• २०७८ कार्तिक ६, शनिबार
  • |
  • Saturday 23rd October 2021
  • यौन तथा प्रजनन कर्म सनातन हिन्दु धर्मको १६ संस्कार भित्रै

    २ आश्विन २०७४, सोमबार ११:१२

    सबै धर्महरु यौनिक पनि हुन्छन । त्यसमा पनि सनातन हिन्दु धर्मसंस्कारका धेरै पक्षहरु अझै धेरै यौनिक छन । प्राचिन कालदेखि नै सनातन हिन्दुहरु ले प्रत्येक कार्यलाई संस्कारबाट आरम्भ गर्दै आएका छन । कतिपय मानव शास्त्रीहरूको मतलाई मान्ने हो भने मध्यकालको शुरुवात पुरुष सत्ताको शुरुवातदेखि औद्योकगिकिरणको शुरुवात हुनु अगाडिको अवधि हो । आधुनिककरण पछि मानिसको व्यस्तता र व्यस्थापकीय कठिनाईहरूले गर्दा धेरै संस्कारहरू ह

    राएर गएको धेरै विद्वत बर्गहरूको मत छ । जानाकारहरूको भनाई अनुसार त्यस मध्ये मानिसको गर्भधारण देखि मृत्यु पश्चात पनि अन्त्यस्करणसम्म प्राचिनकालमा ४० वटा संस्कार मानिन्थ्यो । भनिन्छ अंगिरा ऋषिले २५ संस्कार तय गरेका थिए । त्यस्तै, व्यास स्मृतिमा १६ संस्कारको उल्लेख छ । त्यहि १६ संस्कारलाई बढी चलनमा ल्याइएको मानिन्छ । आजभोली त यी १६ संस्कारहरु पनि सबै अवलम्बन गर्न हिन्दु समुदाय भित्रकै मानिसहरुलाई पनि समय र स्रोत व्यस्थापनका कारण झन कठिन बन्दै आएको छ ।

    संस्कारको शुरुवात नै गर्भधारण संस्कारबाट गरिएको छ । बालबच्चाहरूको अध्ययन र अरु कलाका कार्य सम्पन्न भएपछि गृहस्थ जीवन शुरु गर्नका लागि विबाह गरी गर्भधारण संस्कार अपनाइन्छ । यो संस्कारका विधि अपनाउँनुको कारण चाहिँ गर्भधारण गर्न मानसिक तथा शारीरिक दुबै पक्षबाट श्रीमान श्रीमति दुबै स्वस्थ, सक्षम र पवित्र हुनुपर्दछ भन्ने मान्यता हो र बैदिककालमा यो संस्कारलाइ सबैभन्दा अति उत्तम संस्कारको रुपमा लिइन्थ्यो भन्ने कुरा पुराणका कथाहरुको विभिन्न प्रशंगहरूबाट पनि स्पस्ट हुन्छ । गर्भधारण गर्न ग्रह तथा तिथीहरूको गणना अनुसार उचित साइत र विछ्यौनाको दिशा मिलाएर गर्नुपर्ने मान्यता राखिएको हुन्छ ।

    पुंसवन संस्कार १६ संस्कार मध्ये एक हो । यो संस्कार गर्भधारण भएको दुईदेखि तीन महिनाको बीचमा गरिने संस्कार हो । जन्मने सन्तान स्वस्थ र उत्तम होस भन्ने कामनाका लागि यो संस्कार अपनाइने हो । यसमा विषेश गरी जन्मने बच्चाको मानसिक विकासको दृष्टिकोणले अपनाइन्छ ।

    सीमन्तोन्नयन संस्कार गर्भको बच्चा खेर नजावस भनी शिशु एबं आमा दुबैको सुरक्षाको खातिर र गर्भवती महिला सौभाग्वती होउन भन्ने उद्देश्यका लागि यो संस्कार अपनाइन्छ । यसको लागि गर्भवती महिलाको मन सधैं प्रसन्न हुन आवश्यक छ भन्ने मान्यता यस संस्कारको हो ।

