के यौनसम्पर्क नगर्दा पनि सङ्क्रमण हुन्छ ?
यौन अङ्गको सरसफाइ नगर्दा यौनाङ्गको वरिपरी भएका जीवाणुहरुले गर्दा यौनसम्पर्क नहुँदा पनि संकरेमण हुनसक्दछ । महिलाहरूमा रक्त अल्पता भएको छ भने, रजस्वलाहुँदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा (पेण्टी वा पेटिकोट) पनि राम्रोसँग धोएर प्रत्यक्ष घाममा सुकाएको छैन भने, ती कपडा कै कारणले विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, पुरुषहरूले आफ्नो लिङ्गको टुप्पो सफा गरेको छैन भने, हस्तमैथुन गर्ने हात फोहर भए, अदि कारणले यौनसम्पर्क नगुदा पनि यौन संक्रमण हुनसक्छ ।
प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगहरुसँग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्यधिक वृद्धिभई हुने विभिन्न किसिमका सङ्क्रमणलाई प्रजनन अङ्गको सङ्क्रमण भनिएको हो । प्राय मानिसहरुलाइ यी सङ्क्रमणहरू यौन संक्रमित व्यक्तिहरुसँग भएको असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो ।
भिरिङ्गी, सुजाक, गोनोरिया आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा सजिलैसँग एचआईभी पनि सर्नसक्छ ।
के यौनसंक्रमण यौनसम्पर्कबाट मात्रै सर्दछ ?
यौन अड्गहरूको सम्पर्कबाट मात्र सर्ने होइन । गुदा मैथुन, मुख मैथुन, आदिबाट पनि सर्न सक्दछ । कुनैकुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन् । यदि सफा हात छ भने हस्तमैथुनबाट मात्रै यौन रोग सर्दैन ।
कसरी थाहा पाउने सङ्क्रमणका लक्षणहरू ?
• यौन अङ्ग वरिपरि चिलाउनु,
• महिलाहरूको तल्लो पेट दुख्नु,
• यौन अङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु,
• लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु (जस्तै ः पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि)
• पिसाब गर्दा दुख्नु र पोल्नु,
• अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु,
• घाउहरू आउनु वा सुन्निनु,
• यौन सम्पर्क राख्दा दुख्नु,
• महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ ।
कसरी गर्ने उपचार ?
यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसँग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ । उपचार गर्दा पतिपत्नी दुबै वा अरुसँग यौनसम्पर्क भएको हो भने आप्नो यौन जोडीलाइ पनि उपचार गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहँदा यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ ।
उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र औषधि स्वास्थ्यकर्मीले तोके अनुसार पूरा समयसम्म गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू जटिलताहरू निम्त्याउँछ ।
के यसबाट बच्ने तरीकाहरू पनि छन् ?
यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाह हुदैन । त्यस्तै योनीमा साना वा ठुला घाउ हुनसक्दछन । पछि त्यहि संक्रमण हुनथाल्दछ ।
हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन अझै पनि भएकोले महिलाहरू अझै धेरै यौनसंक्रमणको जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ ।
र, यौन सम्पर्क गर्दा जहिले पनि कण्डमको सही तरिकाले प्रयोग गर्नुपर्दछ ।
यौन सम्पर्क विश्वासिलो साथीसँग मात्र राख्नु बुद्धिमानी हुन्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसँग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका हुन्छन् ।
सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लिँदा सधै जाँच गरिएको रगत मात्र लिनुपर्दछ ।
महिलाले पनि आफ्नो यौनजोडी पुरुषलाई कन्डमको प्रयोग गर्न प्रोत्साहन गर्न अनुरोध गर्नेप्रदछ र आवश्यक परे कण्डमको बन्दोबस्त गरिदनि पनि पर्ने हुनसक्छ ।