टोस्टेरोन हर्मोनको उत्पादनमा कमि आउँछ जसले गर्दा उनीहरूमा यौन चाहना घट्दै जान्छ । एनोरेक्जियाको समस्या भोगि रहेका मानिसहरूको यौन जीवन सन्तुष्ट नभएको एक तथ्यांकले देखाएको छ ।

    २ सय बयालीस महिलाहरूमा गरेको एक अध्ययनमा एनोरेक्जिया नर्भोसाका कारणले उनीहरूको शारीरिक सम्बन्धमा समस्या आएको छ । यसका साथै यौन चाहनामा कमी आउनु, यौन असन्तुष्टिको कारणले धेरै रिस उठ्ने(यौन रिस), आफ्नो रोमान्टिक सम्बन्धमा बस्न कठिन हुने गर्दछ । ५५.३ प्रतिशत महिलाहरूको यौन सम्बन्धमा समस्या देखिएको छ, ५२.७ प्रतिशतमा आफ्नो साथी छान्नका लागि नै समस्या देखा परेको छ, ६६.९ प्रतिशतमा यौन चाहना घट्दै गएको छ र ५९.२ प्रतिशतमा यौन रिस बढ्दै गएको छ । (psychologytoday.com)

    एनोरेक्जियाको समस्या भोगिरहेका पुरुषहरूमा यौन हर्मोन टेस्टोस्टेरोनको उत्पादनमा कठिनाइ हुनु साथै यौन अंगहरूको विकासमा पनि हानि पुर्याएको हुन्छ । यसका साथै त्यस्ता व्यक्तिहरूले शारीरिक आकर बिग्रने, लाज लाग्ने, व्यक्तिगत व्यवहारमा समस्या देखिन्छ । महिलामा भन्दा पुरुषहरूमा मानसिक तनाव सम्बन्धी समस्या झन् धेरै हुने गरेको देखिन्छ ।

    एनोरेक्जिया नर्भसाको बिरामीको यौन जोडीले आफू जबर जस्तिको यौन सम्बन्धमा बस्नु परेको महसुस गरेको हुन्छ । आजको समयमा मानिसहरू जत्ति आफ्नो शरीरको बनोटमा केन्द्रित हुन्छन् मानिसहरू त्यत्ति कै यौनमा पनि केन्द्रित हुने गर्छन् । यौन सम्बन्ध विनाको सम्बन्धमा कोही पनि मानिसहरू बस्न चाहँदैनन् ।

    अब के गर्ने ?

    डाइटिङ गर्ने भन्दैमा खाना नै नखादा शरीरमा कुपोषणको समस्या हुनुका साथै यौन वितृष्णाको समस्या पनि बढ्छ । आफ्नो शरीरमा रोग निम्त्याउनु भन्दा त पोसिलो खाना खाने, तेल कम भएको खाना मात्रा मिलाएर खाने, बजारमा उपलब्ध भएको जंकफुड दैनिक रूपमा शारीरिक व्यायाम गरेमा पनि आफ्नो शरीरलाई पातलो बनाउन सकिन्छ ।

    एनोरेक्जिया नेर्भसाको समस्या भएको व्यक्तिले पोषण विशेषज्ञसँग, परामर्शकर्तासँग सल्लाह लिएर आफ्नो उपचार गर्नु पर्ने हुन्छ ।
    तपाइको मत
  • भिडियो सामाग्री