यौन जीवन सुखमय होस भन्ने जसको पनि चाहना हुन्छ । भनिन्छ, संसारमा सबैभन्दा आनन्द नै सुखमय यौन जीवन शैलीमा हुन्छ । संसारीक जीवन त्यागेर योगी बनेका सन्त व्यक्ति भनिएकाहरु पनि यौन आशक्ति नियन्त्रण गर्न नसकेर विभिन्न बेलामा यौन दुराचारका विवादमा आएका छन् भने अरू साधारण मानिसमा सधैँ यौन आशय भइरहनु सामान्य कुरा हो । कुराको प्रशंग मा सिंहदरवार वैद्यखानाका कार्यकारी निर्देशक डा. राजेन्द्र गिरीको पनि भनाइ अनुसार “मानिसले यौन चाहना छैन यदि कसैले भन्छ भने कि त उ ढोगी हो कि त उ रोगी हो ।” यौन चाहना हुँदाहुँदै पनि विभिन्न परिस्थितिका कारण यौन विस्तारै घटेर गएको पाइन्छ । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै यौनइच्छाशक्ति पनि घटेर जाने समस्या देखा पर्दै छ । स्वस्थ जीवनशैलीलाई कायम राख्न नसक्दा यौन जीवनलाई पनि नकारात्मक प्रभाव पर्न गएको हुन्छ । ती मध्ये यहाँ केही महत्वपूर्ण पक्षहरूलाई प्रस्तुत गरिएको छ :
के तपार्इंलाइ यौनसम्पर्क गर्न इच्छा लाग्न छोडेकै हो ?
खोज्नुहोस्, पत्ता लगाउनुहोस् र त्यसलाई हटाउनुहोस् । धेरै प्रकारका शारीरिक र मानसिक कारणहरूले यस्तो भएको हुनसक्छ ।
के नियमित रुपमा तनावमा भइरहेको छ ?
तनावको समयमा पनि धेरै कामहरू गर्न सक्ने मानिसहरु धेरै त हुन्छन जसले धेरै उन्नति प्रगतिहरु गरिरहेका हुन्छन तैपनि उनीहरुमा तर यौनइच्छा शक्ति भनेको हरेक दिन सक्रिय रुपमा गरिने काम जस्तो होइन । काम बाहेक मानिसलाइ परिवार, व्यवसाय वा बेरोजगारी, काम वा अनेकौ किसिमको मानसिक दवाव, पारिवारिक झगडा, द्वन्द्व, परिवारमा बिरामी, समय वा सोंतको अभाव इत्यादपदि कारणले मानिसलाई तनावग्रस्त बनाउँको हुनसक्छ । यस्तो बेलामा यौन इच्छाशक्ति विस्तारै हराएर जान्छ । त्यसैले, आफूलाई तनावमुक्त राख्न तनाव व्यवस्थापन सम्बन्धी सीप सिक्नुपर्छ र तनाव भएको वेला मनोविमर्शकर्ताहरूलाई भेट्ने र सल्लाह लिने पनि गर्नुपर्छ ।
परिवारमा सम्बन्ध राम्रो छ ?
परिवार वा आफन्तसँगको सम्बन्ध र मेलमिलाप महत्वपूर्ण कुराहरू हुन् । त्येसमा पनि श्रीमान श्रीमति बीतको असल सम्वन्ध हुदाँमात्र यौन इच्छाशक्ति कायम रहन्छ । चिसो सम्वन्धले विश्वासको संकट हुन्छ । झगडा निम्त्याउँछ । आत्मीयता घट्छ । परिणाम, यौन चाहना पनि घट्छ । सम्बन्ध चिसो हुन दिनुहुँदैन । त्यसको लागि खुलेर कुरा गर्नुपर्दछ र समझ्दारीको उपायहरु अवलम्बन गर्नुपर्दछ ।
अत्याधिक मदिराको सेवन गरिरहनु भएको छ ?
मदिरा पिउँदा शुरूमा मज्जा त आउला, आँटिलो पनि बनाउला तर मदिराले विस्तारै यौन इच्छाशक्ति घटाउदैं लान्छ । लिङ्ग उत्तेजित हुन पनि छोड्छ । श्रीमती प्रति शंका उब्जन थाल्छ र सानातिना कुरामा घरकलह शुरु हुँदै घरेलु हिंसाको रुप लिन थाल्दछ । त्यसबेलाको यौनजीवन अन्धकारपूर्ण हुन्छ । सम्झँदा पीडा लाग्ने हुन्छ । त्यसैले मदिराको सेवन गर्नेहरूले नियन्त्रण गर्नुपर्छ र सेवन नथालेकाहरूले सकेसम्म सेवन शुरू नगर्नु नै कल्याण हुन्छ ।
निद्रा पुग्छ ?