    जातकर्म संस्कार पनि १६ संस्कार मध्ये एउटा महत्वपूर्ण संस्कारको रुपमा लिइन्छ । बच्चा जन्मिएपछि सालनाल काट्नु अगिड अपनाइने यो संस्कार अन्तरगतका विधिहरू अपनाइन्छ । यो दैवीक संसारमा आए पछि जन्मिने बच्चालाइ मेधा, बलवान / दीर्घायुको कामना गरी विभिन्न मन्त्रोच्चरण गर्दै घ्यू र मह मिसाइ बच्चालाइ चटाइ दिइन्छ । यस पछि नाल काटिन्छ र पिताले बच्चाको पराक्रमी क्षमताको कामना गरेर यज्ञ गर्ने र माताले स्तनपान गराउँने यो संस्कारको विधि हुन्छ ।

    विद्यारम्भ संस्कार अन्नप्राशन संस्कार पछि नै शुरु हुन्छ भनिए पनि जब बच्चा गुरूकुलमा अध्ययनको लागि पठाइन्छ,  त्यस पछि उनीहरुलाइ सबैभन्दा पहिदा ब्रह्मचार्यको ज्ञान दिइन्छ । यसको आसय बटुकहरू (गुरूकुलमा पढ्न बसेका विद्यार्थीहरू) ले पढाइमा ध्यान लगाउँनका लागि यौनकार्यसँग सम्बन्धित कुनैपनि गतिविधि र क्रयाकलापमा नलाग्ने संयमता अपनाउँन सक्षम हउन भन्ने नै हो । अर्को संस्कार वेदारम्भ संस्कार समापन भएपछि गुरूकुलका गुरूहरुले यौन क्रियामा सलग्न हुने अनुमति दिएपछि मात्र गृहस्थ जीवन शुरु गरेका हुन्छन ।

    यौन क्रियाकलाप गर्न वा महिला पुरुष बीचको यौन संभोगको लागि त्यस अगाडी विवाह सस्कार सम्पन्न भएकै हुनुपर्ने मान्यता राखिएको हुन्छ । बरु त्यसका लागि विभिन्न विवाह पद्दतीहरूको व्यवस्था गरिएको पाइन्छ । आफ्नो गक्ष अनुसार त्यसलाइ अपनाउँन सकिन्छ तर केहि पद्दतीहरु ब्राह्मण र क्षेत्री कुलका लागि निषेध पनि गरिएको पाइन्छ । जस्तै यिनीहरुमा ब्राह्म, दैव, आर्ष, प्रजापत्य, बाहेक आसुर, गन्धर्व, राक्षस एवं पैशाच पद्दति निषेध गरिएको हुन्छ । प्राचिन कालमा गरूकुलमा सबै जातजातीका छोराछोरीहरू पढ्न जान पाउँथे र पढाइ कर्म सम्पूर्ण सकेपछि उनीहरु स्वत ब्राह्मण हुन्थे  ।

    यी संस्कारहरूमा धेरै जसो बैज्ञानिक पक्षहरु पाइन्छ । विषेश गरी गर्भवती र सुत्केरी स्याहारको सन्दर्भमा । गुरूकुलमा यौन कार्यमा सयमताका बारेमा सिकाउँदा यौनिकताको सम्मान गर्न पनि सिकाइन्थ्यो । अप्सराहरूले देवताहरूबाट पाउँने प्रशसा विभिभन्न पुराणहरुका कथाहरूबाट पनि थाहा हुन्छ । समय अनुसारको बनेका ती संस्कार धेरैजसो राम्रा भएका र कतिपय समय बदलिएसँगै बदलिनु स्वभाविकै हो ।

    तपाइको मत
  • भिडियो सामाग्री