[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. मानिसका विभिन्न यौन ब्यवहारहरू | Yaunik Media
  • २०८१ चैत्र १, शनिबार
  • |
  • Saturday 15th March 2025
  • मानिसका विभिन्न यौन ब्यवहारहरू

    २९ कार्तिक २०७४, बुधबार २०:१३

    मानिस जन्मसिध्द यौनिक हुन्छ । यो कुरा विश्व चर्चित मनोविद् फ्रायडले पनि भनेका छन । त्यसमा पनि कोहिकोहि मानिसहरूले त निकै भिन्न किसिमका यौन व्यवहारहरू अपनाएका हुन्छन । यौन मनोविद्हरूको भनाइमा मानिसहरूका ती हिंसात्मक यौन व्यवहार र दुष्चरित्रका दृष्टिकोणले यसलाइ विभिन्न प्रकारका समूहगत रुपमा विभाजन गरेको  छ ।

    फेटिशिज्म (Fetishism)

    यौन उत्तेजनामा आउनका निम्ति व्यक्तिले यौनाङ्ग बाहेक अन्य अड्गहरूलाई प्रयोग गर्दछन । त्यसका अलावा कतिपय मानिसहरू निर्जीव बस्तुहरूको पनि प्रयोग गर्दछन । जस्तै भित्री कपडा, मोजा, सिरक, सिसानी, आदिको प्रयोग गर्छन भने यस्ता यौन व्यवहार गर्ने व्यक्तिलाइै फेटिस भन्नेगरिन्छ । केही व्यक्तिहरू यो वस्तुहरूसंग नै यौनसम्पर्क गर्ने पनि गर्छन् तर धेरै जसो फेटिसहरू यस्ता बस्तुहरू सहायक उत्तेजकको रूपमा मात्र पयोग गर्दछन् ।

    एक्जीभिसनिज्म (Exhibitionism)

    कोहिकोहि पुरुष या महिला यदि कुनै न कुनै बहाना बनाएर आफना यौनाड्गहरू अरूलाई देखाएर त्यो द्ख्नेहरूको प्रतिक्रियाबाट यौन सन्तुष्टि लिने गर्छन्  भने त्यस्तो व्यवहारलाइ एक्जीभिसनिज्म भनिएको हो । कतिपय पुरुष प्रदर्शकले आफ्नो उत्तेजित लिड्गलाई भिडभाडमा देखाएर आनन्द लिन्छन । त्यस्तैगरी महिला प्रदर्शकले पनि कुनै न कुनै बहाना वा फेसनलाइ आधार बनाएर आफ्ना स्तन या योनी देखाएर पनि यौन आनन्द लिएका हुन्छन । यस्तो व्यवहारको प्रदर्शनी खेल मैदानमा वा कुनै किसिमको मेला वा साँस्कृतिक समारोहहरूमा पनि हुने गरेको पाइन्छ ।

    स्याडो म्यासोइसम  (Sadomasochism)

    यो व्यवहार त सुन्दा पनि अचम्म लाग्छ ।  यदि कोहि व्यक्तिले आफ्नो यौनजोडीलाई पीडा दिएर या यौनजोडीबाट पीडा दिनगाएर यौन आनन्द लिन्छ भने यस्तो व्यवहारलाई स्याडो म्यासोइसम भन्दछन । यस्तो यौन व्यवहारमा संलग्न व्यतिलाई अरूलाई बाधेर या पिटेर या आफुलाई बाध्न लगाएर या पिट्न लगाएर यौन सम्पर्कमा संलग्न हुन्छन र चरम आनन्द लिन्छन ।

    भोयोरिजम (Voyeurism)

