‘सङ्कटपूर्व,सङ्कटमा,सङ्कटपछि सशक्त बालिका’ भन्ने नाराका साथ आज विश्व भरी अन्तरराष्ट्रिय बालिका दिवस मनाइएको छ । बाल विवाह रोक्ने उद्देश्यले २०१२ देखि २०३० सम्म ‘बालिका दुलही होइनन्’ भन्ने अन्तरराष्ट्रिय संस्थाले नेपाल सहित ९४ देशहरूमा यो अभियान गर्दै आएको छ ।
नेपालमा विगतका दिनहरूमा धर्म कमाउने नाममा बाबु आमाहरूले सानो उमेरमा नै बालिकाहरूको विवाह गरि दिन्थे तर आज भोलि बालिकाहरूले आफू खुसी विवाह गर्न थालेका छन् । उच्च बाल विवाह हुने देशहरू मध्ये नेपाल दक्षिण एसियामा तेस्रो र विश्वमा २२ औं स्थानमा रहेको छ । बालबालिकाहरूले यौन चाहना परिपूर्ति गर्नका लागि असुरक्षित सम्बन्ध बनाउने र बाल्य अवस्थामा नै विवाह गर्ने घटनालाई रोक्न विभिन्न अभियानहरू भइ रहेको छ ।
बालबालिकाहरू किशोरावस्थामा प्रवेश गरे सँगै उनीहरूमा आउने शारीरिक तथा मानसिक परिवर्तनले आफ्नै शरीर देखी नै विभिन्न कौतूहल बढ्दै गएको हुन्छ । त्यसता, कौतूहल पुरा गर्ने क्रममा बालबालिकाहरूले असुरक्षित यौन सम्पर्क र यौन क्रियाकलाप जस्ता असुरक्षित कदम उठाउने गर्छन् । जसको परिणाम स्वरूप बाल विवाह र अन इच्छित गर्भधारण व्योहोर्नु पर्छ । यसले बालिकाको स्वास्थ्य र भविष्यमा असर पुर्याउनु का साथै शिशुको स्वास्थ्य र भविष्यमा पनि असर पुर्याउँछ । फलस्वरूप परिवार, समाजमा कलह, झगडा र अपराधीक गतिविधि सिर्जना हुन सक्छ ।
बाल बालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सकारात्मक ज्ञान दिन सक्यौ भने बालबालिकाहरूले आफ्नो भविष्यलाई कुन पाटोमा लाने भनेर आफैले निर्णय गर्न सक्छन् । बालबालिकाहरूलाई परिवार, समाज र विद्यालयबाट यौन तथा प्रजनन स्वास्थ्यका बारेमा उपयुक्त जानकारीहरू दिनु पर्ने हुन्छ । बालबालिकाहरूलाई आफ्ना कौतूहलका बारेमा आफ्नो परिवार, समाज र विद्यालयबाट जानकारी भयो भने बाटोघाटोमा हुने यौन दुर्व्यवहारबाट पनि उनीहरू सचेत हुन सक्छन् । असुरक्षित यौन व्यवहारको सट्टा सुरक्षित यौन व्यवहार गर्न प्रेरित गर्यौ भने बालिकाहरूको भविष्य सुरक्षित हुने देखिन्छ ।