• २०७८ बैशाख २५, शनिबार
  • |
  • Saturday 8th May 2021
  • किशोरावस्थाका याैन तथा प्रजनन स्वास्थ्य समस्या

    ११ जेष्ठ २०७४, बिहीबार १३:२८

    किशोर किशोरीहरू युवावस्थामा पुगे पछि आफू आत्म निर्भर हुने, आफ्नो साथी भाइहरूसँग हिँड्ने, उनीहरू कै देखा ाैसिकी गर्न खोज्नु स्वाभाविक हो । आफ्नो अभिभावक भन्दा धेरै जसो समय आफ्नो साथीहरूसँग नै बिताउने भएकोले पनि साथी भाइको प्रभाव चाँडै पर्ने गर्छ । साथीभाइको सङ्गतले नकारात्मक वा सकारात्मक प्रभाव पार्न सक्छ । नकारात्मक प्रभाव परेको अवस्थामा उनीहरू अपरिपक्व उमेरमा नै जोखिमपूर्ण यौन व्यवहारमा संलग्न हुने, लागू पदार्थ दुर्व्यसनमा पर्ने, अन्य रोगको संक्रमणमा पर्ने सम्भावना हुन सक्छ । फलस्वरूप, उनीहरूको स्वास्थ्यमा पनि थप नकारात्मक प्रभाव पर्ने सम्भावना विश्व स्वास्थ्य संगठनको एक अध्ययनमा देखिएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल जस्तो न्यून आयस्तर भएका देशहरूमा सन् २०१५ मा पन्ध्र वर्षको उमेर देखि उन्नाइस वर्षको उमेरका तेह्र लाख युवा युवतिहरूले विभिन्न स्वास्थ्य समस्याका कारणले ज्यान गुमाउनु परेको छ । २०१२ मा भएको सर्वेक्षणका आधारमा एक दिनमा ३३० जना युवा युवतिहरू सवारी दुर्घटनाका कारणले मर्ने गर्छन् । अन्य कारणहरूमा एच आइ भी, आत्महत्या, र श्वास प्रश्वास सम्बन्धी संक्रमणका कारणले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ ।

    सामान्यतया किशोरावस्था भनेर एघार वर्ष देखि उन्नाइस वर्षको उमेर अवधिलाई जनाउँछ । यो समयावधिमा किशोर किशोरीहरूमा शारीरिक तथा मानसिक परिवर्तन हुन्छ । यो समयमा बालबालिकाहरूको शरीरका मांसपेशी, हाड जोर्नी, हर्मोनहरू पनि विकास हुँदै गएको हुन्छ । जसले उनीहरूको शरीरमा परिवर्तनहरू देखिनु का साथै उनीहरूमा भावनात्मक र मानसिक परिवर्तन पनि हुन्छ । यसै परिवर्तनका कारणले आफ्नो र अभिभावकको कुरा नमिल्ने हुँदा उनीहरू आफ्नै अभिभावक बाट टाढा हुन्छन् ।

    पन्ध्र वर्ष देखि पच्चीस वर्षका केटा/केटीहरूलाई युवा भनिन्छ र उनीहरूको यो अवस्थालाई युवा अवस्था भनिन्छ । बालबालिकाहरू किशोरावस्थाको मध्यतिर र युवा अवस्थामा प्रवेश गरे पछि आफू ठूलो भएको महसुस गर्छन् र आफू आत्म निर्भर बन्न खोज्छन् । आफ्नो निर्णयहरू आफै गर्ने, आफ्नो चाहना अनुसारको काम गर्ने गर्छन् । कुनै पनि काम गर्दा त्यसको राम्रो र नराम्रो पक्ष नकेलाइ आफै काम गर्न खोज्छन् । यस्तो अपरिपक्व अवस्थामा गरेको कामको प्रतिफल राम्रो नआउन पनि सक्छ । आफ्नो साथीहरूको सङ्गतमा परेर किशोर किशोरीहरूले लागू औषधको प्रयोग गर्ने जस्ता गलत बानीको विकास भएको हुन सक्छ । कुनै दुर्घटनामा परेर चोट पटक लाग्न सक्छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्थामा रहेका केटा केटीहरूमा अनईच्छित गर्भधारण, एच आइ भी, यौन जन्य संक्रमण रोग, मानसिक स्वास्थ्य समस्या, हिंसा, लागू पदार्थ दुर्व्यसन, चोट पटक लाग्नु, कुपोषण, एनोरेक्जिया नर्भसा, बुलेमिया र मोटोपन जस्ता स्वास्थ्य समस्या भोगि रहेका छन् ।

     

    (साभार:- (http://www.who.int/mediacentre/factsheets/fs345/en/)

     

    तपाइको मत
  • भिडियो सामाग्री