यो प्रश्नको ठीक उत्तर नै छैन । प्राय १२/१३ वर्षको उमेर देखि यौन सम्पर्क गर्न चाहना तिब्र गतिमा बढ्न थाल्दछ । किनकि केटाहरुको वर्य तथा शुक्रकिट र केटीहरुको पनि डिम्बको उत्पादन हुन थाल्ने हुनाले महिनावारी हुन थालेको हुन्छ । यहि बेला शरीरमा टेस्टोटेरोन नामको हर्मनको (एक किसिमको यौन रसायन) तिब्र गतिमा बृद्धि भइरहेको हुन्छ जसका कारण यौन चाहनामा बृद्धि हुनथाल्दछ । यो यौन सम्पर्कको लागि तयारीको अवस्था हो । यो अवस्था सबैलाई एउटै उमेरमा नभएर अघि वा पछि हुनसक्दछ । स्वास्थ्य विज्ञानले यसलाई स्वभाविक मानेको छ । किशोरावस्थामा यौन शिक्षाको अभावले गर्दा र तिब्र यौन इच्छा पनि बढ्ने हुनाले असुरक्षित यौन सम्पर्क हुँदा धेरै किशोर किशोरीहरूले अनिच्छित गर्भ, एचआईभी र अरु यौन रोग व्यहोर्नु परेको छ । त्यसैको परिणाम स्वरूप उनीहरू पारिवारिक विछोड वा विभिन्न कुलतमा परेका पाइन्छ । बलात्कार तथा यौन शोषण जस्ता अपराध पनि त्यसैका परिणामहरू हुन् । त्यसैले यो उमेरमा सुरक्षित यौन सम्पर्क गर्ने सवै भन्दा राम्रो विकल्प हस्तमैथुन हुन सक्छ । यसले स्वास्थ्यमा कुनै हानी नोक्सानी पुर्याउदैन । सुरक्षित यौन सम्पर्क गर्ने सीपको राम्रो विकास भएपछि मात्र यौन सम्पर्क गर्नुपर्छ । जति सानो उमेर भयो त्यति असुरक्षित यौन सम्पर्क हुने खतरा बढ्छ ।