• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • सुत्केरी अवस्थामा हुने मानसिक पिडा ‘पोष्टपार्टम’

    २४ असार २०७४, शनिबार २१:५७

    – निलम भण्डारी /

    सर्वमान्य कुरा हो कि सबैका लागि आमा ममता, धैर्यता र प्रेरणाकी खानी हुन् । बच्चा जन्माउँदा परिवारमा हर्ष, उत्साह र उत्सवको माहोल बन्छ । त्यसमा पनि आफ्नो सन्तानको जन्ममा आमा अरु भन्दा धेरै गुणा हर्षित हुन्छिन् । यति हुँदाहुँदै पनि कुनै किसिमको प्रतिकुल अवस्थाका कारण चाहिँ कुनै महिलाहरू सुत्केरी नभएपछि आफ्नो शिशुलाई नखोज्ने, स्तनपान नगराउने, दिक्क मान्ने, धेरै रिसाउने गर्छन् । यो अधिक मनसिक तनावका कारणले नै भएको मनोविदहरुको मत छ ।

    चैत्रको महिना थियो, मेरी भाउजु सुत्केरी हुनु भयो । नवजात शिशुको आगमनमा घरमा हामी सबैजना हर्षित भयौ । यसमा म त अझै खुसी थिएँ । सानो नानीसँग खेलीरहन मन लाग्थ्यो । तर आफ्नो ११ कक्षाको परिक्षा पनि नजिकिँदै गरेको हुनाले धेरै समय खेल्न नै नपाउने भए । घरमा सबैलाई खुसी भएको देख्थे म तर भाउजुलाई भने खुसी भएको देख्दैनिथएँ । उहाँ आफ्नो नवजात शिशुलाई आफ्नो स्तनपान पनि नगराउने, दाई सँग रिसाउने झर्किने, जहिले पनि सुती रहने गर्नु हुन्थ्यो । भाउजुको त्यो व्यवहार देखेर घरमा सबै जना चिन्तित हुनुहुन्थ्यो । आमाले नवजात शिशुलाई समय समयमा ‘स्यारलेक्स’ खुवाउने गर्नुहुन्थ्यो ।

    कक्षा ११ मा स्वास्थ्य शिक्षा विषय पनि पढेको थिए । सुत्केरी महिलाहरूमा हुने मानसिक तनावको समस्याका बारेमा पनि पढेँ । भाउजुको अवस्थाका कारणले त्यसका बारेमा जिज्ञाशा पनि भएकोले शिक्षकसँग कुराकानी गरे । वहाँले पनि सुत्केरी आवस्थामा हुने मानसिक समस्या नै भएकोले सम्बन्धित डाक्टरसँग परामर्श लिन सल्लाह दिनसभयो । मैले दाइलाइ सोही अनुसार भाउनुको उपचारको लागि जानाकारी दिएँ ।

    पहिलो पटक सुत्केरी भएकी केहिकोहि महिलाहरुलाई यस्तो किसिमको मानसिक समस्या हुने कुरा चडाक्टरले पनि बताए । उनको अनुसार बच्चा जन्मिनासाथ यो समस्या देखापर्ने गर्दछ । त्यसैगरी, अध्ययनहरु अनुसार विश्वमा ५० देखि ८५ प्रतिशत महिलाहरु पहिलो पटक सुत्केरी भएकी महिलाहरूमा यो समस्याको लक्षण देखा परेको हुन्छ, कतिपयलाइ कम र केहिकोहिलाइ अलि गम्भिर किसिमको हुन्छ ।

    सुत्केरी अवस्थामा हुने मानसिक समस्या मुख्यतया ३ श्रेणीमा देखा पर्छन् । पहिलो श्रेणीमा महिलाहरू आफ्नो बच्चालाई हेर्न नखोज्ने, दिक्क मान्ने, उनीहरूलाई स्तनपान पनि नगराउने हुन्छ । यस्तो अवस्थालाई ‘बेबी ब्ल्युज’ भनिएको छ, जसमा महिला आफ्नो बच्चा देखि दिक्क मान्छन् । यस्तो व्यवहार महिलाले बच्चा जन्मिएको ४८ घण्टा सम्म देखाका हुन्छन । पहिलो पटक आमा भएको ८० प्रतिशत महिलाहरूमा यो समस्या देखा पर्दछ । यो निकै नै सामान्य समस्या हो । बेबी ब्ल्युजको समस्या प्राय महिलाहरूले भोगिरहेका हुन्छन् ।

    दोस्रो श्रेणीमा सुत्केरी अवस्थामा हुने मानसिक तनावको समस्या रहेको छ । यो समस्या पहिलो श्रेणीमा देखिएको समस्याको व्यवस्थापन/उपचार भएन भने समस्या बढ्न गइ देखापर्दछ । यो अवस्था १० देखि २० प्रतिशत नया आमाहरूमा हुने सम्भावना रहेको बताइन्छ । सुत्केरी भए सँगै महिलाहरू बच्चाको स्वास्थ्यलाई लिएर निकै डराउने, दुख मानेर रूने, धेरै रिसाउने, टोलाउने, सानो सानो कुरामा पनि धेरै रिसाउने, छिन छिनमा नै मुड परिवर्तन हुने जस्ता लक्षणहरू देखिन्छ । सुत्केरी अवस्थामा थकित भएको कारणले पनि दिक्क मान्ने रिसाउने गरिरहेका हुन्छन् ।

    दोस्रो चरणमा पनि राम्रो व्यवस्थापन/उपचार भएन भने तेस्रो चरणको अवस्थामा पुग्ने सम्भावना हुन्छ । त्यस्रो चरणको अवसेथामा सुत्करी महिलालाइ विच्छिप्त बनाउँछ । यो अवस्थाको समस्या १०० मा १ जनामा देखा परेको अध्ययनहरुले बताएको छ ।

    तपाइको मत
  • भिडियो सामाग्री