बालबालिकाहरु सबै भन्दा धेरै समय प्रत्यक्ष सम्बन्ध अभिभावकहरु भन्दा शिक्षकहरुसँगै हुन्छन र बानी व्यवहारहरु प्राय विद्यार्थीहरुको अभिभावकलाइ भन्दा शिक्षकहरुलाइ नै थाहा हुन्छ । त्यसंले आफ्नो बच्चाको बारेमा सल्लाह लिन शिक्षकहरुसँग सम्बन्ध राख्दछन । किनकि र्विद्यालय जाने बालबालिकाहरू शिक्षकहरूको प्रत्यक्ष सम्पर्कमा हुन्छन् र उनीहरूले मनपराएको शिक्षकबाट धेरै प्रभावित भएका हुन्छन् । त्यस्ता बालबालिकाहरूको व्यवहार र गतिधिबारे पनि शिक्षकले निगरानी गरिरहेका हुन्छन् ।
त्यति हुँदाहुँदै पनि बालबालिकाहरूले विद्यालयमा यौनदुव्र्यवहार भोगिरहेका हुन्छन । उनीहरूले भोगिरहेका ती दुब्र्यवहारहरूमा डर त्रास देखाएर आफ्ना साथीहरू, आफन्त, वा कहिलेकाहीँ विद्यालयकै कर्मचारी वा शिक्षकहरूबाट पनि यौन शोषण भइरहेको हुनसक्छ । यसको बारेमा सचेत हुन र बालबालिकाहरूलाई बाल यौनदुव्र्यवहारको खतराबाट संरक्षण गर्न शिक्षकहरू लागि पर्नुपदर्छ ।
बाल यौन दुव्र्यवहार भएको बालबालिकालाई कसरी पहिचान गर्ने ?
यदि चिनेको वा आफ्नो सम्पर्कमा रहेको बालबालिकामा यौन दुव्र्यवहार भएको कुरा उनीहरुमा देखिने विभिन्न शारीरिक तथा व्यवहारिक लक्षणहरूबाट थाहा पाइन्छ ।
बालबालिकालाई दुर्व्यवहारको खतराबाट बचाउन र पीडित बालबालिकालाई राहत दिन हामीले के गर्नै ?
बालबालिकालाई उमेर अनुसारको बाल यौनदुव्र्यवहार र यसबाट बच्ने उपायहरूको बारेमा विद्यालयमा ज्ञान दिनु पर्छ । ती ज्ञानबाट उनीहरुले जीवनोपयोगी सीप विकास गर्न सकुन् । यसबाट उनीहरुले आत्माविश्वास, आत्मसम्मान र स्वाभिमान जगाउन सक्नेछन् । शिक्षकले बालबालिकाप्रति सकारात्मक र सहयोगी धारणा देखाउने र उसप्रति विश्वास जगाउने बातावरण बनाउनु पर्छ । त्यसकोलागि बालबालिकालाई कक्षामा भईरहेको गतिविधिहरूको बारेमा आफ्ना भावना तथा विचारहरू राख्न लगाउने र उनीहरुको भावना बुझ्ने प्रयास गर्नुपर्छ ।
विद्यालयमा मात्र नभएर घरमा अभिभावकहरूसँग पनि छलफल गर्ने र राय लिने पनि गर्नुपर्छ । यदि बालबालिकाले यौन दुव्यवहार बारेमा बताए भने उसलाई समर्थन गर्न आभिभावकलाई पनि सहमत गराउने प्रयत्न गर्नुपर्छ । शिक्षकहरुले नै बालयौन दुव्र्यवहारको बारेमा धेरै अध्ययन गर्नुपर्छ । बालबालिकाहरूले देखाउने व्यवहार र लक्षणहरू बझ्नु सजिलो हुन्छ । उपयुक्त सुझाव, सल्लाह प्राप्त गर्न सकिने ठाउँहरूमा सम्पर्क राख्ने गर्नुपर्छ ।
यदि कुनै बालबालिका यौन दुर्व्यवहारबाट पीडित भएको शंका लाग्यो भने के गर्ने ?
नम्रतापूर्वक उच्च गोपनीयता कायम राखेर कुराकानी गर्नुपर्छ र उसप्रति रिस, शंका वा देष राख्नु हुदैन । साना बालबालिकाहरूका बारेमा अभिभावकहरूसँग सम्पर्क राखेर उनीहरूलाई जानकारी गराउनु पर्छ । बालबालिकालाई आफ्ना कुराहरू राख्न प्रोत्साहित गर्नु पर्छ तर दवाव भने दिनु हुदैन । उनीहरुलाई उपयुक्त ठाउँमा सहयोग लिन प्रोत्साहित गर्नुपर्छ ।
यौन दुव्र्यवहारबाट पिडित बालबालिकामा देखिने लक्षणहरुः
शारीरिक परिवर्तन
अप्ठ्यारो गरी हिँडडुल गर्नु ।
गुप्ताङ्गमा घाउ हुनु, दुख्नु चिलाउनु, दिसा पिसाव गर्न गाह्रो हुनु ।
शरीरका कुनै पनि अंगहरूमा चोटपटकका चिन्हहरू देखिनु ।
व्यवहारिक परिवर्तनहरू
- कुनै स्थान वा मानिससँग अत्यधिक डराउनु ।
- ज्यादै चिन्तित वा व्याकुल हुनु ।
- पढाइमा कमजोर हुँदै जानु वा पढ्न मन नलगाउनु
- नैराश्यता वा हिनताबोध हुनु ।
- एकान्तमा बस्न रूचाउनु ।
- खानामा रूचि कम हुनु ।
- बोल्न अप्ठ्यारो लाग्नु ।
- निन्द्रा कम लाग्नु ।
- उमेर अनुरूपको यौन व्यवहार नहुनु ।
- झस्किनु, डराउनु, ओछ्यानमा पिसाव गर्नु ।
- लाज लाग्नु वा आफ्नो शरीरदेखि आफैलाई घृणा लाग्नु ।
- आत्मविश्वासमा कमी, आत्मसम्मानमा कमी हुनु ।
- आत्महत्या गर्ने प्रयास गर्नु वा आत्म हत्याबारे सोच्नु ।