सक्नुहुन्छ नियन्त्र गर्न ?
सक्नुहुन्छ तर यी १० उपयहरु अपनाउनुहोस,
नुपुरले अनुहारमा आएको डण्डिफोर निचोरेर पिप निकालेको देखेर उनकि आमाले सधैं नचिचोर्न भन्ने गर्नुहुन्छ, कराउँनुहुन्छ, गाली पनि गर्नुहुन्छ कहिलेकाहिँ त । उनकि आमाले आफ्नै उदाहरण दिएर भन्नुहुन्छ “ल हेर नुपुर मेरो अनुहारमा यति धेरै कालो दाग, मैले पनि तिमीले जस्तै गरी सधैं डण्डिफोर निचोरीरहेकोले त्यसको दाग बसेर यस्तो भएको हो ।”
उलकले एक साँझ उनका बाबा अनिललाइ भने “बाबा भोलीदेखि म स्कुल जान्न ।” छोराको एकाएक यस्तो कठोर निर्णय सुनेर उलकलाइ सोधे “किन छोरा तिमीले अचानक यस्तो कुरा गरेको ?” उलकले अलि उत्तेजित स्वरमा भने “मेरो मुखमा आएको यो डण्डिफोर देखेर मलाइ साथीहरुले जिस्क्याउँन थाले । आफ्नै अनुहार हेर्नै नहुने भएको छ म के गर्नु त ? कि त मेरो प्लाष्टिक सर्जरी गराएर छाला नै फेरिदिनुहोस कि हैन भने जहिले यो निको हुन्छ त्यहि बेलाबाट जान्छु ।” अनिलले छोरालाइ सम्झाउन अनेकौं प्रयास गरे तर उनको केहि उपायले काम गरेन । भोलीपल्ट संगै गएर डाक्टरसँग सल्लाह गर्ने सहमति भएपछि उलक भारी मन बनाएर स्कुल गए । अनिलले त्यस दिन आफ्ना साथीसंगी सबैसँग सल्लाह लिए । भोलिपल्ट बेलुका अनिलले उलकलाइ लिएर डाक्टरलाइ भेट्न गए । सर्जनकहाँ होइन बालमनोविदसँग भेटघाट गर्न । उनका लागि काउन्सिलिङ् (परामर्श) गर्न पुरै ७ दिन लाग्यो । त्यस पछि उलक उनको स्कुलमा साथीहरुका लागि आफैं सानोतिनो काउन्सिलर जस्तै बने ।
उजेन पनि डण्डिफोरले हैरान भएकि छिन । मिनभवन क्याम्पसमा बिबिए पढ्दैछिन । सगैपढ्ने साथीहरुको भन्दा उनको चाहिँ यति धेरै डण्डफोर किन आएका भन्ने खुल्दुली मेटिएको छैन । उनलाइ पनि साथीहरूले जिस्क्याउने हुनाले आफूलाई पनि हिनताबाध हुनथालेको साथीहरुलाइ बताउँने गरेकिछिन । पत्रपत्रिकाहरुमा डन्डिफोरका विषयमा कुनै सामग्री पाइन् भने पढ्न थालिहाल्छिन् । जानाकारी पाएसम्म यो समस्याबाट छुटकारा पाउन अनेकौं उपाए अपनाएकि हुन तर पनि समाधान पूर्णरुपले भएको छैन ।
यी माथिका तीनवटै प्रतिनिधिमूलक घटनाहरु हुन । किशोरावस्था शुरु भएपछि प्राय सबैलाइ डण्डिफोरले सताउँछ । प्राय सबैको समस्या उस्तै हुन्छ ।
यहाँ पनि डन्डिफोरबाट बच्ने १० वटा निम्न अनुसारका उपायहरु छन:
- अनुहारलाइ सधैं सफा राख्ने
डन्डिफोर आएको वा नआएको भएपनि अनुहारलाई सधैं सफा राख्ने । विहान बेलुका चिल्लोपन नभएको साबुन वा फेसियल वास प्रयोग गरी मनतातो पानीले दैनिक धुनुपर्छ । अनुहार धोइरहेपछि अनुहारमा रहेको धुलोसँगै छालाबाहिरका मृत तन्तुहरू पनि हट्ने गर्दछन् र अनुहारमा देखिएको चिल्लो पदार्थ पखालिन्छ । धोएपछि अनुहारलाई सफा कपडाले पुछ्ने गर्नुपर्छ । अनुहारमा अनावश्यक फेसियल तथा कडाखालको साबुन प्रयोग गर्नुहुँदैन।
- अनुहारलाइ ओसिलो राख्ने
अनुहारलाई सधैँ ओसिलो राख्नाले पनि डन्डिफोरबाट बच्न सकिन्छ । यदि तपाईंको अनुहार सधैँ सुख्खा रहन्छ भने अनुहारबाट सुख्खापन हटाउनुहोस् । यसका लागि ओसिलो बनाउने क्रिम तथा लोसन प्रयोग गर्न सकिन्छ । क्रिम तथा लोसन प्रयोग गर्नुभन्दा पहिले अनुहारलाई पानीले सफा गर्नुपर्छ । त्यस्ता लोसन तथा क्रिमले अनुहारलाई ओसिलो बनाइराख्न मद्दत गर्छ ।
- औषधिको प्रयोग गर्ने
