विद्यालयहरूमा यौनस्वास्थ्य सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने क्रममा ललितपुर जिल्ला अन्तर्गत एक विद्यालयको कक्षा ९ र १० मा पढ्दै गरेका विद्यार्थीहरूले नाम उल्लेख नगरी लिखितरूपमा जिज्ञासाहरू उठाएका थिए । ती जिज्ञासाहरू तथा उत्तरहरूलाई दिइएको उत्तरहरूलाई सारसंक्षेपलाई पाठकहरूका लागि पनि उपयुक्त हुने भएकाले यहा प्रस्तुत परिएको छ ।
प्रश्न — एक दिन यौन सम्पर्क गर्दागर्दै कण्डम फुट्यो । त्यसपछि जब यौनको बारेमा सम्झना आउँछ, अनि म एचआइभी संक्रमित भएँ कि भन्ने कुराले चिन्तित हुन्छु । मैले के गर्दा राम्रो होला ?
उत्तर — कण्डम लगाउनु अगाडि बट्टामा लेखिएका कुराहरू ध्यानपूर्वक पढेर सोही बमोजिम लगाइयो भने कण्डम सही तरिकाले लगाउन सकिन्छ र यौन सम्पर्क गर्दा फुट्न पाउँदैन । यौनसम्पर्कको समयमा कण्डम फुट्दा चिन्ता लाग्नु स्वाभाविकै हो तर सधैं चिन्ता गरिरहनु हुँदैन । किनकि जति लामो समय चिन्ता गर्नुहुन्छ त्यति नै मानसिक तनाव बढ्ने सम्भावना हुन्छ । त्यसैले पहिला आत्मबल बलियो बनाउने र चिन्तालाई कम गर्न आफ्नो काममा व्यस्त हुनु पर्दछ । त्यसमा पनि त्यस दिनको घटनाले गर्दा एचआइभी संक्रमण भएको छ कि छैन भन्ने कुरा त्यतिकै थाहा हुदैन । यसबारेमा स्पष्ट हुन रगत परीक्षण गर्न सकिन्छ । एचआईभी भएकै रहेछ भने पनि अब चिन्ता गरेर हराउँदैन । फेरि पनि धैर्यको आवश्यकता पर्दछ । त्यसका लागि परामर्श लिन पाइने ठाउँ अब धेरै भइसकेका छन् । एड्सको अवस्थामा पुगेपछि पनि लामो समयसम्म बाँच्न सकिने औषधिहरू पाइन्छ ।
प्रश्न — महिलाले खाने अस्थाई साधन पिल्स् जस्तै पुरूषको लागि चाहि किन नबनाइएको हो ? यदि त्यही पिल्स् पुरूषले पनि खाएमा के असर पर्छ ?
उत्तर — पुरूषका लागि खाने परिवार नियोजनको अस्थाई साधन पिल्स् बनाएर कुनै काम नगर्ने भएकाले अहिलेसम्म नबनाइएको हो भन्ने भनाइ यस विषयका विज्ञहरूको छ । यदि महिलाले खाने पिल्स् पुरूषले खाएमा पनि कुनै काम गर्दैन ।
प्रश्न — मलाई एचआईभी भएको थाहा भयो, यो कुरा साथीहरूलाई भन्दा राम्रो होला कि नहोला ?
उत्तर — यो मानिसको गोपनीयताको अधिकार भएको हुनाले साथीलाई भन्ने वा नभन्ने आफ्नो निर्णयमा भर पर्दछ । यसलाई गोप्य कुरा ठान्नुहुन्छ भने र साथीले पनि गोपनीयता राख्न सक्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ भने बेलिबिस्तामा बताउँदा राम्रो हुन्छ । किनकि साथीसँग मनका कुरा बताउँदा आफ्नो मन हलुका भएको महशुस हुन्छ । एचआइभी सम्बन्धी काम गर्ने संस्थाहरूमा परामर्शको पनि व्यवस्था गरिएको हुन्छ, । साथीलाई नभने पनि त्यहाँ तपार्इँलाई मनमा लागेका धेरै जिज्ञासाहरू राख्न सक्नु हुन्छ र तपाईका सबै कुराहरू गोप्यसँग राख्ने व्यवस्था पनि गरिएको हुन्छ । यसरी परामर्श गर्दा धेरै समस्या र भ्रमहरू घट्दै जानुका साथै आत्मविश्वास पनि बढ्दै जान्छ ।
प्रश्न — जनावरहरूबाट एचआइभी सर्दैन भनिन्छ, तर बैज्ञानिकहरूले किन चिम्पाञ्जीबाट मानिसमा सरेको भनेका हुन् ? के अमेरिकनहरूले आफ्नो दोष लुकाउन यस्तो भनेका हुन् ?
