धेरैले भन्छन, जिन्दगीमा प्रेमका लागि स्वास्थ्य र स्वास्थ्यका लागि प्रेम दुवै महत्वपूर्ण छन् । मख्य कुरा त अरु व्यक्ति प्रतिको निकटताका साथै आत्मासम्मानको अनुभूति नै प्रेम र स्वस्थ सम्बन्धको सूचक हो । यस्तो सम्वन्ध वैवाहिक जीवनमा मात्र नभएर अन्य निकटका सम्बन्ध जस्तै साथी, साझेदार तथा अभिभावकसँग पनि हुन सक्दछ । अनुसन्धानकर्ताहरूका अनुसार यस किसिमको सन्तोषजनक र लामो समयको सम्बन्धले मानिसहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको हुन्छ ।
यसै सम्बन्धी विभिन्न खोजहरूमा उल्लेख गरिएका प्रेमका स्वास्थ्य सम्बन्धी दश जानकारीहरू यस प्रकारका छन:
१. कम डाक्टरी जाँच
विवाह र स्वास्थ्यमा गरिएका अध्ययनका केही समीक्षाहरू अनुसार अविवाहित तथा एक्लो व्यक्तिको तुलनामा विवाहित व्यक्तिले कम डाक्टरी जाँच गरेको पाइन्छ । मानिस सामाजिक प्राणी भएकोले एक्लो अवस्थामा उसको जैविक प्रणाली बिस्तारै कमजोर हुँदैजान्छ । अर्को व्यक्तिसँगको सम्वन्ध राम्रो रहेका व्यक्तिहरूमा एक अर्काको ख्याल राखिने हुँदा समस्याहरूको स्वतः समाधान हुनजान्छ ।
२. नैराश्यता र लागुऔषधको प्रयोगमा कमी
विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिए अनुसार खुसीपूर्ण बैवाहिक जीवनमा पुरूष र महिला दुवैमा नैराश्यता हराएर जान्छ । नैराश्यताको सम्बन्ध सिधा सामाजिक एक्लोपनसँग जोडिएको हुन्छ । युवा किशोरकिशोरीहरूमा विवाह र स्वस्थ सम्बन्धका कारण नैराश्यता घट्न गई लागुपदार्थ तथा रक्सीको अत्यधिक सेवन घट्न जाने हुन्छ ।
३. रक्तचापमा नियन्त्रण
खुसीपूर्ण बैवाहिक सम्बन्धले रक्तचापलाई सामान्य राख्दछ र विभिन्न खोजहरूका अनुसार विवाहित व्यक्तिहरूको रक्तचाप एकल व्यक्तिहरूको तुलनामा राम्रो रहेको देखिएको छ । साथै सामाजिक रूपमा राम्रो सम्बन्ध स्थापना गरेको एकल व्यक्तिमा पनि रक्तचाप सामान्य रहन्छ ।
४. चिन्तामुक्त
मानिसलाई दुःख महसुस भएको बेला प्रेमपूर्ण स्थायी सम्बन्धले दुःख निवारणमा मद्दत गर्दछ । अनुसन्धानकर्ताका केही खोजीमा गरिएको अध्ययन अनुसार स्थायी सम्बन्धमा रहेका व्यक्तिहरूमा कम मानसिक पीडा उत्पन्न हुने हुन्छ ।
५. दुखाई नियन्त्रण
लामो समयसम्म जोडीको रूपमा रहेका व्यक्तिहरूमा पींडा सहने शक्ति बढी रहन्छ । शारीरिक पींडा सहनसक्ने शक्ति बढी देखिन्छ ।
६. तनाव व्यवस्थापन
जसरी प्रेमले पीडा नियन्त्रण गर्दछ, त्यसरी नै तनाव व्यवस्थापनमा पनि मद्दत पुर्याउँछ । प्रेमपूर्ण वातावरणमा मानिसले राहत अनुभव गर्नुका साथै तनाव व्यवस्थापन गर्न सक्दछ ।
७. प्रतिरोधात्मक क्षमता
प्रेमपूर्ण सम्बन्धमा मानिसले दुःख, तनाव र नैराश्यताको व्यवस्थापन जस्तै रोग प्रतिरोधात्मक क्षमताको पनि प्राप्ति गर्दछ । स्वस्थ सम्बन्धका व्यक्तिहरूमा चिसो तथा भाइरस संक्रमणका कारण रोग लाग्ने सम्भावना कम रहन्छ ।
८. चाँडो घाउ निको हुने
सकारात्मक सम्बन्धले शरीरमा पर्न गएको घाउचोट चाँडो निको हुने हुन्छ । दुई विपरीत स्वभावका जोडीहरूमा गरिएको एक अध्ययन अनुसार, प्रेमपूर्ण स्वभावका जोडीहरूमा लागेको घाउचोट झगडालु स्वभावका जोडीहरूको तुलनामा छिटो निको भएको पाइएको छ ।
९. लामो जीवन
अनुुसन्धानका अनुुसार मृत्युदरमा विवाहको प्रभाव रहने गरेको छ । जसअनुसार, विवाहित व्यक्तिको तुुलनामा ५८ प्रतिशतभन्दा बढी अविवाहित व्यक्तिको मृत्युु भएको पाइएको छ । विवाहले मानिसहरूमा पारस्पारिक सहयोग र आर्थिक सहयोगद्वारा लामो समयसम्म बाँच्ने अवसर दिने गर्दछ । एक्लोपनका कारण हुने मृत्यु प्रेमपूर्ण वातावरणबाट घट्न जाने हुुन्छ ।
१०. खुसीपूर्ण जीवन
प्रेम तथा स्वस्थ सम्बन्धले जीवनमा खुशी दिलाउँछ ।
- प्रेमपूर्ण सम्बन्धका लागि ४ उपायहरू
- निराशाको कमी गर्ने ।
- बोलीको शैली तथा तनाव व्यवस्थापन गर्ने ।
- निरन्तर रूपमा प्रेमका चुुनौती र खुुशीमा काम गर्ने ।
- एक अर्काको सफलतामा खुुशी रहने÷मनाउने ।