[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. छोरा वा छोरी जन्मनुमा महिला कि पुरूष जिम्मेवार ? | Yaunik Media
  • २०८२ जेष्ठ ३२, शनिबार
  • |
  • Saturday 14th June 2025
  • छोरा वा छोरी जन्मनुमा महिला कि पुरूष जिम्मेवार ?

    २० आश्विन २०७४, शुक्रबार १६:५१

    छोरा वा छोरी जन्मनुमा धेरैजसो मानिसहरूले महिलाकै कारणले हो भन्ने भ्रम पालेका छन । छोराको चाहना हुँदाहुँदै छोरी जन्माइ दिने अधिकांश महिलाहरू प्रत्यक्ष वा परोक्ष रुपमा हिंसामा परेको छन । प्राय श्रीमानबाट यौनहिंसा पनि व्यहोर्नु परेको । छोरा जन्माउनकै लागि दोस्रो विवाह गर्ने मानिसहरू अझै  पनि छन ।  अलि जान्नेबुझ्ने भनिएका केहि मानिसले पनि बुझाइकै कमिका कारण पुरुषलाई नै कारक मानेका हुन्छन ।

    किन पुरुष जिम्मेवार भनिएको ?

    यौनसम्पर्कको समयमा लिङ्गबाट निस्केको शुक्रकीट डिम्बाशयबाट निस्किएको डिम्बसँग डिम्बबाहिनी नलीमा भेटहुन्छ । त्यहि भेटमा शुक्रकिटलाइ डिम्बले आफु भित्र छिराउँछ (डिम्ब निषेचित हुन्छ) र पाठेघरमा आएर भ्रुणको रुपमा विकास हुदै ८ महिना पुरा भएपछि बच्चाको रूपमा छोरा वा छोरी जन्मन्छ ।

    गर्भधारणमा छोरा वा छोरी बनेको छ भन्ने कुरा महिलाको डिम्बमा निशेचित हुने शुक्रकिटमा भर पर्दछ । एक शुक्रकिटमा जैविक गुणहरू निर्धारण गर्ने २३ जोर क्रोमोजोमहरू हुन्छन । मसिनो धागो जस्तो २३ जोर क्रमोजोमले नैं छोरा वा छोरी भन्ने कुरा निर्धारण गर्दछ भनेर विशेषज्ञहरूले पत्ता लगाएका हुन ।

    जीवविज्ञरूले महिलामा हुने क्रोमोजोमलाइ X र पुरुषका क्रोमोजोलाइ X र Y गरी दुई किसिमको मानेका छन । जब यौनसम्पर्क हुन्छ महिलाको डिम्बसँग हुने निशेचित हुने लिङ्गबाट स्खलित भएको (निस्किएको) शुक्रकिट Y परेको भएमा छोरा बन्छ X परेको भए छोरी बन्छ ।

    दोष कसको त ?  

    छोरा वा छोरी हुनुमा पुरूषको शुक्रकिटमा भर पर्ने हुनाले पुरूषकोलाइ नै दोष देखाएका हुन्छन तर वास्तविकता भनेको यो न महिला न पुरुष कसैलाई पनि दोष दिन मिल्दैन । किनकि यो कसैको काबुमा छैन । यो प्राकृतिक प्रक्रियामा भर पर्ने कुरा हो । दोष त पुरुषबादी धारणा र महिला माथि गर्ने विधेदकारी सोचको हो ।

     

    तपाइको मत
  • भिडियो सामाग्री