• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • कस्तो स्तन ?

    ९ भाद्र २०७४, शुक्रबार १४:२८

    महिलाको त आफ्नै स्तन हुँनाले यसको चासो र चिन्ता हुनु स्वभाविक हो तर पुरुषले पनि यसमा चासो दिएका हुन्छन । महिला वा पुरुषहरुमा फरक मान्छेलाइ फरक आकारको स्तन मन परेको हुन्छ । सानो, ठुलो, बाटुलो, लाम्चो । कस्तो ?

    फरक मान्छेको फरक आकारको स्तन हुन्छ ।  शारीरिक बनोटको रूपले एक मानिसको शरीर अर्को मानिस सँग कहिले पनि मिल्दैन । त्यसैगरी स्तन पनि नमिल्नु स्वभाविकै हो । किशोरीहरु प्रायजसो आफ्नो बढ्दै गरेको स्तन प्रति निकै चिन्तित भइरहेका हुन्छन । कतिलाइ स्तन छिटो बढेकोमा चिन्ता भएको हुन्छ भने ढिलोगरी स्तन बढ्दै गरेका किशोरीहरु ठुलो भएपछि आफ्नो स्तन निकै सानो हुने होकि भन्ने चिन्तामा हुन्छन । किशोरावस्था पार गर्दैगरेका किशोरीहरु प्राय आफ्नो स्तनका आकारका बारेमा चिन्ता गरेका हुन्छन । कसैलाइ लाम्चो भएकोमा त कसैलाइ बाटुलो र फराकिलो भएकोमा । त्यसैगरी कसैलाइ स्तन छतीको माथि तिर भएकोमा र कसैलाइ तलतिर भएकोमा । कतिपयको स्तनको मुण्टो ठुलो हुँदा वा कतिपयको मुण्टै नभएको जस्तो देखिदा पनि चिन्ता गरेका हुन्छन । स्तनका यी विविधतामा हरेकले हरेकको स्तनको बनोटको ख्याल गरेका हुन्छन । अनि अधिकांश किशोरीहरुले आफ्नो स्तनलाइ ऐनामा हेरेका र राम्रोसँग नियालेका हुन्छन । किनकि कतिपय महिलाहरुले छातीको नापलाइ आफ्नो ब्यक्तित्वसँग जोडेका हुन्छन ।

    स्तनको बृध्दि हर्मनहरुको कारणले हुनेहुँदा आफुले चाहे जस्तो आकारको हुनसक्दैन । अस्वभाविक जस्तो लाग्नेगरी निकै ठुलो भएमा साधारण सल्यकृया द्वारा सामान्य बनाउँन सकिन्छ । सानो स्तनलाइ पनि ठुलो बनाउँन सकिन्छ तर यसले पछि स्वास्थ्यमा असर पर्नसक्ने चिकित्कहरुको भनाइ छ । यसको लागि सम्बन्धित चिकित्सकहरुसँग सल्लाह लिनुपर्दछ । ‌ लिङ्ग परिवर्तन गरी महिला हुन चाहने पुरुषहरुले पनि चिकित्सकको सहयोगमा हर्मोन परिपर्तन गरी स्तनको पनि विकास गरेका हुन्छन ।

