• २०७८ अशोज १, शुक्रबार
  • |
  • Friday 17th September 2021
  • किन कोहि मानिसहरू समलिङ्गी हुन्छन ?

    ९ कार्तिक २०७४, बिहीबार १५:३७

    भक्तपुर नलिन्चोकका शिक्षा कार्की अभिभावकहरूको व्यवसायका कारण सिन्धुपाल्चोकमा जन्मि हुर्के । जब उनी आफ्ना साथीहरूसँग सम्बन्ध राख्ने र खेल्न गर्न थाले, उनमा विस्तारै छोराको भन्दा फरक व्यवहारहरू देखिन थालेको थियो । बच्चै अवस्थाको हुनाले अभिभावकहरूले धेरै वास्ता गरेनन । स्कूल पढ्न जान थाल्यो । स्कुलमा हुने नाचगनमा उनी घाँगर लगाएर नाच्न मनपराउँन थाले । उनको नाच अरुको भन्दा निकै आकर्षक हुन्थ्यो । उनी केटीको पोषाकमा अनि केटीको गायनमा मात्र नाच्न मनपराउँथे । किशोरावस्थामा पुग्दापनि यसै गर्न थाले पछि मानिसहरूले उनको स्वभावका बारेमा टिकाटिप्पणी गर्न थाले ।

    घरमा आमा नभएको मौका मिलाएर शिक्षाले आमाको लुगा लगाएर बस्न मन पराउँनथाले । केटीसाथीहरूसँग मात्र धेरै बस्न मन पराउँने मात्र होइन æलेडिजÆ पाइन्ट लागाएर हिँड्न मनपराउँन थाले । उसको अभिभावकलाइ पनि छोराको यो व्यवहारले विस्तारै चिन्ता हुन थालेकोले व्यवहार परिवर्तन गर्न धेरै प्रयास गरे तर सकेनन र उनको इच्छालाइ अन्तत परिवारले स्वीकार्यो । त्यस पछिको उनको जीवनशैलीलाई उनले खुल्ला रूपमा समलिङ्गीय रुपमा नै अपनाए । अर्थात उ छोरी भएर नै निर्धक्क हिड्डुल गर्न सक्ने सामर्थ्य भयो । त्यसैमा उ खुसी भयो । विस्तारै उसको जीवन शैलीलाई स्वीकार्ने मानिसहरू पनि बढ्दै गए ।

    किन मानिसहरू समलिङ्गी (Homo sexual) हुन्छन ?

    यसको कारणका बारेमा जरोसम्मको अध्ययन हुनसकेको  छैन । तर बिज्ञहरूले यसलाई शारीरिक, मानसिक तथा सामाजिक प्रक्रिया र अन्तर्सम्बन्धमा आधारित छ भनेका छन् । समलिङ्गीपन मानव समाजको विकास सँगसँगै विकास भएको यौन जीवनयापनको पद्धति भएको कुरा बैज्ञानिकहरू बताउछन् । केही अनुसन्धानहरूले यौन पहिचान वंशानुगत हुन्छ भन्ने तथ्य अघि सारेका छन् । ती अनुसन्धानहरूले पनि आनुवंशिक तŒवहरू (Genetic factors) को सम्बन्ध देखाउन सकेका छैनन् । तर पनि गर्भधारणको क्रममा महिलाको अण्डामा पुरूषको शुक्रकीट जब निषेचित हुन्छ र कहिलेकाही अण्डा विभक्त भइ जूम्ल्याहा भएका (Identical twins) बच्चाबच्चीहरूमध्ये पनि यदाकदा एउटा चाहिँ समलिङ्गी भएको पाइएको छ । तथ्याङ्कहरूले बताए अनुसार ५ देखि ६ प्रतिशतमा यस्तो पाइएको छ ।

    अर्काथरी अनुसन्धानले भने अनुसार भ्रुण अवस्थामा छोरा नै भएपनि यदि स्त्रीको जस्तो गुणको विकास हुने हर्मोनको प्रभाव बढीभएमा उसको स्वभावमा जन्मिएपछि स्त्रीकै हुन्छ र त्योस्तो अवस्था छोरीमा पनि लागु हुनसक्दछ । सोहि अनुसार यौन पहिचान प्रस्तुत गरिएको हुन्छ ।

    इ. स. १९७० भन्दा पहिले समलिङ्गीय यौन जीवनशैली अपनाउँनु भनेको मानसिक रोग हो भन्ने विश्वास गरिन्थ्यो तर धरै पटक र धेरै ठाउँहरूका अनुसन्धानहरूले यसलाई मानसिक रोग भन्न सकेन । बरू यो मानिसमा हुने विभिन्न किसिमका यौन पहिचानहरू मध्ये यो पनि एउटा हो । किनकि कतपिय मानिस महिला र पुरूष दुबै तिर बराबर यौन सम्बन्ध राख्ने स्वभावका पनि हुन्छन । त्यसैले यी सबै यौनिकताका सामान्य व्यबहारहरू हुन । यौन पहिचान अनुसार यौनिकतामा बिबिधता हुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री