उत्तर — जनावरमा एचआईभीको जीवाणु बाँच्न सक्दैन । त्यसैले न त जनावरबाट मानिसमा सर्दछ न मानिसबाट जनावरमा नै । यो मानिसको मात्र शरीरमा रोगका जीवाणुसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम गराउँदै लैजाने काम गर्ने जातको भाइरस हो । रोग निदान गर्ने क्रममा अनुसन्धान गर्दा त्यो स्वास्थ्य समस्या पाइएको अवस्थालाई एचआईभी नामकरण गरिएको हो । तर, चिम्पाञ्जी मानिसको प्रजाती भएकाले एचआइभी भएको हुन पनि सक्दछ । त्यसो भन्दैमा चिम्पाञ्जीबाट मानिसमा सरेको कुरामा कुनै बैज्ञानिक सत्यता र तथ्यहरू छैनन् । एचआईभीको संक्रमण सबैभन्दा पहिला अमेरीकामा देखापर्दैमा उनीहरू नै दोषी हुन् भनेर कसरी भन्न सकिन्छ र ? कुनै संक्रमण वा रोग स्वदेशी वा विदेशी हुदैन ।
प्रश्न — के एउटै ट्वाइलेट वा अण्डरवेर प्रयोग गर्दा पनि एचआईभी सर्न सक्छ ?
उत्तर — एचआइभी संक्रमित व्यक्तिहरूको अण्डरवेर वा ट्वाइलेट प्रयोग गरेर एचआइभी सर्दैन । किनकि एचआइभी गराउने जीवाणु शरीर बाहिरीको वातावरणमा एक्कैछिन पनि बाँच्न सक्दैन ।
प्रश्न — नग्न चलचित्र (ब्लु फिल्म) हेर्दा यौनसम्पर्क गर्ने धेरैजसो कलाकारहरूले कण्डम लगाएको देखिदैन । के उनीहरूलाई चाहिँ एड्स सर्दैन ?
उत्तर — यदि ती यौनजोडीहरूमध्ये कुनै एकजनालाई एचआईभी संक्रमण भएको रहेछ भने कण्डम नलगाइकन यौनसम्पर्क गर्दा एचआईभी सर्दछ । एचआईभी वा अन्य कुनैपनि संक्रमणले कलाकार हुन वा कुनैपनि पेशा अथवा घनी, गरिव, जात, धर्म, उमेर, वर्ण, लिङ्ग आदिका आधारमा छुट्याउँदैन् । त्यसरी कण्डम नलगाइकन यौनसम्पर्क गरेको फिल्म हेर्दा धेरै युवा तथा किशोरकिशोरीहरूमा भ्रम पर्नसक्छ ।
प्रश्न — सल्यक्रिया नगरीकन पनि स्तन बढाउन सकिन्छ ?
उत्तर — स्तन बढाउन सकिदैन । किनकि शरीरका कुन अङ्ग कति बढ्न पर्ने हो, त्यो जन्मसिद्ध आएको विशेष अवस्थामा भरपर्दछ । त्यस बाहेक जन्मेपछि बाल्यावस्थाको स्वास्थ्य अवस्था र खानपिनले प्रभाव पार्दछ । विकसित देशहरूका महिलाहरूले शल्यक्रियाद्वारा स्तन बढाएको कुरा पत्रपत्रिकामा पढ्न पाइन्छ । तर त्यो पाको उमेरमा स्तन सुक्दै गएपछि सुन्दर देखिने रहरले शैल्यक्रिया विधिद्वारा स्तनमा हावा भरिएको हुन्छ । यस्तो गर्नु स्वास्थ्यको दुष्टिकोणले राम्रो मानिदैन ।
स्तन सानो हुने कतिपय महिलाहरुलाइ ठूलो भइदिए भए हुन्थ्यो भन्ने रहर हुनसक्छ र ठूलो हुनेलाई सानोको रहर लाग्नु मानवीय स्वभाव हो । यो त मानिसको यौनिकता पनि हो । किशोरावस्थामा यस्ता कुराको खुल्दुली बढी हुन्छ । त्यसपछि विस्तारै हराएर जान्छ । कतिपय किशोरीहरू आफ्नो स्तन केही तलभएको ठान्दछन् भने कोही धेरै माथि भएको कुरामा पिरोल्लिएका हुन्छन् । वाटुलो आकारका स्तन हुनेहरूले लाम्चिलो आकारको रहर गरेका पाइन्छ भने लाम्चिलो हुनेहरू बाटुलो स्तन हुनेहरू प्रति ईश्र्या गर्दछन् । स्तनको आकार र प्रकारतिर अनावश्यक चिन्ताले मानिसमा भएको सिर्जनशीलतामा नकारात्मक असर मात्र पु¥याउँछ । वास्तविकता चाहिँ सबै अवस्थाहरूलाई सकारात्मक ढंगले सोच्ने बानीको विकास गर्नु हो । त्यसैले सबै प्रकारका स्तनहरू राम्रा हुन् । स्तनको स्याहार गर्ने, क्यान्सर लगायत विभिन्न किसिमका संक्रमण हुनुबाट बचाउने कुरामा ध्यान दिने कुरा चाहिं सबैभन्दा राम्रो कुरा हो ।
प्रश्न — कस्तो खालको कण्डम चाहिं भरपर्दो हुन्छ ?
