- विश्वास
असल सम्बन्धले विश्वास बढाउँछ र विश्वासले लामो र असल सम्बन्ध बनाउँछ। एक अर्कामा विश्वास हुने बित्तिकै आत्मविश्वास बढ्ने, सन्तुष्टी बढ्ने, प्रगति हुनेहुन्छ ।
- स्वीकार
जब एक अर्कामा विश्वास बढ्छ , आफ्ना गल्ती कमजोरीहरूप्रति इमान्दार भइन्छ । किनभने, तिनीहरूलाई विना पूर्वाग्रह र आलोचना स्वीकार गरिन्छ ।
- सहयोग
असल सम्बन्धहरू भइरहेमा आफूलाई आवश्यक परेको बेलामा जस्तोसुकै सहयोग पाइन्छ । मानव समुदायको विकास र उन्नति उनीहरूबीचको आपसी सहयोगबाट मात्र सम्भव हुदैआएको छ ।
- सुनिदिने
असल सम्बन्ध भइरहेमा अप्ठ्यारो अवस्थामा पनि आफ्ना कुरा विना पूर्वाग्रह सुनिदिने मान्छे हुन्छन् । यसले तनाव र पीडा कमी गर्न ठूलो मद्दत मिल्छ ।
- सुझबुझ
लामो सम्बन्ध हुनेवित्तिकै भन्न खोजेको परिवेश र अवस्थालाई सजिलै बझ्ने अवस्था आँउछ । त्यसरी परिवेश र अवस्था बझ्ने वित्तिकै त्यसपछिका कामहरू सजिलै गर्नसक्ने अवस्था सिर्जना हुन्छ ।
- आपतविपतमा सहयोग
असल सम्बन्ध कायम राख्न सकेको खण्डमा आफुलाई आवश्यकता परेको सहयोग तुरून्तै प्राप्त हुन्छ । आपतविपत कै कारण सिर्जित समस्याबाट मुक्ति पाइन्छ ।
- साटासाट
खुशीयाली आदान–प्रदान गर्न सकिन्छ । दुःख पनि साट्न सकिन्छ । यी यस्ता कारणले खुशी र दुःखलाई सजिलै व्यवस्थापन गर्ने क्षमता विकास हुन्छ ।
- प्रेषण र सहयोग
असल सम्बन्ध हुने बित्तिकै एकले अर्कालाई आवश्यक सहयोग गर्ने सन्दर्भ व्यक्ति बन्ने र उन्नति प्रगतिमा एकले अर्कालाई साथ दिने, हौसला दिने हुन्छ ।
- तनाव कम गर्ने
आफ्ना दुःख र सुखहरू अभिव्यक्त गर्ने असल साथीहरू फेला पारेको खण्डमा तनावबाट प्रशस्त छुट्कारा पाउन सकिन्छ । असल सम्बन्धले काम गर्ने क्षमतामा वृद्धि गराउँछ र साथीभाइ, इष्टमित्र र परिवारको सम्बन्ध राम्रो हुने बित्तिकै तनाव कम भइहाल्छ ।
- सन्तुष्टी र खुशी
असल सम्वन्ध हुने बित्तिकै एकलाई अर्को मनपर्छ । कुराहरू मन पर्छन् । सधैं सहयोगी र उत्साही वातावरण बन्छ । त्यसले सन्तुष्टी र खुशी मिल्छ ।
ख्याल गरौं ! असल सम्बन्ध निर्माणमा दुवै पक्षको उत्तिकै भूमिका हुन्छ । कसैबाट असल सम्बन्धको आशा गर्नुभएको छ भने आफूले पनि त्यस्तै सम्बन्ध कायम गर्न हदसम्म प्रयत्न गर्नुपर्छ । एक हातले ताली बज्दैन ।