    स्तनको विकास किशोरावस्थाको सुरुवातसँगै हुनथाल्दछ । उमेरको विकाससँगै यसको पनि विकास हुँदै चिश्चित अवधिमा बृध्दि रोकिन्छ । वयस्क उमेरमा पुग्दा स्तन भित्रको मांशपेसीहरु र बोसोको मात्रा घट्नाले खुकुलो हुन्छ, कतिपयको झोल्लीन्छ । ठूला हुनेको मात्र होइन साना स्तन हुनेको पनि झोलिएको हुन्छ । यस्तो अवस्थामा स्तनका बारेमा चिन्ता गर्ने महिलाहरु अझै धेरै हुन्छन ।  यसको लागि पनि चिकित्सको सल्लाह अनुसार उपचार हुनसक्दछ । विदेशमा त स्तनलाइ पोटिलो बनाउँने प्रविधि पाइन्छ । ती प्रविधिहरुको प्रयोग गरी विज्ञापनमा मोड्लिङ् गर्ने कतिपय पश्चिमी शसुन्दरीहरुले आफ्ना स्तन निकै ठुला बनाएका  हुन्छन । तर, कुनै अनाधिकृत विज्ञापन र साथीहरुको लहलहैको पछि लाग्दा प्रजनन स्वास्थ्य तथा स्तनसम्बन्धी समस्याहरू आउन सक्छ । बरु प्राकृतिक रुपमा रहेको शारीरिक बनावटमा नै सुन्दरता हुन्छ भन्ने कुरामा विश्वास गर्नु उचित हुन्छ । स्तन क्यान्सर लगायतका स्तन सम्बन्धी समस्याहरुबाट बच्न यसको उचित स्याहार गरिरहनु पर्दछ ।

    महिलाको स्तन प्रकृतिको बरदान हो । सानो होस वा ठूलो र त्यसबाहेक अरु जुनसुकै आकारको नै किन नहोस सबै स्तनहरु सुन्दर हुन । आफ्नो अवस्थालाइ स्वीकार गर्नु जीवनोपयोगी सीपको सकारात्मक पक्ष हो । यसले नै मानवीय सुन्दरता प्रदान गरेको हुन्छ । प्रकृतिले नै स्तनको बृध्दि गरिएको हो र स्तनको मुख्य काम आफ्नो बच्चालाइ स्तनपान गराउँनु हो ।

    स्तन महिलाको प्रमुख यौनाङ्गहरु मध्ये एउटा मुख्य अङ्ग हो । त्यसैले यसलाइ अरुले चलाइ दिँदा आनन्द आउँछ । यसमा पनि चलाइदिने पुरुषहरुको पनि स्तन सम्बन्धस फरक छनौट हुन्छ । कसैलाइ ठुलो, कसैलाइ सानो र कसैलाइ त्यो भन्दा फरक किसिमको मन परेको हुन्छ । यी पनि महिलाहरुको स्तन सम्बन्धी पुरुषहरुको यौनआकर्षणको सवाल हो । त्यसैले स्तनको सुन्दरता मानिसको हेराइ र बुझाइमा भर पर्ने कुरा हो ।  प्रकृतिले दिएको बनोट र सकारात्मक धारणा तथा सीपलाई निखार्दै लानुमा नै बुद्धिमानी हुन्छ ।

     म २० वर्षकि भएँ । अझैपनि दुबै स्तनको आकार समान छैनयसले के समस्या होला ?

    प्राय महिलाहरूको दुई स्तनको आकार धेरथोर फरक हुन्छ र यो हुनु एकदमै सामान्य हो । यस्तो हुनुमा किशोरावस्था देखि नै किशोरीहरूमा कुनै एक स्तन अर्कोभन्दा अलि छिटो विकास भएको हन्छ  तर धेरै फरक चाहिँ हुदैन । अनि एउटा तल र अर्को माथि जस्ता किसिमका फरक चाहिँ हुँदैन ।

    प्रायः २० वर्षको उमेर सम्ममा दुईवटा स्तनको आकार करिव एकनासले भइसक्दछ । तर यस्तो भएन भने पनि आत्तिनु पर्ने केहि छैन किनकि यो अत्यन्तै सामान्य र प्राकृतिक कुरा हो । अर्को कुरा, स्तनको आकारको विषयमा चिन्ता लाग्नु स्वभाविकै होला तर त्यस विषयमा धेरै चिन्ता लिनु चाहिँ नराम्रो कुरा हो जसबाट केहि फाइदा छैन ।

     

    तपाइको मत
  • भिडियो सामाग्री