१. किन किशोरावस्थामा गर्भधारण गर्न हुदैन ? किशोरावस्थामा अभिभावक हुँदाको कठिनाईहरु तपायहरुबाट बुझ्न पाएमा हामी किशोरावस्थामा हुने असुरक्षित यौनसप्पर्क र अनिच्छित गर्भबाट बच्नसक्ने छौं ।
२. हामी प्रेम गर्न जान्दैनौ वा हामीमा चाहि यौन चाहना नै हुँनुहुँदैन भन्ठान्नु तपाइहरुको गलत धारणा हो, । हामी यौनसम्पर्क गर्न सक्षम भइसकेका छौ, भने यस्तो वेलामा हामीलाई बन्देज नलगाउनुहोस बरु सुरक्षित बाटो देखाउँनुहोस कसैलाई चित्त नदुख्ने गरी । त्यसैले हामीलाई प्रेम,, यौन र यौनसम्वन्धको बारेमा कुरा नलुकाइकन बताउनुस् ।
३. हामीले यो उमेरमा यौनसम्पर्क गर्न हुँदैन भनेर मात्रै हुदैन । प्रष्ट भन्नु प¥यो कि हाम्रो बारेमा त्यस्तो विचार तपाईहरूलाई किन र कसरी आयो ? हामीलाई प्रष्ट नभन्दा हामीले तपाइहरुको कुरा चाहिँ किन पत्याउँने ? तपाइहरुले बनावटी कुरा गरीरहेको थाहा पाउँदा हामीले के सोचेका हुन्छौं ? तपाईहरूको पनि आफ्नो किशोरावस्थालाइ सम्झेर मात्रै हाम्रोबारेमा सोच्नुस । त्यो बेलामा के के अनुभव भर्नुभयो त्यो सही कुरा हामीलाई पनि सुनाउनुहोस् । त्यसबाट हामीले के ठीक र के बेठीक हो भन्ने कुरा ठहर्याउँने छौं । अनि हाम्रा कुराहरू पनि ध्यान दिएर सुन्नुहोस् । तपाईहरूका कुरा सुनाउँदा भाषण चाहि नगर्नुस है ।
४. हाम्रो कसैसँग यौनसम्पर्क होला नहोला तर यौनसम्पर्का बारेमा स्पष्ट त हुनै प¥यो नि ! त्यस मध्ये गर्भधारण कसरी हुन्छ ? अनिच्छित गर्भधारण र यौनजन्य संक्रमण (रोग) बाट कसरी सुरक्षित हुने ? आदि कुराहरु हाम्रो पनि चासोको विषय हो ।
५. यदि हामीले यौन वा गर्भनिरोधका साधनहरूका बारेमा केहि जिज्ञासा राख्यौ भने ‘यौनसम्पर्क गरिसकेछन् कि भन्ठानेर शंका नगर्नुस् । हामीले विश्वास गरेको मान्छेसँग यौन सम्बन्धी यस्ता जिज्ञाशाहरू राख्छौं । तपाइहरुले खुलेर र व्यवहारिक तरिकाले भन्नुभयो भने हामीले अरुलाइ केहि पनि सोध्न जरुरी नै छैन ।
६. हामीलाई राम्रो काम गर्न तपाईहरूको हौसला, धैर्यता र सहयोग ठीक समयमा चाहिन्छ । समय वितिसकेर समस्यामा परिसकेपछिको अर्ती, शिक्षा र चिन्ताले कुनै उपलब्धी हुदैन । किनकी त्यतिवेला पेटमा बच्चा बनिसकेको पनि हुनसक्छ ।
७. जति बेला पनि यौन सम्पर्क गर्न हुदैन मात्रै भनिरहँदा हामीलाई यौन सम्पर्क गर्ने अवसर नै नपाइला जस्तो लाग्छ । कहिले काहीँ तपाईहरू हामीलाई लामो समयसम्म लगातार घरमा छोडेर वेवास्ता गर्न थाल्नुभयो भने, वा अनेकौ शङ्काले अनेकौं कुराहरु गर्दा हामीलाई पनि केही गर्न मन लाग्छ । हस्तमैथुन त हामीले जतिबेला पनि गर्नसक्छौ । यौन चाहना बढेको बेला मन मिल्ने साथी पाइयो भने यौन सम्पर्क गर्न मन लाग्छ । अनि जेसुकै गर भन्ठानेर हामीलाइ सधै बेवास्ता नगर्नुस् । किनकि तपाइहरुको मायाँको खाँचो धेरै नै हुन्छ ।
८. तपाईहरूले सोचेको जस्तै हामीले काम नगरेपनि राम्रोसँग भनेको कुराहरूमा चाहिं ध्यान दिन्छौं । हामीले ती कामहरू गरेर नदेखाएसम्म ‘भनेको लागेन’ नभन्ठान्नुस् ।
९. ज्यादा गन्थन् गर्नु भन्दा आपैंm उदाहरण भएर देखाएको कुराले हामीलाई प्रभाव पर्छ र तपाइहरुको कुरा बझ्न सजिलो हुन्छ । घरमा छलफल गर्नुहुन्छ, स्पष्ट कुरा गर्नुहुन्छ र तपाईहरू पनि जिम्मेवारपूर्ण यौनसम्पर्क राख्नुहुन्छ भने हामीलाई पनि तपाईहरू जस्तै हुन मनलाग्छ ।
१०. हाम्रो यौन व्यवहारको बारेमा कुरा गर्नु छ भने हामीलाई जिम्मेवार र परिपक्क बनाउने गरी कुरा गर्नुहोस । जसले गर्दा हामीलाई पनि जिम्मेवार पूर्ण यौन व्यवहार गर्न सजिलो हुन्छ ।