[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. साथी त धेरै बनाउनु तर धेरै ध्यानु दिनु | Yaunik Media
  • २०८२ जेष्ठ ३२, शनिबार
  • |
  • Saturday 14th June 2025
  • साथी त धेरै बनाउनु तर धेरै ध्यानु दिनु

    १४ असार २०७४, बुधबार २२:००

    केटा र केटीबीच साथी बनाउँन कसलाइ मन लाग्दैन र ? त्यसमा पनि आजभोली त साथी बन्ने लहर विगतमा भन्दा बृहद बन्दैछ । यस सम्बन्धी राम्रो सीप र क्षमता हुनेहरूले धेरै जनालाई साथी बनाएका हुन्छन् । जस्तै वद्यालय तथा कलेजमा, यात्रा वा घुम्घामको दौरानमा, काम गर्ने थलो वा मेलामा बढी मात्रामा साथी बन्ने बनाइने गिरन्छ ।
    साथी बन्नु वा बनाउनु स्वस्थ मानिसकको विषेशता नै हो तर केटा र केटी वीच बन्ने ‘गर्लफ्रेण्ड’ र ‘ब्वाइफ्रेण्ड’का बारेमा भने धेरै युवा किशोरकिशोरीहरुमा व्यापक भ्रमहरू पनि बढ्दैछ । ती भ्रमहरूका कारण नकारात्मक घटनाहरू जन्मिएका छन् । यहाँ प्रस्तुत गरिने विषयहरु विभिन्न समयमा गरिएका अध्ययनहरूमा आधारित छन् । युवाकिशोरकिशोरी (नयाँ वा पुराना सबै ‘साथीहरू’), कलेज व्यवस्थापक र काउन्सिलरहरू तथा शिक्षक, अभिभावकहरूका गार दाता संस्था वा कम्पनीका संचालक/व्यस्थापक तथा श्रमिमकहरुका लागि उपयुक्त हुने अपेक्षा राखिएको छ ।
    १     यौनसम्पर्क गर्ने मनसायबाट प्रायः केटाहरूले केटीसाथी बनाउन चाहन्छन् र मौका मिलेमा दवाव दिन थाल्छन् । यस्तो अवस्थामा साथीसँगको सम्बन्धलाई सकेसम्म नबिग्रने गरी ‘नाइ’ भन्न सक्नुपर्छ र त्यो अवस्थाबाट उम्कनु पर्दछ । त्यसैले साथीको व्यवहारको बारेमा राम्रो जानकारी नभई एक्लो परिने ठाउँ वा डेटिङ्गमा जानु हुँदैन । गए पनि सावधानी अपनाउनु पर्दछ ।
    २    केटा वा केटी साथी बन्ने/बनाउने भनेको एकजनासँग मात्र हुनुपर्ने मान्यता सङ्कुचित सोचाइ हो । राम्रा मान्छे सबैसँग साथी बन्न/बनाउन सकिन्छ ।
    ३ उमेर, लिङ्ग, भाषा, धर्म, शारीरिक अवस्था, सम्पत्ति जस्ता कुराका आधारमा नभएर व्यवहार, भावना तथा विचार र काम तथा जिम्मेवारीको आधारमा साथी बनाउनु पर्छ । शारीरिक बनौटले राम्रो देखिने व्यक्तिभन्दा योग्यता, क्षमता र गुणका आधारमा राम्रो देखिने व्यक्ति नै सबैभन्दा राम्रो हुन्छ ।