उत्तर — बजारमा विभिन्न किसिमका कण्डमहरू पाइन्छन् । तपाईको खर्च गर्ने क्षमता अनुसार किन्न सक्नुहु्न्छ । सबै राम्रा नै हुन्छन् । हामीले कुनै पनि कम्पनीको बजार प्रवद्र्धन गर्ने किसिमले सिफारिस गर्न मिल्दैन ।
प्रश्न — जब म हस्तमैथुन गर्छु, आनन्दको शिखरमा नै पुगेको हुन्छु र त्यसपछि धेरै निराश पनि हुन्छु । मैले गलत काम गरेँ भन्ने चिन्ता लाग्छ । के यसले मलाई भविश्यमा यौन समस्यामा त पुर्या्उदैन ?
उत्तर — धरै युवाकिशोरकिशोरीहरूमा हस्तमैथुन सम्बन्धी अनेकौँ किसिमका भ्रमहरु छन । यस्तो हुनाका कारणहरूमा यौनका बारे हामीहरुमा गलत बुझाई भएको र सत्रौं सताब्दी पुरानो हाम्रो आयुर्वेदले यसलाई नराम्रो कामको रूपमा व्याख्या गरेको छ भने संसारका सबै धर्म सम्प्रदायमा यसलाई पापको रूपमा हेरिने गरिन्छ । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव हामीमा परेको कारणले गर्दा हस्तमैथुन गरेपछि चिन्तित भइन्छ । हस्तमैथुन गरेर कमजोर हुने होइन । किनकि शरीरबाट बाहिर निस्कनै पर्ने विभिन्न तत्वहरु शरीरभित्र निरन्तररूमा बनिरहेका हुन्छन । तिनीहरु मध्ये विर्य र शुक्रकिट पनि हो । यस्ता कुराहरू शरीर भित्र संचित गरेर शरीरले कुनै थप शक्ति आर्जन गर्ने होइन र बाहिर आएर पनि कुनै नोक्सान हुने पनि होइन । जसरी बच्चालाई स्तनपान गराउन दुध, मुखको लागि ¥याल, नाकको लागि सिगान, आदि बन्छ, त्यसैगरी यौन क्रियामा सक्रिय गराउन तपाईले हस्तमैथुन गरेर होस वा यौन सम्पर्क गरेर जति नै विर्य र शुक्रकिट निश्काशन गर्नुहुन्छ, शरीरले उत्तिनै उत्पादन गरी नै रहेको हुन्छ । मानिसलाई यौनक्रियामा सक्रिय वा निस्क्रिय गराउँने मुख्य कुरा मानसिक चिन्तनले नै हो । जो मानसिक चिन्ता कम गर्छ र धेरै अध्ययनशील वा सिर्जनात्मक बन्न चाहन्छ उसले नै सक्रिय यौन जीवन बिताउँन सक्छ । यौनसम्पर्क गर्नु वा हस्तमैथुन गर्नु कुरा एउटै हो तर आफ्नो जिम्मेवारी र सामाजिक सम्बन्धहरूलाई भने सधैं पहिलो प्राथामिकतामा राख्नुपर्छ र मन लागेको समयमा उपयुक्त ठाउँ हेरी हस्तमैथुन पनि गर्न सकिन्छ ।