• २०८० जेष्ठ २१, आइतवार
  • |
  • Sunday 4th June 2023
  • तल्लो पेट दुख्छ ?

    १५ कार्तिक २०७४, बुधबार १४:१८
    • निलम भण्डारी/

    कुटुकुटु दुख्ने पेटको दुखाइ सबैले भोगेका हुन्छन । केहि समस्या भएकै कारणले पेट दुख्छ तर महिलाहरूले चाहिँ तल्लो पेटको दुखाइ पनि बेलाबेला खपेका हुन्छन । कहिलेकाहि त तल्लो पेटको दुखाइ अत्यान्तै पीडादायी पनि हुनेगर्दछ । यो कुरा कहिलेकाहीँ स्वयं महिलाहरूले पनि नबुझिरहेका हुनसक्छ किन दुखेको होला भनेर । अनि, यसको सम्बेदनशिलताका बारेमा पुरुषहरूले पनि बुझ्न आवश्यक छ तर हाम्रो समाजमा महिलाको सम्बेदनशिलताको बारेमा पुरूषहरू  थोरैले मात्र ध्यान दिनेगरेका छन ।

    महिलाहरूको तल्लो पेट दुख्नु महिनावारीको समस्या हो भनेर हाम्रो अड्कल हुन्छ । तल्लो पेट दुख्ने समस्यामा महिनावारी पनि एक विशेष कारण हो तर त्यस बाहेक अन्य कारणहरू पनि हुन्छन् ।

    महिनावारी भएको एक हप्ता पछि पाठेघर भन्दा माथिल्लो दायाँ र बायाँ दुबैतिर भागमा अण्डाशय हुन्छ । त्यहिँबाट प्रत्येक महिना पालैपालो मिलाएर अण्डा (डिम्ब) डिम्बबाहिनि नलीमा निस्किएको हुन्छ । त्यो विस्तारै पाठेघरसम्म आउँछ । यो सात दिनको अवधि हुन्छ । यहि समयावधिलाई ओभ्युलुसन (Ovulation) अवधि भनिन्छ । यो समयमा कुनै बेला कसैकसैले तल्लो पेट दुखेको अनुभव गरिरहेका हुन्छ दायाँ पट्टिको अण्डासय (ओभरी) बाट डिम्ब निस्कदा दायाँ पट्टी र बायाँ पट्टिको अण्डासयबाट डिम्ब निस्कदा बायाँ पट्टि दुखेको अनुभव हुन्छ ।

    यो प्रक्रियाबाट हुने दुखाई कुनै रोग चाहिँ होइन । अण्डा निस्कासनको समयमा यदि अण्डा धेरै ठूलो भएमा, त्यो ठूलो अण्डा कुनैकारण फुटेमा धेरै दुखाइ हुन सक्ने बताउँनुहुन्छ जनरल फिजिसियन डा. अच्युतराज कार्की बताउनुहुन्छ । उहाको भनाइ अनुसार यो महिनावारीको सामान्य प्रक्रिया भएको हुनाले डराउन पर्दैन तर धेरै नै असह्य पीडा भयो भने सम्बन्धित चिकित्सकको सहयोगमा उपचार गर्नुपर्दछ ।

    महिनावारीको बेला रक्तस्राप हुँने क्रममा पाठेघरको मुख राम्रोसँग नखुलेको अवस्थामा पनि पाठेघरबाट झरेको पदार्थको दवावका कारण तल्मलो पेट दुख्हिछ । यस बाहेक पेटमा दिसा वा पिसाब सम्बन्धी समस्या पनि आएको रहेछ भने पनि तल्लो पेट दुखेको हुनसक्दछ । डा. कार्की थप्नु हुन्छ “मृगौला मुनीको नलीमा पत्थरी भएमा, प्रजनन प्रणालीमा कुनै सङ्क्रमण हुँदा, अण्डाशयमा पानीको फोकोहरू भएमा, मासु पलाइ ठूलो भएर पनि धेरै दुखाइ महसुस हुने गर्छ ।” युवतीहरूमा डिम्बबाहीनी नली बाँधिएर वा डिम्ब पाठेघरमा पुग्ने क्रममा नलीमा कुनै किसिमको अवरोध आएमा पनि तल्लो पेट दुख्छ। त्यसकारण पनि असैह्य तरिकाले दुखेमा वा सामान्य दुखे पनि लामो अवधिसम्म दुख्यो भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्दछ ।

    महिलाको तल्लो पेट (पाठेघर) संवेदनशील र प्रजनन प्रणालीहरूको महत्वपुर्ण अङ्ग पनि हो । यसको स्याहार सुसारमा विशेष ध्यान पुर्याउनु पर्छ । यसलाई हाम्रा आहार विहार र अरू जीवन शैली र काम गर्ने तरिकाले धेरै असर पुर्याउनेगर्छ । त्यसैले स्वस्थ जीवन शैली अपनाऔं ।

     

    तपाइको मत
  • भिडियो सामाग्री