धेरै मानिवसहरूले नि:सन्तान र बाँझोपनलाई एकै अर्थमा बुझ्ने गरेकछन तर यो फरक अवस्था हो ।
के हो नि:सन्तान (sterility) भनेको ?
सन्तान उत्पादन क्षमता नहुनु नै नि:सन्तान हो । प्रजनन स्वास्थ्यका विभिन्न समस्याका कारणले प्रजनन उमेरमा पनि सन्तान उत्पादन हुन नसक्नु वा सन्तान उत्पादन क्षमतामा ह्रास आउँछ र उपचार गरेर पनि सन्तान उत्पादन गर्न सक्ने अवस्था सिर्जना भएको हुन्छ । बाल्य अवस्था वा बृध्दा अवस्थाका कारणले सन्तान उत्पादन गर्न नसक्नुलाई भने नि:सन्तान भएको भन्न मिल्दैन ।
कसरी हुन्छ नि:सन्तान ?
- जन्मजात जनेन्द्रीयहरूमा वा प्रजनन प्रणालीमा दरावी देखिएमा,
- किशोरावस्था देखि नै महिनावारी नभएको भए,
- स्थायी नै रुपमा बन्धाकरण गरिएको भए,
- जटिल किसिमको बाँझोपन भएको भए ।
के हो बाँझोपन (Infertility) भनेको ?
लगातार एक बर्षसम्म महिला र पुरूष (श्रीमान श्रीमति) ले सन्तान जन्माउँने अभिलाशाले यौन सम्पर्क गर्दा पनि गर्भधारण नभएको अवस्था बाँझोपनि हो । नि:सन्तान उपचार नहुने अवस्था हो भने बाँझोपन उपचार हुने अवस्था हो ।
कसरी हुन्छ बाँझोपन ?
- महिलाको डिम्ब र पुरुषको शुक्रकिट उत्पादनमा खराबी भएमा
- कम्जोर र कम्सल किसिमको शुक्रकिटको उत्पादन भएमा
- जन्मजात वा जन्मेपछि पनि कुनै कारणले पाठेघर वा पाठेघरको डिम्बबाहिनीनलीमा कुनै खरावी भएमा
- यौन सम्पर्क पछि निशेचित भइ पाठेघरमा गर्धारण गरेको डिम्ब अडिन नसकि झरीरहने अवस्था।
- भ्रुणको विकास राम्ररी हुने अवस्था नआएमा
- भ्रुणको विकास हुन तथा भ्रुण पाठेघरमा रहिरहन सक्ने हुन आवश्यक हर्मोनहरूको कमि भएमा
- शुक्रकिट र डिम्ब बन्ने प्रकृयामा गडबढी आएमा
- लिङ्गले काम गर्नै छोडेमा
महिला वा पुरूषमा कसलाई बढी निसन्तान वा बाँझोपन हुन्छ ?
अध्ययनहरूले बताए अनुसार एक तिहाइ पुरुषमा हुन्छ ।