[REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. साथी बनाउन चाहानुहुन्छ ? | Yaunik Media
  • २०८१ अशोज २३, बुधबार
  • |
  • Wednesday 9th October 2024
  • साथी बनाउन चाहानुहुन्छ ?

    ९ श्रावण २०७४, सोमबार १४:३१

    त्यसो हो भने एक अर्कालाइ कसरी बुझ्ने ?

    १ आपसी समझ्दामरी

    परम्परा अनुसार पुरुषहरुमा पुरुसार्थी हुनुपर्ने, स्वतन्त्र हुनुपर्ने, र गम्भिर प्रकृतिको हुनपर्ने समाजमा अझैपनि मान्यता राखिदै छ ।  त्यसैगरी महिलाहरु नम्र, भलाद्मी विवेकशिल, सम्बेदनशिल र कम्जोर हुनुपर्ने मान्यता राखिदै आएको पाइन्छ । जे भएपनि ती सामाजिक मान्यताहरुमा अब धेरै परिवर्तन भैसकेको छ र समयको परिवर्तनसँगै आधुनिक महिला र पुरुषको भूमिका र प्रभाव दुबै पक्ष बीच लचकता आउने क्रम बढ्दैछ । एक आपसको मुल्य र मान्यतालाइ स्वीकार्ने नयाँ धारणाको विकास हुँदै गएको छ । त्यसकारण एक आपसमा परम्मरागत मान्यताले हेर्न व्यवहारलाइ सुधार गर्नुपर्दछ । आ-आफ्ना परम्परागत सामाजिक भूमिकामा परिवर्तन गर्नु आवश्यक छ । बरु आ-आफ्नो उत्तरदायित्वलाइ समताका आधारमा कायम राख्नु पर्छ । त्यसले एक आपसको सम्बन्ध बलियो हुदैजान्छ । त्यसको लागि विना पुर्वाग्रह खुल्ला रुपमा आपसी कुराकानी हुनु पर्दछ ।

    . एकले अर्कालाइ स्वीकार्नु

    प्रत्येक मानिसहरु एक अर्कामा फरक र विशेष हुन्छन । त्यसैगरी प्रत्येकको फरक पृष्ठभूमि, व्यक्तित्व र विचार  हुन्छ । यदि तपाइ यी कुराहरुलाइ महशुस गर्न सक्नुहुन्छ र महिला र पुरुष बीचको लैङ्गिक भिन्नताका बारेमा बुझ्न सक्नुहुन्छ भने एक आपसको सवल र कम्जोर पक्षहरुका बारेमा पनि बुझ्न र त्यसलाइ स्वीकार्न सक्नुहुन्छ । जसले एकआपसमा आत्मियता बढाउँन मद्दत मिल्दछ ।

    . बराबरी हैसियतमा हेर्नु

    एक अर्कालाइ आफ्नो बराबर हैसियतमा हेर्नुपर्दछ (इच्छा, चाहना, आवश्यकता आदि) । दुबैको समान चाहना हुँदा ती क्रियाकलापहरुमा सँगसँगै सहभागी हुनुहोस, त्यसका अनुभव र अनुभूतिहरुका बारेमा आपसमा कुराकानी गर्नुहोस । यदि तपाइहरु बीच कुनै सवालमा  विचार वा मान्यता छ भने यसले तपाइहरु बीच राम्रो सम्बन्ध कायम राख्न र सुमधुर सम्बन्धको विकास हुन मद्दत मिल्दछ ।

    . एकअर्काबाट सिक्नु

    एक अर्काको विशेषता र क्षमताबाट धेरै कुराहरु सिक्न सकिन्छ । केटाहरुले आफ्नो पुरुस्वत्व देखाउँनु आवश्यक छैन । अहिलेको समयमा त्यसले सिकाइमा कुनै महत्वपूर्ण भूमिका खेल्दैन बरु सिकाइमा नकारात्मक भूमिका खेल्दछ । त्यसैगरी केटीहरुले पनि उग्र नारीबादी भएर दवाव दिनु हुदैन । दुबैजना सक्षम र समान हैसियत हुनु आवश्यक छ । त्यसको लागि दुबैको आत्माबल बलियो बनाउँनु पर्दछ । दीर्घकालिन सोँच र योजना बनाउँनु पर्दछ ।

     . आपसी योगदान

    महिला र पुरुष दुबैको सवल पक्षका साथै र दुर्वल पक्षहरु पनि हुन्छन । सबल र दुर्वल पक्षका आधारमा एक अर्कालाइ योगदान गर्नुहोस यसबाट दुबै जनाले ठूलै उपलब्धी हाँसिल गर्न सक्नुहुनेछ ।

