• २०७८ बैशाख २८, मङ्लबार
  • |
  • Tuesday 11th May 2021
  • सेक्स: श्रीमान श्रीमतिको सम्बन्ध

    २७ आश्विन २०७४, शुक्रबार ०७:३८

    – रामकृष्ण पराजुली/

     “लोग्ने स्वास्नीको मुख्य सम्बन्ध नै सेक्सको हो ।” समुह छलफलको क्रममा एकजना सहभागीले यो बाक्य बोले पछि छलफलमा सहभागीहरूले यसका पक्ष र विपक्षमा बोल्नथाले । यसको पक्षमा बोल्नेहरूको भनाइ अनुसार योभनाइ ठीक हो तर हाम्रो समाजले सेक्सलाइ सही तरिकाले नबुझेर नै हो भने त्यसको विपक्षमा बोल्नेहरूका अनुसार यो भनाइ हाम्रो समाजका लागि ठीक छैन । यस्ता मान्यता स्थापित हुँदा महिला माथि यौन हिंसा झन बढ्छ ।

    तीन बर्ष अगाडि धनगढीमा स्थानीय सरोकारवालाहरूको सानो समुह छलफलमा भएको छलफलले अन्तत:  निकै महत्वपूर्ण भनाइ दिएको थियो । त्यो समूहछलफलको सङ्क्षेपिकरण गरी सम्पादन गरिएको हो । यसलाइ मैले यसरुपमा प्रस्तुत गरेको छु – ।

    श्रीमान श्रीमतिको सम्बन्धले सन्तानमा के प्रभाव पर्छ ?

    • श्रीमतिको पेशाका बारेमा श्रीमानलाई पुर्णरूपमा जानाकारी अनिवार्य हुनुपर्ने तर श्रीमानको चाहीँ श्रीमतिले थाहा पाउँन नहुने । चासो राख्ने श्रीमति प्रति श्रीमान झनझन टाढा हुने पुरुषसमाजको मान्यता (पुरुस्वत्वको भावना) ले गर्दा त्यसको असर सन्तानमा समेत पर्दै आएको छ । बाआमासँग सिकेको छोराले भोगाउँछ भने छोरीले भोग्न बाध्यपारिएको हुन्छ ।
    • पुरुष प्रधान समाजले समाज विकासमा गम्भिर रुपमा नकरात्मक असर पारेको छ । श्रीमान मालिक र श्रीमति दासी हुन भन्ने मान्यता श्रीमान श्रीमति दुबैको चिन्तनबाट पूर्णरुपमा हट्नु आवश्यक छ । अन्यथा यो मान्यताको प्रभाव छोराछारीमा पनि पर्छ र उनिहरूको जीवनोपयोगी सीपमा विकास हुन सक्दैन । कोहि पनि ठूलो वा सानो हुँदैन । आस्तिक परिवार हो भने इश्वर नै ठूलो हो भन्ने मान्यत राख्दा राम्रो हुन्छ भने भौतिकबादी परिवार छ भने प्रक्रिति नै ठूलो हो भन्ने मान्यत स्थापित गार्दा राम्रो हुन्छ ।
    • परिवारका सबै सदस्यहरूलाई सकरात्मक सोँचका विकास गर्न प्ररित गर्नु पर्छ । प्रत्येकसँग भएको क्षमताको पहिचान गर्न र क्षमतालाई व्यवहारमा देखाउँने अवसरको विकास गर्नु पर्दछ । त्यसको सकारात्मक प्रभाव बालबालिकामा पनि पर्छ ।

    नराम्रा सम्बन्धका कुरा त अझै धरै हुन्छन् तर समाजमा असाध्यै मिलेर बसेका श्रीमान श्रीमतिहरू पनि छन् । यो कसरी सम्भव छ ?

