• २०८० मंसिर १५, शुक्रबार
  • |
  • Friday 1st December 2023
  • स्वप्न दोष हन्छ ? खुसी हुनुहोस; यो यौनस्वास्थ्यको शुभ संकेत हो

    २५ असार २०७४, आईतवार २१:४४

    मन परेको मान्छेसँग यौनसम्पर्क गरेको सपना देखिन्छ । असाध्यै आनन्द आउँछ तर एक्कै छिनमा वीर्य स्खलन हुन थालेपछि निद्राबाट झट्ट ब्युझँदा विर्यले कट्टु (पेन्टी) भिजेर छ्यालब्याल भएको हुन्छ । हिलै हुनाले घिन लाग्दो भइसकेको हुन्छ । यो अनुभव  किशोरावस्थामा प्रवेश गरेपछि स्वस्थ मानिसहरु सबैले गरेका हुन्छन्, कसैले धेरै, कसैले थोरै मात्रै हो ।

     

    किन हुन्छ स्वप्न दोष ?

    स्वप्नदोष हुन थालेपछि मनमा अनेकौं जिज्ञाशा उठ्नु स्वभाविकै हो । धेरैले यसलाइ नकारात्मक रुपमा लिएका हुनाले चिन्ता पनि मानेका हुन्छन तर यो चिन्ता मान्न पर्ने होइन बरु खुसी हुनुपर्ने कुरा हो । किशोरावस्थामा प्रवेश गरेपछि यौनाङ्गहरू खास गरी अण्डकोष, वीर्य थैली र प्रोस्टेट ग्रन्थीहरुको विकास हुन थाल्छन् । ती विकसित यौनाङ्गहरूले वीर्यको उत्पादन गर्न थाल्छन् । अण्डकोषले शुक्रकीट उत्पादन गर्छ भने वीर्य थैली र प्रोस्टेड ग्रन्थिहरूले एकै प्रकारको सेतो पदार्थ उत्पादन गर्छन् । उक्त सेतो पदार्थमा विभिन्न रसायनहरूको मिश्रण हुन्छ, जसले शुक्रकीटलाई पोषण गरिरहेका हुन्छ । वीर्य भन्नाले शुक्रकीट सहितको सम्पूर्ण सेतो पदार्थ भन्ने वुझिन्छ । यसरी उत्पादन हुँदा विर्य थैली भरिए पछि स्खलन हुन्छ । अर्थात पोखिन्छ ।

    निदाएको वेलामा सपनामै वीर्य स्खलन हुने भएकाले यसलाई स्वप्नदोष भनिएको हो ।  हाम्रा पौराणिक शास्त्रहरू र पुर्खाहरूले वीर्य स्खलन हुँदा शक्तिको क्षय हुन्छ भन्दै आएका छन् । यसलाइ धातु दोष पनि भनिएको हो । यौनसम्पर्क वाहेक अरू तरिकाबाट वीर्य स्खलन हुनु (जस्तैः हस्त मैथुन, गुदा मैथुन आदि)लाई त झनै नराम्रो कुरा हो भन्दै आएका छन् । सपनामा हुने वीर्य स्खलनलाई ‘दोष’को रूपमा लिएको हुनाले हाम्रो समाजमा आजसम्म त्यसको प्रभाव परेको पाइन्छ ।

    स्वास्थ्य विज्ञान अनुसार स्वप्नदोष एक  सामान्य प्रक्रिया हो । यो कुनै प्रकारको रोग होइन र स्वप्नदोषले कमजोर पार्छ भन्ने पनि भ्रम मात्रै हो । जसरी मूत्र थैली भरिएपछि हामीले पिसाब फेर्छौ, त्यस्तै गरी वीर्य उत्पादन बढी भएपछि स्खलन हुन्छ । कसैकसैलाई स्वप्नदोष हुँदैन, त्यो पनि असामान्य अवस्था चाहि होइन । असामान्य स्वास्थ्य अवस्था हुँदा वा मानसिक तनावमा भएको बेला प्राय मानिसलाइ स्वप्न दोष हुदैन । तर पनि एकै पटक नभए पनि कुनै न कुनै प्रक्रियाले वीर्य स्खलन भैरहेको हुनसक्छ । बृद्धा अवस्थाको सुरुवातसँगै स्वप्न दोष पनि क्रमश कम हुँदै जान्छ । किनकि विर्यको उत्पादन पनि न्युन मात्रामा हुनथालेको हुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री