• २०८० जेष्ठ १९, शुक्रबार
  • |
  • Friday 2nd June 2023
  • शुक्रकीट कसरी बन्छ, कसरी निस्कन्छ ?

    २० कार्तिक २०७४, सोमबार ०७:३८

    किशोरावस्था देखि हस्तमैथुन गर्न थाल्ने किशोरकिशोरीहरू धेरै नै हुन्छन । समय र सहमतीको अनुकुलता मिलेसम्म  यौनसम्पर्क पनि गरेका हुन्छन । यो अच्चम होइन, बरु यो अवस्थालाइ स्वीकार्दै उनीहरूलाई यौनका जोखिम व्यवहार अपनाउँनबाट चाहिँ बचाउँने जीवनोपयोगी सीप सिकाउँनु पर्ने काम चाहिँ जरुरी बन्दै गएको छ ।

    लिङ्गबाट उत्तेजित पाराले साह्रै आनन्द आउँनेगरी निस्कने विर्य पनि देखेका हुन्छन । राम्रैसँग नियालेका हुन्छन । कसरी बनेको होला भन्ने सोचेका हुन्छन । यसका बारेमा समयमै सही शिक्षा नपाए उनीहरूका दौतरीहरूबाट विर्य र शुक्रकीटका बारेमा अनेकौं भ्रमहरू सुनेका हुन्छन । त्यही भ्रम युवाअवस्था देखि वयस्कसम्म रहिरहन सक्दछ । किनकि हाम्रा विद्यालयमा यस्ता किसिमले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा पढाइ हुदैन । ती अनेकौं भ्रमहरू मध्ये शुक्रकीट र वीर्य एउटै हो भन्ने भ्रम पनि धेरैलाइ छ ।

    कसरी बन्छ शुक्रकीट <

    अण्डकोष भित्र रहेको एक भागको भित्तो जसलाइ सेमिनीफेरस ट्युबल्स भनिन्छ, त्यहाँ स्परमेटोगोनिया नामका कोषहरू हुन्छन् । तिनै कोषहरू वृद्धि हुँदैजाँदा प्रारम्भिक स्परमेटोसाइट्सहरू बन्छन् । यस्ता प्रारम्भिक स्परमेटोसाइट्सहरूको मियोटिक विभाजन हुन्छ र द्वितीयक स्परमेटोसाइट्स बन्छन् । स्परमेटोसाइट्सहरू विकास भएर स्परमाटिड्ज बन्छन् । स्परमाटिड्जमा २३ ओटा मात्र क्रोमोजोमहरू हुन्छन् । स्परमाटिड्ज वृद्धि भएर पूर्णरूपको शुक्रकीट वन्छ । यो सम्पूर्ण प्रक्रियालाई स्परमाटोजेनेसिस भनिन्छ । एउटा स्परमेटोगोनियावाट करीव ५१२ शुक्रकीटहरू तयार हुन्छन् । यो प्रक्रिया पूरा हुन मानव जातिमा चाहिँ करीब ७४ दिन लाग्छ । अण्डकोषमा यसरी तयार भएका शुक्रकीटहरू अण्डकोषको इपिडिडाइमिसमा परिपक्क हुनथालेका हुन्छन् । शुक्रकीटहरू एकदम सक्रिय तरिकाले चलायमान भएनन् भने लिङ्गबाट बाहिर आउँनै मान्दैनन किनकि निस्कनै गाह्रो हुन्छ । एक पटक स्खलन हुँदा १० औं लाख शुक्रकीटहरू निस्केका हुन्छन । यदि गर्भधारण भयो नै भनेपनि जस मध्ये एउटा शुक्रकीट मात्र भाग्यमानी हुन्छ । बाँकि अरू सबै मर्छन ।

    शुक्रकीट बन्नको लागि चाहिने तापक्रम शरीरको तापक्रमभन्दा कम हुनुपर्छ । अण्डकोषहरू बाहिरी शरीर भन्दा अलग्गै छालाको थैलोमा झुण्डिएर बस्नेभएक हुनाले यिनले करीब ३२ डिग्री फरेनहाइटको तापक्रम निर्धारण गरिरहेका हुन्छन् । यो तापक्रम शरीरको सामान्य तापक्रमभन्दा ५ डिग्री फरेनहाइटले कम हो । यदि अण्डकोषमा तापक्रम बढी भयो भने शुक्रकीट बन्ने प्रक्रियामा असामान्य स्थिति सिर्जना हुन्छ । धेरै तातो भयोभने बन्ने प्रक्रिया नै रोकिन्छ ।

    शुक्रकीट निमार्ण हुनुको साथै वीर्य थैलीमा वीर्य पनि उत्पादन हुन थाल्छ । शुक्रकीट त्यहि जोडिएको नली हुँदै वीर्य बनेर निस्कने नली (वीर्यबाहिनी नली) मा आइपुग्दा उत्पात्पादन भइ जम्मा भएको वीर्यले शुक्रकीट बचाउँन खानाको वातावरण बनाउँछ अर्थात वीर्य भनेको शुक्रकीटको लागि बाटोको सुरक्षा दिने र बाँच्नका लागि खाने रासन पानी हो ।

    लिङ्ग उत्तेजित भएर यौन क्रियाकलापमा संलग्न हुँदा यौन उत्तेजना चरम विन्दुमा पुग्छ र त्यहि विन्दुमा वीर्य स्खलनको प्रक्रिया सुरु हुन्छ । वीर्यको अघिअघि शुक्रकीट कुदेको हुन्छ । त्यत्ती नै बेला मांसपेशीहरूको आनन्दायी सङ्कुचन हुन्छ, जसलाई चरम आनन्द भनिन्छ जतिबेला लि∙बाट जोडतोडको बलले वीर्य बाहिर निस्किन्छ । यही चरम आनन्दका कारण यौनसम्पर्क गर्न नपाए पनि मानिसहरू हस्तमैथुन गर्न मनपराउँदछन । एक्कै छिन त आनन्दमा लीन् हुन्छन् ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री