• २०७९ चैत्र ६, सोमवार
  • |
  • Monday 20th March 2023
  • पुरुष प्रजनन–प्रणालीका अङ्गहरूका कार्य

    ७ जेष्ठ २०७४, आईतवार २०:५८

    अण्डकोष
    प्रत्येक अण्डकोष दुईसयदेखि तीन सयवटा सानासाना खण्डहरू मिलेर बनेको हुन्छ । प्रत्येक खण्डमा सेमिनिफेरस नलीहरू रहेका हुन्छन्जसलेशुक्रकीट उत्पादन गर्दछन्। सेमिनिफेरस नलीहरूका बीचबीचमा विशेष प्रकारका कोषहरू रहेका हुन्छन् जसले टेस्टोसटेरोन हर्मोन उत्पादन गर्दछन्।
    इपिडिडाइमिस
    इपिडिडाइमिस मसिना–मसिना सेमिनिफेरस नलीहरू मिलेर बनेकोहुन्छ । यो प्रत्येक अण्डकोषबाट एक एकवटा नली निस्की शुक्रवाहिनी नलीसँग जोडिएको हुन्छ । यो घुम्रिएर बसेकोहुन्छ । यही नलीको बाटो हुँदै शुक्रकीटहरू शुक्रवाहिनी नलीमा जान्छन्।
    शुक्रवाहिनी नली
    योनली इपिडिडाइमिस देखि सुरु भई वीर्यथैलीबाट निस्केकोनलीमा गई अन्त्य हुन्छ । यसको सङ्ख्या पनि दुईवटा नैहुन्छ । यी दुवै शुक्रवाहिनी नलीहरूले शुक्रकीटलाई स्खलन नलीसम्म पु¥याउने कार्य गर्दछन्।
    वीर्य थैलीहरू
    यिनीहरू दुवैदायाँर बायाँगरी मूत्रथैलीका पछाडिपट्टि हुन्छन्। वीर्यथैलीहरूबाट एक प्रकारको बाक्लो चिप्लो पदार्थ बाहिर निस्कन्छ जसलाई वीर्यरस भनिन्छ । यो वीर्यरसले शुक्रकीटहरूलाई पोषण तथा अन्य आवश्यक तत्व प्रदान गर्ने कार्यगर्दछ ।
    स्खलन नली
    योनली पनि दुईवटा नै हुन्छ । यो वीर्यथैलीबाट आएकोनली र शुक्रवाहिनी नली मिलेर बनेकोहुन्छ । यो प्रोस्टेट ग्रन्थिका बीचबाट हुँदै मूत्रद्वार नलीमा गएर खुल्दछ । यसको मुख्य कार्य वीर्यथैलीबाट आएको वीर्य र शुक्रवाहिनी नलीबाट आएको शुक्रकीटलाई जम्मा गर्नु र मूत्र नलीसम्म ल्याउनु हाे ।
    मूत्र नली
    यो सङ्ख्यामा एउटा हुन्छ जुन करिब १८—२० से. मि. लामो हुन्छ । यसकोमुख्य कार्य पिसाबलाई बाहिर उत्सर्जन गर्नुका साथै यौन सम्पर्कका बेला शुक्रकीट सहितको वीर्य लाई योनिमा लाने   हो ।
    लिङ्ग
    यो करिब १० से. मि. लामो विशेष प्रकारको उतेजित हुनेतन्तुबाट बनेको सिलिन्डर आकारको अङ्ग हो।
    लिङ्ग मूण्ड त्रिकोण आकारको हुन्छ र यसलाई फोरस्किनले ढाकेको हुन्छ । यसको काम यौन सम्पर्कको बेला योनिभित्र गई वीर्यस्खलन गर्नुहो ।

    तपाइको मत
  • भिडियो सामाग्री