[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. डिप्रेशन र यौन स्वास्थ्य समस्या | Yaunik Media
  • २०८२ बैशाख १२, शुक्रबार
  • |
  • Friday 25th April 2025
  • डिप्रेशन र यौन स्वास्थ्य समस्या

    २३ असार २०७४, शुक्रबार १५:४२

    कस्तो हुन्छ डिप्रेशन ?

    आफुलाई दुखित अनुभव गर्ने, एक्लै बस्न रुचाउने वा एक्लो भएको महसुस गर्ने, काम गर्न जाँगर हराएको हुने, निद्रा नलाग्ने, खाना खान मन नलाग्नेजस्ता समस्याहरूले लामो समयदेखि दुःख दिइरहेको छ भने उसलाई ‘डिप्रेशन’ भएको हो की भनेर शंका गर्न सकिन्छ । यसरी डिप्रेशन भएको छ भने यौनस्वास्थ्यमा समस्याहरू आउन सक्छन् । किन यस्तो ? भन्ने प्रश्न सबैको मनमा आउनसक्छ ।

    कसरी यौन इच्छाशक्ति कम हुन्छ ?

    दिमाग सबैभन्दा संवेदनशील अङ्ग हो र यो पनि यौन अङ्ग नै हो । किनकि यौन इच्छा शक्ति त्यही दिमागमा विकास भएपछि अरू अङ्गमा जाने हो । अरु अङ्गमा सूचना लाने ल्याउने काममा स्नायु तन्तुहरूसँग मिलेर काम गर्ने रसायानिक पदार्थहरू (Neurotransmitters)  हुन्छन् । डिप्रेशनको बेलामा तीनै रसायानिक पदार्थहरूमा गढबढ हुन्छ । त्यसैले डिप्रेशनका अवस्थामा प्रायः मानिसमा यौन इच्छाशक्ति कम हुनेगर्छ ।

    कसैका लागि भने डिप्रेशनको उपचारका लागि दिइने औषधिहरूले पनि यौनइच्छा शक्ति झन् बिगार्न सक्छन् । तर सबैलाइ र सबै औषधीहरूले होइन । ती औषधीले यौनान्द प्राप्त गर्न नसक्ने, लिङ्ग उत्तेजित नहुने, इच्छाशक्ति कम हुने आदि खराब असरहरू गर्छन् ।

    के कुराहा ख्याल पुर्याउँन पर्ने ?

    डिप्रेशनको उपचारका लागि जाँदा चिकित्सकहरूसँग यस्ता कुरामा राम्रोसँग छलफल गर्नु विर्सनुहुँदैन । चिकित्सकहरूले पनि आफ्ना बिरामीहरूसँग खुलेर कुरा गर्ने र यौन स्वास्थ्यमा प्रभाव पार्ने खालका औषधीहरूको प्रयोग कम गर्नुपर्छ । विरामीहरूसँग दोहोरो कुराकानी हुनु जरूरी हुन्छ । सकारात्मक कुरा चाहिँ औषधि खाएपछि र चिकित्सकको सल्लाह अनुसारको व्यवहार परिवर्तन गरेपछि ‘डिप्रेशन’ निको हुन्छ । डिप्रेशन निको भएपछि यौन समस्या पनि आफैं ठिक भएर जान्छ ।

    डिप्रेशनको उपचार हुन समय लाग्ने र त्यही अवधिमा यौनस्वास्थ्य समस्या आउने हुँदा डिप्रेशन झन् बढ्न सक्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री