• २०७८ कार्तिक ४, बिहिबार
  • |
  • Thursday 21st October 2021
  • के केटाहरु सधैं यौनसम्पर्कका बारेमा मात्र सोच्ने गर्दछन् त ?

    १२ भाद्र २०७४, सोमबार २३:४६

    केटाहरू जहिले पनि यौनसम्पर्कका बारेमा मात्र सोचिरहन्छन् भन्ने अड्कल कसैलाइ लाग्न सक्छ तर त्यस्तो होइन । यौनिक मानिसहरु केटा होस वा केटी सबैमा यौन चाहना हुनु स्वस्थ मानिसको सामान्य अवस्था हो। केटा वा केटी दुबैले सोचेका हुन्छन तर कसले कति पटक वा कति समय सोचेका हुन्छन भन्ने तथ्य तथ्याङ्क भने छैन ।

    हाम्रो समाजले  केटाहरुको तुलनामा केटीहरूलाइ सानै देखि लाज मान्न सिकाएको वा बानी पारेको हुनाले र पाप र धर्म वा इज्जत प्रतिष्ठालाइ यौनसँग जोडेको हुँदा उनीहरु यसका बारेमा कम सोच्छन भन्ने मान्यता राखिन्छ तर यसमा पनि सत्यता छ भन्न सकिन्न । प्राकृतिक रुपमै कैटीहरुको तुलनामा केटाहरुले बढी पटक वा धेरै सोच्दछन भन्ने कुरामा विदेसमा केहि अध्ययन अनुसन्धानहरु भएका पाइन्छ तर ती अध्ययनहरु हाम्रो समाजको सन्दर्भमा भने मिल्छन भन्न सकिदैन । किनकि यौनिकताको आयामहरु भूगोल, समाजको आर्थिक-सामाजिक बनौट, धार्मिक-साँस्कृतिक मान्यता र राजनीतिले पनि प्रभाव पारेको हुन्छ ।

    समग्रमा, यौनसम्पर्कका सम्बन्धमा हाम्रो सामाजिक मान्यताले गर्दा प्रतिष्ठामा दाग लाग्ने, अनिच्छित गर्भधारण हुने आदि डर र संका हुनेहुनाले महिलाहरुले पुरुषको तुलनामा यौनसम्पर्कको बारेमा कम सोच्छन भन्ने अनुमान गर्नसकिन्छ तरपनि यो तर्क अनुसधानमा आधारित छैन ।

    मनो विश्लेषकहरुको मत अनुसार यौनोत्जित हुन केटालाइ भन्दा केटीलाइ बढि समय लाग्छ तर केटीहरूमा यौन चहाना नै नहुने वा कम सोच्ने भन्ने होइन । त्यसैले नियमित यौन चाहना हुनु र सम्पर्क राख्नु एक जना व्यक्तिको व्यक्तित्वमा भर पर्ने कुरा हो, चाहे त्यो केटा होस् या केटी।

    पश्चिमेली मुलुकहरुमा पनि केटाहरुले भन्दा केटाहरुले यौनसम्पर्कको बारेमा धेरै सोचेका हुन्छन भन्ने मान्यता स्थापित भएको पाइन्छ । बिबिसीले १८ जुन २०१४ मा टोमस्टाफोर्डको प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार  केटाहरुले प्रति ७ सेकेण्डमा एकपटक यौनसम्पर्कका बारेमा सोचेका हुन्छन भन्ने मान्यता व्यापक भएको बताएको छ । फेरिपनि टोम आफैं भन्छन यो कुरा कोहि पत्याउँन सहमत छनन् किनकि यसरी सोच्ने हो भनेत काम गर्ने ८ घण्टामा ७ हजार २ सय पटक सम्झन पुगिन्छ । अनि काममा लगाव कसरी हुन्छ ?

    अमेरिका स्थित ओहियो विश्वविद्यालयका फेरिफिसरको नेतृत्वमा गरिएको एक अध्ययन अनुसार पनि केटीहरुको तुलनामा केटाहरुले नै धेरै पटक यौनसम्पर्कका बारेसमा सोच्ने कुरा बताएका छन । उनीहरुको तथ्याङ्क अनुसार एक दिनमा केटाहरुले १९ पटक सोच्दा  केटीहरुले १० दश पटक सोच्दारहेछन । त्यसो त सो अध्ययन अनुसार केटाहरु यौनसम्पर्कका बारेमा मात्र होइन मिठो खाना र मस्त सुताइका बारेमा पनि केटीहरुले भन्दा धेरै पटक सोच्दा रहेछन ।

    त्यस्तै जर्मनीका अनुसन्धानकर्ता विल्म्हेलेम्को नेतृत्वमा स्मार्टफोन मार्फत एक हप्ताको अवधि लगाएर जर्मनीको स्वयंसेवक युवा दस्तामा गरेको एक अध्ययन अनुसार मानिसले प्रत्येक ७ मिनेटमा होइन बरु प्रति दिन ७ पटकसम्म यौनसम्पर्कका बारेमा सोचेको पाइयो । तर केटा र केटी मध्ये कसले बढि यौनसम्पर्कका बारेमा सोच्छन भन्ने उल्लेख छैन । प्रश्न सोधिएका मध्ये ४ प्रतिशतले मात्र आधा घण्टामा यौनसम्पर्को बारेमा सोचेको बताएको उक्त अध्ययनले बताएको सो बिबिसीको रिपोर्टमा उल्लेख छ ।  यो विल्हेम्सको अध्ययन नतिजा फेरिफिसरको भन्दा निकै भिन्न किसिमको देखियो ।

    यसबाट पनि थाहा हुन्छ कि यौनिकताको आयाम फरक परिवेशमा फरक हुन्छ । यौन सम्पर्कको बारेमा सोचाइ आउँनु नराम्रो होइन । सोच्दैमा नभैनहुने ठान्नु र सोचाइ हुदैमा कसैलाइ यौनहैरानी गर्नु वा कुनै पनि तरिका अपनाएर यौन सम्पर्क गनृबाध्य पार्नु वा गर्ने मनसायले अभद्र व्यवहार गर्नु गम्भीर किसिमको अपराध हो ।

    तपाइको मत
  • भिडियो सामाग्री