बजारमा डन्डिफोरमा लगाउने अनेकौं औषधिहरू उपलब्ध छन् । त्यस्ता औषधिहरू (मलमको रूपमा) प्रयोग गरेर डन्डिफोर तथा अनुहारको छालामा आएका संक्रमण हटाउन सकिन्छ । तर यस्ता औषधि प्रयोग गर्दा तपाईंको छालाको संवेदनशीलताको ख्याल गर्नुपर्छ । साथै औषधिले तपाईंले लगाएको कपडा तथा रूमालको रङ्गलाई पनि असर पुर्याउनसक्छ । औषधि कति मात्रा र कहिलेसम्म लगाउने भन्ने कुरा तपाईंको डन्डिफोरमा भरपर्छ । कुनैपनि औषधिको प्रयोग गर्नु अगाडि चिकित्सकको सल्लाह लिन नभुल्नुहोला ।
- जथाभावी श्रृङ्गारका सामाग्री प्रयोग नगर्ने वा होसियारी अपनाउँने
अनुहारमा जस्तोपायो त्यस्तो श्रृङ्गारको साधन प्रयोग गर्नाले पनि डन्डिफोरले सताउने गर्छ । अनुहारमा लगाइने क्रिम तथा लोसन अथवा अन्य कुनै श्रृङ्गारका साधन किन्दा तेल, रङ्ग र रसायन नमिसिएको किन्नुपर्छ । त्यस्ता साधन छान्दा बाहिरपट्टि टाँसिएको लेबलमा के कस्ता बस्तुहरूको मिसावट छ राम्ररी पढेर मात्र किन्नुपर्छ । पानीसँग घुलनशील हुने गरी बनाइएका क्रिम प्रयोग गर्नुपर्छ ।
- कपालको श्रृङ्गारमा ध्यान दिने
हामीले कपालमा लगाउने तेल, सुगन्धित बस्तु, जेल तथा कन्डिसनरहरू अनुहारमा पर्ने र अनुहारको छालामा भएका ससाना प्वालहरू बन्द हुने गर्दछन् । यसले गर्दा अनुहार चिलाउने तथा डन्डिफोर आउन सक्छ । विशेष गरी डन्डिफोर आएको बेला कपाल नुहाइरहनुपर्छ । सामान्य र गुणस्तरीय सेम्पु वा साबुनले कपाल सफा गरिरहनुपर्छ । कपाल लामो छ, अनुहारमा आइरहन्छ भने पनि डन्डिफोर बढाउँछ । यसलाई पनि ख्याल गर्नुपर्छ । सेम्पु तथा साबुनले कपाल नुहाउँदा पनि बिचार पुर्याउनुपर्छ ।
- हातले अनुहार नचलाउने
अनुहारमा बारम्बार हात लानु हुँदैन । अनुहारबाट विभिन्न ब्याक्टेरिया अनुहारमा जाने गर्दछन् र संक्रमण हुने खतरा हुन्छ । डन्डिफोरलाई हातले खेलाइरहने तथा निचोर्ने र चिमोट्ने गर्नुहुँदैन । यसो गर्नाले अनुहारको छाला च्यातिनसक्छ र अनुहार बिग्रन्छ । सक्रमण बढ्दै जानाले निकोहुन लामोसमय लाग्छ वा घाउ ठूलो हुन्छ । जसलेगर्दा कालो दाग बस्छ ।
- घामको किरणबाट बच्ने
सूर्यमा हुने वैजनी किरणले अनुहारलाई हानि पुर्याउँछ । अनुहारमा डन्डिफोर नभएपनि बाहिर हिँडडुल गर्दा विशेष ध्यान दिनुपर्छ । घाममा निस्कनुभन्दा २० मिनेट अगाडि घाम छेक्ने क्रिम ‘सनस्क्रिन’ अनुहारमा लगाउनुपर्छ ।
- फलफूल तथा सागसब्जी खाने बानी बसाल्ने
खानपानमा ध्यान दिने हो भने अनुहारमा आउने डन्डिफोरबाट बच्न सकिन्छ । फलफूल र सागसब्जी प्रयाप्त मात्रामा खानाले डन्डिफोर आउँदैन र अनुहारका छाला पनि राम्रो देखिन्छ । विशेष गरी भिटामिन ए भएका खानेकुराले डन्डिफोर नियन्त्रण गर्न सहयोग पुर्याउने कुरा अध्ययन अनुसन्धानबाट पत्ता लागेको छ ।
- नियमित अभ्यास गर्ने
नियमित रूपमा अभ्यास गर्ने हो भने धेरै फाइदा पाउन सकिन्छ । अभ्यासले शरीरको रक्तसञ्चार, सासफेर्ने प्रणाली तथा छालाका तन्तुलाई पनि मजबुत बनाउँछ । नियमित अभ्यास गर्ने र अभ्यास गरेपछि नुहाउने बानी गरेमा अनुहारमा आउने डन्डिफोरबाट पनि बच्न सकिन्छ ।
- तनाव मुक्त रहने
तनाव लिएका कारणले पनि अनुहारमा डन्डिफोर आउने विशेषज्ञहरूको विश्वास छ । त्यसकारण तनावबाट मुक्त रहनका लागि रीस, आबेग र सन्काहापनलाई नियन्त्रण गरी दिमागलाई ठण्डा राख्नुपर्छ । सधैँ समझदार बन्ने र हँसिलो बन्ने र खुशि रहने गर्नाले पनि डन्डिफोबाट मुक्त हुन सकिन्छ । यसको लागि पर्याप्त निदाउँने र धेरै पनि नसुत्ने बानी बसाउनुपर्दछ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
डण्डीफोर तपाइको बैंसको उपहार हो । यसलाइ स्वीकार्नुहोस । जसले गर्दा तपाइलाइ पिरोलो पार्दैन । अनावश्यक तनाव हुँदैन ।