निद्रा राम्रोसँग पुगेको छैन भने यौनइच्छा शक्ति कम हुन्छ । त्यसैले सुत्ने समय व्यवस्थापन गर्ने र समयहुँदा पनि निद्रा नै नलाग्ने भएको छ भने त्यसको कारण पत्ता लगाउन मनोचिकित्सकको सल्लाह लिने र त्यही अनुसार आफूलाई व्यवस्थित गर्नुपर्छ ।
पूरैसमय बच्चाहरूको हेरचाह गर्नुपरेको छ ?
सानो बच्चाको हेरचाह गरिराख्नुपर्ने हुुँदा पनि यौनइच्छा शक्तिमा कमी आउनसक्छ । त्यसैले, बालबच्चाको हेरचाह र श्रीमान्–श्रीमती बीचको सम्बन्धका लागि समय छुट्याउनुपर्छ ।
के औषधी सेवन गर्दै हुनुहुन्छ ?
डिप्रेशन, उच्च रक्तचाप, क्यान्सर, एचआइभी लगायतका लागि दिइने औषधीहरूले मानिसको यौनइच्छा शक्तिलाई क्षति पुर्याएको हुन्छ । यस्तो भएको खण्डमा चिकित्सकहरूसँग सल्लाह गरी औषधी परिवर्तन वा अन्य सल्लाह गर्नुपर्ने हुन्छ ।
सुन्दरता प्रति चिन्ता छ ?
सुन्दरता यौनइच्छा शक्तिको महत्वपूर्ण पक्ष हो । सुन्दर देखिने र अनुभव गर्ने कुरा हुन् । आफूमा सु्न्दरता नभएको महसुस भयो वा आफ्नो यौन जोडी सु्न्दर देखिएन भने पनि यौनइच्छा शक्ति घट्छ । त्यसैले, सधैं सुन्दर रहने चाहना, सोच र व्यवहार हुनुपर्छ ।
मोटाउनु भएको छ ?
मोटोपनले पनि यौनइच्छा शक्तिमा कमी आउनसक्छ । खास कारण थाहा नभएपनि यौनसम्पर्क गर्न अप्ठ्यारो हुने, सु्न्दरता गुम्ने आदि कारणले यस्तो भएको हुनसक्छ । मोटोपन नियन्त्रण र घटाउँन सकिन्छ ।
यौन दुर्बलता छ ?
यौन दुर्बलता वा लिङ्ग उत्तेजित नहुने समस्या भएका मानिसहरूलाई पनि यौन इच्छाशक्ति घटेर जान्छ । यसो हुनुमा दुर्बलता नै कारण हुनसक्छ । दुर्बलताले यौनसम्पर्क गर्न सक्दिन भन्ने चिन्ता जन्माउँछ , त्यहि चिन्ताले झन इच्छाशक्ति कम गराउने हुन्छ ।
यौन हर्मोनको कमी भएको छ की ?
टेस्टोटेरोन नामको हर्मोनले यौन इच्छाशक्ति कायम राख्ने वा बढाउने हो । यो हर्मोनमा कमी आयो भने पनि इच्छाशक्ति घट्छ । यो प्रायः उमेर बढ्दै जाँदा घट्दै जाने हो, कहिले काँही अरू बिरामी वा समस्याको कारण पनि यस्तो भएको हुनसक्छ । चिकित्सकको सल्लाह लिनु पर्दछ ।
महिनावारी बन्द भयो ?
महिलाहरूमा महिनावारी सुकेपछि वा सु्क्ने समयतिर यौनइच्छा शक्ति घट्छ तर यस्तो सबैलाई हुँदैन । दाम्पत्य जीवन वा यौन जोडीसँगको सम्बन्ध र परिवेशले पनि धेरै प्रभाव पार्छ । महिनावारी सुकेपछि हर्मोनमा आउने परिवर्तनले योनी सुख्खा हुने, यौनसम्पर्क गर्दा दुख्ने हुनसक्छ । फलस्वरुपः यौनसम्पर्क गर्ने इच्छा घट्ने हुन्छ ।
यी लगायत अरु पनि थुप्रै कारणहरु हुनसक्दछन । त्यसको लागि अनेकौ मानिसको कुरा सुनेरे अनेकौ उपचार गर्नु हुदैन । मनोचिकित्सकसँग परामर्श गर्नु आवश्यक छ । श्रीमान वा श्रीमति मध्ये कसैलाइ भएमा आफुलाइ भएको अनुभव एकआपसमा सुनाउँनु पर्दछ । यसो भएमा समयमै उपचार गर्न सकिन्छ र अनिच्छत यौन सम्बन्ध गर्नुपर्ने बाध्यता हुदैन र पारिवारिक द्वन्द्व पनि हुदैन ।