    ४ साथीहरू प्रति सधै शंकाको दृष्टिले मात्रै पनि हेर्नु हुँदैन तर कुनै पनि बेला अब्ठ्यारोमा पर्न सकिन्छ भनेर होसियारी अपनाइरहनु पर्दछ ।
    ५ यौन व्यवसाय गराउने वा लागुपदार्थ प्रयोग गर्ने नयाँ ग्राहकको खोजी पनि नयाँ साथी बनाएर नै सुरु गरेका हुन्छन् । त्यसकारण साथी बन्नु भन्दा पहिला साथीको पृष्ठभूमि थाहा पाउनुपर्छ ।
    ६ आफ्नो साथी आफ्नो लक्ष्यप्रति कति दृढ छ र परिवार तथा समाजप्रति कति जिम्मेवार छ भन्ने कुरालाई राम्रोसँग बुझ्नुपर्छ । कुनै न कुनै किसिमको कुलतमा लागेका साथीहरू लक्ष्यसँग धेरै गम्भीर भएका हुदैनन, न त परिवार र समाजप्रति नै जिम्मेवार हुन्छन् । उनीहरू केवल आफ्नै साथी समूहमा मात्रै रमाउन चाहन्छन् । उनीहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य बनाएर उनीहरूको साथी बन्नुपर्दछ । तर धेरै होसियारी अपनाउनु पर्दछ किनकि यो काम अलि जोखिम किसिमको पनि हुनसक्दछ ।
    ७ राम्रो साथी बन्न अरूका भावना र प्रस्तुतिहरूलाई राम्रोसँग बुझ्नु र सबै प्रति समानुभूति राख्नुपर्दछ । प्राय साथीहरु विभिन्न ठाउँ र समुदायका संस्कार लिएर आएका हुन्छन् ।
    ८ साथीले राम्रा वा नराम्रा कुरा गर्नसक्छन्, ती सबैको विश्लेषण गर्ने बानीको विकास गर्न साथीहरूसँग सकारात्मक तरिकाले छलफल चलाउनु पर्दछ । आफुलाई थाहा नभएको कुरामा थाहा भएजस्तो गरेरस्नु हुँदैन । त्यसको बारेमा तुरुन्तै सोधिहाल्नु पर्दछ र ध्यान दिएर सुन्नु पर्दछ ।
    ९ समान लक्ष्य भएका साथीहरूसँग नयाँ कुराहरूका छलफलमा सहभागी हुनुपर्छ ।
    १० आफ्नो व्यक्तिगत अवस्था वा कमजोरीलाई लिएर गिज्याउने वा टिकाटिप्पणी गर्ने साथीहरू पनि पाइन्छ । त्यस्तो अवस्थामा हतोत्साहित हुँदा आफ्ना राम्रा कुराहरू पनि हराउँदै जाने हुनाले आफू जस्तो अवस्थामा छु त्यसलाई म यस्त हुँ भनी स्वीकार्नु पदर्छ जसले गर्दा सकारात्मक परिवर्तन र सिर्जनात्मक सोचाइको विकास हुँदैजान्छ ।
    ११ साथी बनाउने तरिका र भूमिका हरेकको फरकफरक तरिकाको हुन्छ । तरिका जस्तो भएपनि स्पष्ट र प्रभावकारी सञ्चार गर्ने बानीको विकासले साथीसँगको सम्बन्ध राम्रो कायम रहन्छ ।
    १२ प्रायः कलेज जीवनमा आफूलाई मन पर्ने र आफूलाई मन पराउने साथी फरकफरक परिरहेका हुन सक्छन् । यो सामान्य कुरा हो । तर आफ्नो मन पर्नेलाई मात्रै होइन आफूलाई मन पराउने साथीहरूलाई पनि सम्मान गर्दा सबैभन्दा असल साथी हुन सकिन्छ ।
    १३ साथीको व्यवहारले गर्दा मानसिक तनावमा परिन सकिन्छ । तनावबाट मुक्त हुन सकिने विकल्पहरू बनाउने र राम्रो विकल्पलाई आफ्नो लक्ष्यसँग जोडेर काममा व्यस्त हुनुपर्दछ । सधैं सकारात्मक सोचाइ बनाउने मानिसले तनावको व्यवस्थापन गर्नसक्दछ ।
    १४ कलेज जीवनमा प्रवेश गर्नेहरू प्राय किशोरावस्थाका हुन्छन् । उनीहरू अभिभावकको सहयोगबाट क्रमशः आत्मनिर्भर बन्ने प्रक्रियामा हुन्छन् । धेरैभन्दा धेरै साथीहरू बन्ने उमेर पनि यही हो । त्यसैले यही बेलामा विसङ्गतिको प्रभाव पर्यो भने त्यसको प्रभावले जीवनभरी असर पर्दछ ।
    १५ जीवनलाई सिर्जनात्मक र सुन्दर बनाउने लक्ष्य प्रति आत्मा विश्वास बढाउने कामको थालनी कलेज प्रवेश गर्दादेखि नै गर्नुपर्दछ । समय समयमा उपलब्धीहरूको आत्मसमीक्षा गर्दै जानेहरू नै सधैं असल साथी भइरहन्छन् ।

    तपाइको मत
  • भिडियो सामाग्री