• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • सम्पत्ति झैँ सुरक्षा गरौं यौनाङ्गहरूको

    १७ कार्तिक २०७४, शुक्रबार ०६:५३

    यौनाङ्गहरूलाई अधिकांश मानिसहरूले अशुध्द ठान्दै आएका हुन्छन । प्राय सबै धर्म संस्कारहरूले पनि तल्लो दर्जाको अङ्ग भनि सन्देश दिएका हुन्छन । प्राय हामीहरूमा त्यसैको प्रभावमा परेकोछ ।

    हामी नै पशुपतिमा शिव लिङ्ग र गुह्यश्वरीको पूजा गर्दै आएको विर्सन्छौं । संस्कारहरूले अर्को तिरबाट सिकाएको पनि छ कि यौनाङ्गहरू पनि पूजनीय छन ।

    सबै यौनअङ्गहरु शरीरका अन्य अङ्गहरू जत्तिकै महत्वपूर्ण छन । सानो छँदा अभिभावकले र विशेष गरी आमाले नै सफा गरिदिएका हुन्छन । जब आफैंले सफा गर्नपर्ने हुन्छन तब देखि धेरैले त्यसको सरसफाइलाई महत्व दिएका हुदैनन । यौन संक्रमणको धेरै सम्भावना नै यौनाङ्गहरूको सरसफाइ नहुनुले हो । किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भएर काम गरेकि भक्तपुरकि नविना सुवाल भन्नुहुन्छ “यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या अरू समस्याहरू भन्दा धेरै हुनेगरेको र किशोर भन्दा किशोरीहरूमा धेरै भएको पाएको छु ।” यौनाङ्गको महत्वका बारेमा उनीहरूलाइ राम्रो जानाकारी नहुनाले नै किशोरावस्थाको सुरुवात तिर यौन संक्रमण हुनेगरेको उहाँको भनाइ छ ।

    मेरो योनी कस्तो छ भनि किशोरीहरूलाई आफ्नै यौनाङ्गहरू हेर्न निकै असजिलो हुन्छ । ‌ऐनाको सहयोगमा हेर्न त सकिन्छ तरपनि अधिकांश किशोरीहरू आफ्नै योनी हेर्न लजाउँछन । कतिपयले जीवन भरी आफ्नै चाहिँ योनी हेरेका हुदैनन । यसैबाट पनि थाहा हुन्छ कि मानिसले आफ्नो यौनाङ्गको सरसफाइमा कतिको ध्यान दिएको हुन्छ भनेर ।

    किशोरकिशोरीहरूले यसका बारेमा शिक्षा पाउँने मुख्य दुईवटा स्रोतहरूमा पहिलो  अभिभावक र अर्को शिक्षाहरू नै हुन । उनीहरूबाट यौनाङ्गको बारेमा राम्रो जानाकारी पाउँने अवस्था अधिकांश बालबालिकाको लागि बनेको छन । न त बालबालिकाले सोध्न सक्ने अवस्था नै बनेको छ । किशोरावस्था पूर्व नै उनीहरूलाई सहज तरिकाले  सिकाउँने र सचेत गराउँने हो भने ती चुनौतिहरू धेरै नै रोकथाम गर्न किशोरकिशोरीहरू आफैं सक्दछन ।

    दिसा पिसाब गर्ने बेला र गरिसके पछि, नुहाउँदा र अरु बेलामा पनि अनिवार्य रूपमा सरसफाइ गरेमा यौनजन्य संक्रमणबाट बच्न सकिन्छ ।

    महिला र पुरुष प्रजनन अङ्गहरू फरक त हुन्छन् तर सरसफाइ चाहिँ सबैको लागि बराबरी महत्वका हुन्छन ।

     

    तपाइको मत
  • भिडियो सामाग्री