• २०७८ कार्तिक ८, सोमवार
  • |
  • Monday 25th October 2021
  • बाआमाको यौन क्रियाले छोराछोरीलाइ यौनहैरानी

    १ भाद्र २०७४, बिहीबार १५:५६

    विद्यालयहरुमा जीवनोपयोगी सीपमा आधारित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखकरणको क्रममा एक किशोरी छात्राले राखेको प्रश्नमा हाम्रो तर्फबाट दिइएको उत्तरलाइ सङ्क्षिप्तमा राखिएको छ ।

    प्रश्न: घरमा बाआमा बीच कलह हुन्छ र बाआमाको मुख हेर्न मन लाग्दैन । यस्तो अवस्थामा म के गरुँ ? घर र कोठा सानो भएकाले आमाबुबाको यौन क्रियाकलाप सबै देखे पनि नदेखे जस्तो गर्नुपर्छ । जसका कारण मनमा आमाबुबा प्रति नराम्रो छाप बसेको छ । यी कारणले गर्दा मलाई भित्रभित्रै दिक्क लाग्ने भइरहको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?

    उत्तर — किशोराअवस्थामा शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्रगतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपार्इँ आजभन्दा २–४ वर्ष अघिकस्तो हुनुहुन्थ्यो ? शरीर सानो थियो होला । महिनावारी भर्खर सुरुभएको थियो होला । स्तन दुख्ने र विस्तारै बढ्दै जाने भयोहोला । यी परिवर्तहरूसँगै तपार्इँमा यौन आकर्षण वा यौनप्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभावको विकास भएको हुनुपर्छ । त्यसैले, तपाईले आमाबुबाले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो । त्यो स्वभाविक पनि हो । आमाबुबाले यौन सम्पर्क गरेको थाहा पाउँदा तपार्इँलाई उहाँहरूप्रति घृणाभाव विकास हुनु पनि तपार्इँमा हुर्कदै गरेको यौन भावना र चाहनाको उपज हो । त्यो भनेको पनि एक किसिमको स्वस्फुर्त  रुपमा जाग्रित हुने यौन कुण्ठा हो । यसमा तपाईले दिक्क वा अप्ठ्यारो मान्नु भन्दा पनि सहज र सामान्य रूपमा लिनु पर्छ ।

    यसरी पनि आफुलाइ संयमित हुनसकिन्छ । बिर्सनु नहुने यो हो कि तपाई हामी यदि हाम्रा बाआमाले यौनसम्पर्क नगरेको भए जन्मिने नै थिएनौ । त्यसैले, स्वीकार्नु पर्ने कुरा हो कि जसका पनि बाआमाले यौनसम्पर्क गर्छन् । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईँले गर्न सक्नेसम्मको मद्दत गर्नुपछ । बरु उनहरुलाइ नकारात्मक असर नपर्ने वातावरण मिलाएर यसका बारेमा तपाइले भन्ने हिक्मत गर्नुपर्दछ ।

    अर्को कुरा तपाईँको आमाबुबा सानो सानो कुरामा किन रिसाउनु भएकोहोला भनेर कारक तत्वहरुको खोजी गर्नुहोस र त्यसका बारेमा विश्लेषण गर्नुहोस् । यसका सम्भाव्य दुईवटा कुरा हुन सक्छन् ।

    पहिलो, एउटा कि त उहाँहरूको आयआर्जन वा खर्चसँग सम्वन्धित समस्या छ वा यौन सम्बन्धमा समस्या हुनसक्छ। त्यसैले उहाँहरूमा चिन्ता छ । यस्ता मुध्दा धेरै जसो परिवारमा हुन्छ ।

    दोस्रो, तपाईँका कारण पनि तपाइसँग पनि मतभेद सिर्जना भएको हुनसक्छ । तपाइमा पनि किशोरावस्थामा आउने परिवरर्तनहरु मध्ये एउटा हो अभिभावबाट क्रमशM स्वतन्त्र हुने चाहना । कम्तिमा पनि आफ्नोबारेमा गर्ने निर्णय आफैंले गर्न चाहनु हो र आफ्नै नेतृत्वमा कामगर्न चाहनु । यो सोच परिपक्कहुँदै जानुपर्छ तर आफु कहलेकाहिं परिपक्क नभई स्वतन्त्र हुनखोजियो भने अभिभावकसँग अन्तरविरोध शुरु हुनथाल्दछ । मनमा तपाई स्वतन्त्र हुनखोजेको कुराले दिक्क लागेको वा विश्वास नलागेको हुनसक्दछ। उनीहरूले तपाईँलाई जहिले पनि केटाकेटी नै देख्नुहुन्छ ।

    यी बाहेक अरु पनि कारणहरु हुनसक्छन् र सबैको समाधान हुन्छ तर त्यसको लागि सही कारण र तथ्यहरुमा स्पष्ट हुनु आवश्यक छ । उहाँहरू रिसाउँदा आफु चुपलाग्ने र शान्त भएको बेलामा मैत्रीपूर्ण व्यबहारमा कुराहरु गर्नुपर्दछ, वुझाउनुपर्छ । दिक्क मात्रै मानेर समस्याको समाधान हुने कुरै होइन ।

    समयको परिवर्तनसँगै तपार्इँले आपूmलाई पनि परिवर्तन गर्दै जानुपर्छ  बाआमा कहिले पनि हाम्रो शत्रु बन्न सक्नुहुन्न । उहाँहरूको साथ सहयोग सधै हुन्छ र हामीले पनि उहाँहरूलाई साथ सहयोग दिनुपर्छ । यही  भावना र विचारका साथ सकारात्मक सोच राखेर अघि बढ्नु भयो भने तपार्इँको सफलता सम्भव छ ।

    तपाइको मत
  • भिडियो सामाग्री