• २०७७ मंसिर २०, शनिबार
  • |
  • Saturday 5th December 2020
  • जसलाइ पनि हुनसक्छ – बाँझोपन

    ५ श्रावण २०७४, बिहीबार १७:२९

    – निलम भण्डारी /

    पछिल्लो समयमा नेपालमा बाझोपनको समस्या बढ्दै गएको छ । नेपालमा नै तेह्र देखि पन्ध्र प्रतिशत जोडीहरू सन्तान विहीन भएको बाझोपन केन्द्र, नेपालको अध्ययनले देखाएको छ । बाझोपनको समस्याले मानसिक तथा समाजिक रुपमा पनि पुरुष भन्दा प्राय महिलाहरू नै बढि पीडित भइरहेका हुन्छन् ।

    विश्वमा १० देखि १५ प्रतिशत विवाहित जोडीहरूमा बाझोपनको समस्या देखा परेको छ । त्यस मध्ये ४० प्रतिशत पुरुषहरू र ४० प्रतिशत महिलामा बोँझोपन हुनाले निसन्तान भएका छन ।

    प्राकृतिक रूपमा सन्तानका लागि गर्भधारण गर्न नसक्नु बाझोपन हो । बाँझोपन हुनुमा महिला वा पुरुषको कमजोर शारीरिक अवस्था र हर्मोन उत्पादनमा कमि हुनाका कारणले हुनसक्छ तर बाझोपनको दोष प्राय महिलालाई दिइने परम्परा अझै समाजमा पाइन्छ । बाझोपन केवल शारीरिक समस्या मात्र होइन्, यो मानसिक तथा सामाजिक समस्या पनि हो भन्ने मत राख्छन बाँझोपन केन्द्र नेपालका चिकत्सकहरु ।

    कस्ता हुन्छन बाँझोपन ?

    बाझोपन मुख्य दुइ किसिमका हुन्छन । पहिलो प्रकारको  बाझोपन भनेको उपचारका साथै गर्धारणाका लागि लामो समय देखि प्रयास  गरिरहदा पनि गर्भधारण  हुन सक्दैनन् र दोस्रो प्रकारको बाझोपनमा भनेको पहिलो सन्तान भइसकेपछि दोस्रो सन्तान हुन नसक्सनु हो ।

    कसरी हुन्छ बाँझोपन ?

    महिलामा डिम्ब बाहिनी नलीमा डिम्ब पाठेघर तिर आउने बाटोमा अवरोध भएमा, रजस्वला (महिनावारी) चक्र अनियमित हुँदा, पाठेघरमा ट्युमर वा  कुनै किसमको चोटपटक भएमा वा चोटपटकको कारण खत बनेको भएमा, एन्ड्रोजिन नामक हर्मोन (पुरुषमा हुने हर्मन) को मात्रा बढ्ने समस्या भएमा र धेरै मोटो शरीर भएका महिलाहरूमा गर्भ नबस्ने सम्भावना हुन्छ । यौन सम्पर्क गर्दा पीडादायी महसुस गर्ने महिलाहरूमा पनि बाझोपनको संकेत देखा पर्दछ । त्यस्तै थाइराइडको समस्या भएका महिलाहरूमा पनि बाझोपनको सम्भावना हुनसक्दछ । बाँझोपन हुने २५ प्रतिशत पुरुषहरुमा अस्वस्थ वीर्य हुँदा,  यौन इच्छा नहुँदा, लिङ्ग उत्तेजित नहुँदा, अण्डकोष सुनिने लगयत अन्य यौनजन्य संक्रमण हुनु पनि बाझोपनको संकेत हो । त्यसैगरी अध्ययनहरुले बताए अनुसार १० प्रतिशतमा भने बाँझोपन समस्याका कारणहरु पत्ता लगाउ सकिएको छैन ।

    नेपालको सन्दर्भमा

    अध्ययनले बताए अनुसार नेपालमा महिलाहरूमा बाझोपनको समस्या देखिनुको मुख्य कारण पाठेघरमाबाट अण्डा निष्कासनमा समस्या हुनु हो । त्यस्तै पुरुषहरूको अण्डासयबाट स्वस्थ वीर्य उत्पादन नहुनु वा आवश्यक भन्दा थोरै मात्रामा शुक्रकिट उत्पादन हुनु हो । यस बाहेक सधैं तातोमा काम गर्ने पुरुषहरु, (जस्तै कुक, आगोको भट्टी आदि) नियमितरुमा अत्याधिक मादक पदार्थ सेवान आदि पनि अन्य कारणमा पर्छन । महिलाहरुले पटकपटक गर्भ पतन गर्दा पनि पाठेघरमा चोटपटक हुनगइ बाँझोपन हुनपुग्दछ ।

    बाझोपनको समस्या समाधान गर्नका लागि विभिन्न उपचारका विधिहरू हुन्छन । त्यसको लागि सम्बन्धित चिकित्कहरुसँग नै परामर्श गर्नुपर्दछ जो चिकित्सकहरुले त्यस सम्बन्धी विशेष तालिम पनि लिएका हुन्छन ।

    तपाइको मत