    . होसियारी पूर्वक साथी छनौट गर्नुहोस

    साथी छान्दा त्यस्तो मान्छे छान्नुस कि उ सम्मान गर्न र विश्वास गर्न लायक होस । असल सथी त त्यो हो जसले तपाइलाइ मनोरञ्जन गराउँने वा रमाइलो बनाउँने भन्दा पनि धेरै तपाइको सुधारको लागि सहयोग गर्दछ र तपाइले पनि उसको लागि त्यसै गरेको हुनुपर्दछ । झलक्क हेर्दैमा वा दुइचार मिठा वा घतलाग्दा कुरा मन पर्दैमा मान्छे राम्रो होला भन्ने विचार बनाएर साथी नबनाउँनुहोस । अरुसँग जेसुकै होस तर तपाइसँग चाहि राम्रो व्यवहार गरेको छ भन्दैमा असल साथी हो भन्ने भ्रममा नपर्नुहोस । बरु तपाइको साथी असल हो वा होइन भन्न कुरा उसले अरुसँग पनि असल व्यवहार गरेको छ वा छैन भन्ने कुराको बढी ख्याल गर्नु पर्दछ । असल साथीले त अरुसँग पनि असल व्यवहार गरिरहेको हुन्छ । त्यसको बारेमा बुझ्न निकै समय लाग्छ । त्यसैले साथी बनाउँन नहतारिनुहोस । उसको गुणको आधारमा कति नजिक वा कति टाढाको साथी बनाउँने निर्णय गर्नुहोस किनकि साथी त जसलाइ पनि बनाउँन सकिन्छ ।

    . सम्बेदनशिल हुनुहोस

    फरक लिङ्गीसँग साथी बन्दा वा बनाउँदा पहिला सम्बेदनशिल हुनु आवश्यक छ । आफ्नो पनि साथीको सम्मान र प्रशंशा गर्ने बानी बसाउनु आवश्यक छ । आफ्नो कुरा सुनाउँनु भन्दा बढी अरुको कुरा सुन्ने धैर्यताको विकास हुनु आवश्यक छ । अरुको मान्यता र विचारलाइ मान्यता दिनुभयो भने तपाइले पनि त्यहि कुरा पाउँनुहुनेछ । यो कुरामा सम्बेदनशिल हुनुभयो भने तपाइले असल सथी सजिलै बनाउँन सक्नुहुनेछ । किनकि तपाइसँग यी गुणहरु भएमा मात्र त्यहि असल गुणहरुका कारण तपाइसँग मिल्ने साथी भेट्टाउँन सजिलो हुनेछ ।

    ८. हार्दिकता र समान सम्बन्ध निर्माण गर्नुहोस

    समाजमा महिला र पुरुषको बराबर हैसियत हुन्छ । तपाइ पनि एकअर्कालाइ सम्मान पुर्वक हार्दिकता अपनाउँन र एकले अर्कालाइ स्वीकार्न आपसी सबल पक्षहरुको विकास गर्नुहोस ।

    किशोरकिशोरीहरुले एकआपसको विशेष अनुभूतिहरु बुझन थालेका हुन्छन । उनीहरु एकआपसमा साथी बनाउँन यो एक सामान्य कुरा हो तर यसमा तपाइसँग संबेदनशिल र होसियारी भने चाहिन्छ । विभन्न समाजिक जमघट तथा गतिविधि मार्फत विभिन्न किसिमका साथी बनेको हुन्छ वा बनाइन्छ । साथी बनाइएपछि एकआपसको असमानता वा समानता जेजस्तो छ त्यसलाइ स्वीकार्नु पर्दछ । आफ्नो भन्दा फरक तर आफु र समाजलाइ हानी नगर्ने किसिमको व्यवहार रहेछ भने उसको विशेषता रहेछ भनि त्यसको पनि सम्मान गरिदिनु पर्छ । त्यसैबाट आपसमा समान सम्बन्ध र हार्दिकता कायम रहन्छ ।

    . पारिवारिक सम्बन्ध

    असल साथीले एकआपसको पारिवारिक जानाकारीहरु यथार्थ रुपमा आदान प्रदान गरेका हुन्छन । तपाइले बनाएको साथीले वा तपाइले पनि आफ्नो पारिवारिक जानाकारीहरु यथार्थ दिएको हुनु आवश्यक छ र परिवारका सदस्यहरुसँग पनि सम्बन्ध राख्नु आवश्यक छ । यसबाट साथीले के के कुरा लुकाएको हो त्यो थाहा हुन्छ भने साथीको बारेमा पनि धेरै जानाकारीहरु थाहा हुन्छ । यसले दुबैजना बीचको जवाफदेहिता पनि बढ्दैजान्छ । यदि परिवार वा उसको व्यवहारमा कुनै संका लाग्यो भने निश्चित दुरी कायम राखेर साथीलाइ पनि कायम राख्न सकिन्छ ।

    १०. गोपनीयता  

    तपाइको साथीले एकआपसी सम्बन्धका बारेमा कति गोपनीयता अपानाएको छ भनि  ख्याल राख्नु पर्दछ किनकि गोपनीयता आत्मा विश्वास हो । उसका अरु पनि साथीहरु हुनसक्दछन । उनीहरुसँग तपाइहरु बीचका कुराहरु मध्य कतिपय गोपनीय किसिमका छन भने ती कुराहरु उसले अरु साथीहरुसँगको कुराकानी गर्दा कति गोपनीयता अपनाएको छ भनि जानाकारी राख्नु आवश्यक छ । यदि गोपनीयता अपनाएको छैन भने उ तपाइको असल साथी हुन सक्दैन ।

    उसँग पनि निश्चित दुरीमा बसेर साथी बनाउँनु पर्दछ तर सधैं संका भने गरिरहनु हुदैन । यसले आफुलाइ पनि हानी पुर्याउँन सक्दछ ।

    सबैभन्दा महत्वपूर्ण कुरा के हो ? तपाइ भन्दा पनि तपाइको साथी चाहिँ धेरै असल पाउँनु भएको छ भने तपाइले आफुलाइ सच्याउन वा सुधार गर्नुपर्दछ ।

    तपाइको मत
  • भिडियो सामाग्री