    • असल यौन सम्बन्ध श्रीमान श्रीमति बीच आवश्य छ । आपसी यौन इच्छा र अनिच्छाको बारेमा राम्रो ख्याल गर्नु पर्दछ । असहमति र असक्षमताको यौन सम्बन्ध रहन थालेमा यसले अनेकौ द्वन्द्वहरू निम्त्याउँदे लैजान्छ । यसैकका कारण लैङ्गिक हिंसा बढ्ने हुन्छ । एकले अर्कोको यौनिकतालाइ स्विकार र सम्मान गर्नसक्नुपर्दछ ।
    • कतिपय पुरुषहरू आफु अरुको श्रीमतिसँग लुकिछिपी घुमघाम (डेटिङ्) गर्न गौरव ठान्ने तर श्रीमति भने श्रीमानले चिनेका मानिस बाहेक अरुसँग बोलचाल गर्दा पनि श्रीमति प्रति शंका गर्ने वा आक्रमक हुँने गर्दछन् । महिलाहरूमा चाहिं यो व्यवहार छैन भन्न मिल्दैन । त्यसैले हरेक श्रीमान श्रीमतिमा पुरुष प्रधान सामाजिक चिन्तन् र लैङ्गिक समविकास चिन्तनकोबारे आधारभूत जानाकारीहरू आवश्यक हुन्छ । यसले अनावश्यक रुपमा जन्मने मानिसक तनावलाई कम गराउँछ । महिला पुरुष समविकासका न्युनतम अवधारणा सबैले बुझ्न आवश्यक छ ।
    • श्रमिान श्रीमति संगसंगै हुँदा नियमितरुपमा प्रेमपुर्वक बातचित गर्नु आवश्यक छ । कामको योजना, मनोरञ्जनको सम्बन्धमा, समाचारहरूका बारेमा चर्चा गर्दा एक आपसमा सिक्ने र सिकाउँने वातावरण बन्दछ । सकारात्मक हाँसी मज्जा र गज्जबले हाँस्न मिल्ने ठट्टा पनि नियमित रुपमा अवश्यक छ । यसले आपसी सम्बन्धमा धेरै नजिक बनाउँन मद्दत गर्दछ ।
    • फरक मानिसको फरक चाहना हुनु स्वभाविकै हो भन्ने भावनलाइ अत्मासात गर्नु आवश्यक छ । यदि आपसको चाहनामा धेरै फरक हुनगएमा एक अर्काको चाहनाका सवालहरूमा गहिरो र खुल्लासँग छलफल चलाउँनु पर्छ र सहमतीमा आउनु पर्छ । जसले गर्दा एक आपसमा लचकता अपनाउँने वातावरण बन्ने सम्भावना हुन्छ ।
    • एकले अर्कालाई मायाँ गरेको र एकअर्का प्रति उत्तरदायी छौ भन्ने भावना दुबैले महसुस गरेको हुनु आवश्यक छ ।
    • कुनै एक जनाले कुनै नयाँ (राम्रो) काम गरे बापत प्रशंशा गर्न कन्जुस्याइँ गर्नु हुन्न र एकले विषेश मौकामा गरेको विशेष सहयोग प्रति अर्कोले धन्यवाद दिन वा स्यावासी दिन विर्सन हुन्न ।
    • दुबैले आफुले देखेका र जानेका कामहरू एउटाले अर्काको बाटो नहेरी गर्नुपर्दछ । यदि काम बाँडिएको छ भने फुर्सद भएमा एकले अर्काको काममा सघाउँनु पर्छ । यसले गर्दा दोहोरो जवाफदेहिताको विश्वास बढ्छ ।
    • समय अनुसारको काम वा अध्ययनमा व्यस्त रहने बानीको विकास गर्नु पर्दछ । यसले गर्दा एक आपसमा सहयोग गर्ने र मायाँको भावनामा निक्खारा आउँदछ ।
    • समान सहभागितामा सबैखाले कामको पूर्व योजना बनाउँनु पर्छ र कामको बाँडफाँड पनि गर्नुपर्छ । बालबालिका छन भने उनिहरूलाइ पनि उमेर अनुसार कामको जिम्मेवारी दिनु पर्छ । एकले अर्काको कामको सहयोग पुग्नेगरी अनुगमन गर्नुपर्छ । यसले गर्दा परिवारमा भावनात्मक सामिम्यता बड्छ र असल परम्परा स्थापित हुन्छ ।
    • परम्परागत रुपमा महिला र पुरुषका लागि भनेर छुट्याइएका कामहरूका आधारमा कामको बाँडफाँड गर्नु भन्दा राम्रो सबै किसिमका काम दुबैजना मिलेर वा पालै पालो गर्दा नै भावनात्मक सामिप्यता बढ्दछ ।
    • एकले अर्काको कुरा राम्रोसँग सुन्ने, महसुस गर्ने र कुरा उचित नभएमा पनि सकरात्मक तरिकाले काल्पनिक नभई यथार्थमा आधारित भई स्पस्टसँग आफ्नो कुरा बताउँने गर्नुपर्छ ।
    • मोबाइलको प्रयोगले गर्दा छक्काउँने प्रबृत्ति धेरैहदसम्म बढेको छ हिजो आजका अलि धेरै पुरुषमा र अलि कम महिलामा । यो एकले अकोलाई गरेको एक किसिमको हिंसानै हो । आपसी सम्बन्धमा यो प्रबित्तिले धेरै दम्पत्तीहरू बीच नकरात्मक असर पार्ने क्रम बढ्दै गएको छ । त्यसैले पटक्कै नढाँट्ने बानी बसाल्नु मानव अधिकारको सम्मान गर्नु हो । त्यसले गर्दा श्रीमति वा श्रीमानलाई कुनै कल्पित आरोप आईलाग्यो भने पनि दुबै जना बीच सोबारे कुरा नगरी कसैले पनि अरूको कुरा पत्याउदैनन् । त्यस्तै सही कुरा गर्ने परम्परा बसाएमा एउटालाई कुनै कारणले अपठ्यारो परे अर्कोले बाध्यताले होइन, भावना देखि नै सघाउँछन ।
    • दुबै बीचमा आम्दानी र खर्चको मोटामोटी जानाकारी हुनु आवश्यक छ । यसो भएमा एकले अर्काको विश्वासमा संकट आउँदैन ।
    • श्रीमानले वा श्रीमतिले जानेर गरेका गल्ति र भएको गल्तिकाबारेमा बुझ्नु आवश्यक छ भएको गल्तिका बारेमा कसरी भयो भन्ने कुरामा मात्र जानाकारी । गरेको गल्ति भएमा क्षेति अनुसारको कुराकानी चलाउँने । कुराकानी जसले चलाए पनि दोषारोपण नगरीकन छलफल चलाउँन पर्छ । यसले गर्दा गल्ति प्रति महसुस गर्ने वातावरण बन्ने बानीको विकास हुन्छ । श्रीमान श्रीमति बीचमा अनावश्यक फाटो आउँदैन । सच्चिने अवसर मिल्छ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री