    कोहि मानिसहरू अरूले नुहाएको, कपडा फेरेको वा यौन सम्पर्क गरेको लुकिछिपी हेरेर आनद  लिने गर्छन् । यस्तो व्यवहारलाई भोयोरिजम भनिन्छ । यस्ता व्यक्तिहरू कुनै जोखिम बिनानै यौन सन्तुष्टी लिन चाहन्छन् । किनकि उनीहरू आफुले यौनसाथीसँग यौनसम्पर्क गर्न असक्षम भइएला वा प्रस्ता नै अस्वीकार गर्ने होला भन्ने डर मनमा राख्ने हुनाले यस्तो व्यवहार अपनाएका हुन्छन ।

    पेडोफिलिया (Pedophilia)

    बालबालिका प्रतिको यौन आकर्षित हुनु, यौनकल्पना गर्नु र यौन व्यवहार अपनाउँनु वा यौनसम्पर्क गर्ने जस्ता यौन व्यवहारहरूलाई पेडोफिलिया भनिन्छ । यस्तो यौन चाहना हुने मानिसहरूले ससाना बालबालिकालाई पनि यौन दुर्वव्यवार गर्ने गर्दछन । जस्तै काखमा लिइ संवेदिनसिल अड्गहरू छोएर वा चलाएर या छुन लगाएर या यौनसम्पर्क राखेर आदि । यस्तो प्रकारको यौन व्यवहार गर्ने व्यक्तिहरू संगै बस्ने परिवारका सदस्यहरू आफन्त छिमेकी नै सबै धन्दा बढि हुने गरेको अध्ययनहरूले पनि बताएको छ । विशेष गरी बाल आश्रामहरूका व्यवस्थापकहरूबाट नै यस्तो व्यवहार भएको समाचार बेला बखत आउँने गरेको पाइन्छ । यस्ता व्यभिचारी मानिसहरू कतिपयले बालबालिकाले थाहा नपाउने वा ज्ञान नहुने तरिका अपनाएर गरेका हुन्छन । यदि थाहा पाउँने अवस्थाका बालबालिका भएमा डर धम्कि देखाएर परिवारका सदस्यलाई थाहा नहुने तरिका अपनाएर यौन दुर्व्यवहार गरेका हुन्छन् ।

    फ्रोटयूरिजम (Frotteurism)

    अरूको इच्छा विरुध्द आफ्नो योनाड्ग अरूको शरीरमा दल्ने या कुनै अप्ठ्यारो अवस्थाको फाइदा उठाएर अरूको यौनाड्ग छुने या मुसार्ने जस्ता असभ्य किसिमले गरिने यौन व्यवहारलाई फ्रोट्युरिसम भन्दछन् । भिडभाडमा फाइदा उठाएर यस्तो गतिविधि गर्नेहरू विशेष गरी पुरूषहरू धेरै हुन्छन् । यस्ता व्यक्तिहररू अरूलाई दुख दिएर आफुले यौन आनन्द लिन्छन् ।

    विष्टियालिटी (Bestiality)अथवा पशुकरणी

    प्राचिन तथा दन्त्य कथाहरूमा पनि सुनिदै आएको वा हालको समाजमा पनि यदाकदा मानिसले पशुकरणी गरेको घटनाहरू सुन्न पाइन्छ ।  पशुहरूलाइ मानिसले यौन सम्मर्क गर्नु वा गर्न लगाउँने यौन व्यवहारलाइ विष्टियालिटी भनिएकोछ । यस्तो कार्य समाजमा लुकेको अवस्थामा छ । यस्तो व्यहार अपनाउँनुमा व्यक्तिहरूमा यौन कुण्ठा धेरै हुनाले भएको मनोविदहरूको भनाइ छ । पशुहरूबाट विरोध प्रकट र्हुदैन र पशुलाई सजिलै नियन्त्रण गर्न सकिन्छ भन्ने दृष्टिकोणले पशुकरणीमा संलग्न हुन सक्छन् । यसलाइ पनि गम्भिर अपराध वा यौन हिंसाको रुपमा लिइन्छ र नेपालको कानुनमा पशुकरणी गर्नेलाइ सजाएको व्यवस्था गरिएको छ ।

     

     

     

    तपाइको मत
  • भिडियो सामाग्री