[REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. कण्डमको प्रयोग: के गर्ने ? के नगर्ने ? | Yaunik Media
  • २०८१ अशोज २४, बिहिबार
  • |
  • Thursday 10th October 2024
  • कण्डमको प्रयोग: के गर्ने ? के नगर्ने ?

    १६ भाद्र २०७४, शुक्रबार १३:२४

    के के गर्ने ?

    • यौन सम्पर्क गर्दा प्रत्येक पटकमा नयाँ कण्डम प्रयोग गर्ने । दोहोर्याएर प्रयोग गर्दा जोखिम बढ्नसक्दछ ।
    • कण्महरु प्रयोग गर्नुपर्ने बेलामा सजिलै भेटिने ठाउँमा राख्न किनकि तुरुन्तै अर्को पनि चाहिन सक्छ ।
    • नयाँ प्रयोग कर्ताले कण्डम प्रयोगको बारे अभ्यास गर्ने, जसले गर्दा सजिलैसँग प्रयोग गर्न सकिन्छ ।
    • कण्डम प्रयोग गर्दा कण्डमको टुप्पोमा हावा नबस्ने गरी औलाले च्यापेर विस्तारै लिङ्गको फेदतिर फुकाउदै लगाउनु पर्छ ।
    • कण्डम प्रयोग गर्नु पूर्व प्रयोग गर्ने मिति बाँकी छ या सकियो, राम्रोसँग हेर्नुपर्दछ ।
    • योनसम्पर्क गर्नु ठीक अगाडि मात्र लिङ्गमा कण्डम लगाउने ।
    • यौनसम्पर्क गर्दा स्खलन हुनासाथ लिङ्ग शिथिल नहुँदै लिङ्गको फेदमा समातेर कण्डमबाट वीर्य नपोखिने गरी निकाल्नु पर्छ ।
    • कण्डम फ्याक्नु अगाडि लिङ्गबाट निकालेको कण्डमलाई रिङ्गमा समातेर झुण्ड्याउनु पर्छ र वीर्य नपोखिने गरी कण्डमको बीचमा गाँठो पार्नुपर्छ । गाँठो पार्दा विर्य भएको तिर हावा भरिएको हुनुहुदैन ।
    • कुनै कागजमा पोको पारेर फोहर राख्ने भाँडोमा वा सरसफाइमा असर नपुग्ने गरी फाल्ने व्यवस्था मिलाउनु पर्दछ ।
    • कण्डम लगाएर यौन सम्पर्क गर्दा यौन जोडीले असन्तुष्टी व्यक्त गर्नुको पछाडि कण्डम सही तरिकाले नलगाएर पनि हुनसक्दछ । त्यसैले अर्को पटकमा तरिकाहरूमा सुधार ल्याउन सकिन्छ । त्यसको लागि लिङ्गको टुप्पो अगाडि केहिभाग खाली हुनुपर्ने र हावा हुनुहुदैन ।
    • कण्डम सामान्य चिसो, सुख्खा र सिधा घामको किरण नपर्ने ठाउँमा राख्नुपर्दछ ।

    के के नगर्ने ?

    • प्रयोग गर्न सकिने मिति सकिएको कण्डम प्रयोग नगर्ने
    • कण्डममा महिले नै चिल्लो पदार्थ हुनाले थप चिल्लो पदार्थ नलगाउने, अरु कुनैपनि चिल्लो पदार्थको प्रयोग गर्नु हुँदैन । किनकि त्यसले कण्डमलाइ विगार्न सक्दछ ।
    • एउटा कण्डम एकपटक भन्दा बढी प्रयोग गर्नुहुँदैन ।
    • लिङ्ग पूर्णरूपले उत्तेजित नभएसम्म कण्डमको प्रयोग गर्नु हुँदैन ।
    • कण्डमलाई ट्वाइलेटमा हालेर ल्फस गर्नुहुँदैन, यसले ट्वाइलेट नै बन्द गरिदिन सक्छ ।
    • प्याकेट खोल्दा ध्यान दिइएन भने औलाको नङ् वा औठीले गर्दा कण्डममा प्वाल पर्न सक्छ र नङको कारण कण्डम दुषित हुनसक्दछ ।
    • प्याकेटको खोल खोलिएको वा च्यातीको रहेछ भने पनि त्यस्तो कण्डम प्रयोग गर्नुहुँदैन ।
    • लामोसमय पर्समा राखिएको कण्डम पनि प्रयोग गर्नु हुदैन । किनकि बस्दा प्याकेट रगडिएर गुणस्तर कम्जोर हुनगइ कण्म फुट्न सक्दछ ।

    महिला कन्डमकोबारेमा

    के गर्ने

    • सबैभन्दा पहिले कन्डमको प्याकेटमा मिति सकिएको छ वा छैन भन्ने हेर्नु पर्छ ।
    • कन्डमको भित्री चक्रलाई एक हातले निचोरेर अर्को हातले योनी फटाएर कन्डम पाठेघरको मुख सम्म पुर्याउने
    • कन्डमको बाहिरी चक्र योनीको बाहिर यौनसम्पर्क पछि झिक्न मिल्ने गरी राख्नु पर्छ ।
    • यौन सम्पर्क भए पछि कन्डममा वीर्यहरू रहेका हुन्छन् । वीर्य नझर्ने गरी निकालेर बाहिरी चक्रको मुख बाँधेर कागजमा बेरी कन्डमको प्याकेटमा राखेर फोहोर फाल्ने भाडामा राख्नु पर्छ ।

    के नगर्ने ?

    कन्डमको प्याकेट खोल्न तिखो हतियारको प्रयोग नगरी ध्यान दिएर खोल्नु पर्छ ।

    • कन्डममा जुनपायो त्यहि चिल्लो पदार्थ लगाउनु हुदैन । लगाउँनै पर्नेभएमा कन्डममा लगाउन मिल्ने खालको चिल्लो पदार्थ मात्र प्रयोग गर्ने । त्यसको लागि स्वास्थ्यकर्मीसँग रल्लाह गर्ने ।
    तपाइको मत
  • भिडियो सामाग्री