• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • आनन्दमय यौनसम्बन्धले अन्योलको गर्भ

    २८ मंसिर २०७४, बिहीबार १६:३४

    काभ्रे फूलवारीकी १५ वर्षीया सुनीता (नाम परिवर्तन) काठमाण्डौ स्थित एउटा क्याविन रेष्टुरेण्टमा काम गर्थिन । सजिलो काम हुन्छ भनेर छिमेकी एकजना आफन्त दिदीले झुक्याएर क्याविन रेष्टुरेण्टमा काममा लगाइन । शुरुमा त निकै अप्ठ्यारो भयो र विस्तारै काम गर्ने बानी पर्यो ।  पैसाको प्रलोभनमा परेर एकजना ग्राहकसँग पहिलो पटक उनको यौन सम्पर्क भयो र त्यो क्रम एक महिनासम्म चल्यो । अन्तत उनीहरू दम्पती भएर सगैं बस्न थाले ।

    सुनीताले आफ्नो महिनावारी रोकिएको थाहा पाइन् । निकै दुई महिना पछि उनलाई याद आयो कि महिनावारी भएन भनेर । उनले दिदीलाई सोधिन । दिदीले हल्का तरिकाले जावफ दिईन “सुरुसुरु बेला कहिलेकाही महिनावारीमा दुई÷तीन पहिना ढिलो हुन्छ” । दिदीको कुरामा सुनिता ढुक्क भइन् ।

    समय वित्दै गयो । रेष्टुरेण्टमा आउने ग्राहकहरूले स्तन चलाउँदा उनलाई असाध्यै दुख्न थाल्यो  । छिन छिनमा पिसाव लागिरहन्थ्यो । थोरै काम गर्दा पनि थकाइ लाग्थ्यो । उनलाई  कुनै ठूलै रोगले समात्दैछ चिन्ता चिन्ता बढ्दै थियो । एक दिन स्वास्थ्य जाँच गर्न श्रीमान्सँग ल्किनिकमा गईन् । गर्भवती भएको रिपोर्ट आयो । उनी असाध्यै डराइन । श्रीमानले गर्भपतन गराउन दबाव दिए तर सुनीताले मानिनन् । गाउँमा गर्भपतन गराएकै कारण छिमेकी एकजना भाउजुको मृत्यू भएको उनलाई राम्रै थाहा थियो ।

    गर्भवती भएको चार महिना वित्यो । श्रीमान पनि डेरामा आउन छाडेको एक महिना भईसकेको थियो । सुरक्षित गर्भपतन गर्न पनि पाईन्छ भन्ने जानाकारी उनले पाईन तर श्रीमानसँग त्यहि सहमति गर्न चाहिकि थिइन तर श्रीमान नआएकोले उनी अलमलमा थिइन । श्रीमनको जागिर एअरपोर्टमा छ भन्ने कुरा मात्रै उनलाई थाहा थियो तर कुन अफिसमा हो < के काम हो < केहि थाहा थिएन ।

    एअरपोर्ट भित्र धेरैपटक घुमिन । केहि मानिसहरूलाई त सोधिन । कति दिन मुल गेटमा अफिल लाग्ने समय र छुट्ने समय पारेर ढुकेर बसिन । भेटिनन । त्यस पछिका दिन उनको लागि कहाली लाग्दो हुन थाल्यो । फर्केर घर जाने आँट गर्न पनि सकिनन् न त चुनौतीको सामना नै गर्न सकिन । कोटेश्वरमा परिवार नियोजन संघमा गर्भपतन गराउँन भनेर एक्लै गइन । गर्भ ‘१२ हप्ता वितिसकेको हुनाले त्यस्तो गर्भपतन गराउँन खतरा हन्छ भनेर फर्काइ दिए । सुनीता अन्धकार भविष्य सम्झेर रूदै फर्किइन् ।

    सुनिताले किन थाहा पाइनन गर्वती भएको रु

    पहिलो कुरा त सुनिता किशोरी थिइन । यो उमेरमा यौन जिज्ञाशा हुन्छ तर यौन सम्पर्क गर्दा के के के समस्या परिआउँछ भन्ने अन्दाज नहुनसक्छ । गर्भवती हुँदाको लक्षणहरूका बारेमा राम्रो जानाकारी नहुनु स्वभाविकै हो । जबकि गर्भवती भएको एक देखि दुई हप्ता भित्रै नै धेरै लक्षणहरू थाहा पाउन सकिन्थ्यो ।  मान्छे अनुसार केहि फरक पर्ने भएपनि प्रायः सवैमा मिल्दो जुल्दो लक्षणहरू निम्न अनुसार हुन्छन् ।

    • महिनावरी वन्द हुन्छ ।
    • अघि पछिको भन्दा छोटो र हल्का महिनावरी पनि हुन सक्छ ।
    • स्तन सुन्निएको जस्तै हुन्छ र चलाउँदा दुख्छ । स्तनको मुन्टा निचोर्दा चिल्लो पदार्थ आउछ ।
    • छिनछिनमा पिसाव लाग्छ ।
    • थकाई लागेको अनुभव हुन्छ ।
    • प्रायः विहान पख रिङ्गाटा लाग्ने र वान्ता हुने हुनसक्छ तर सधैं चाहिँ हुदैन ।
    • कुनैकुनै खानेकुरा प्रति नाक लाग्छ (गन्ध मननपरेर खान मन नलाग्ने) ।
    • मन चञ्चल भइरहन्छ ।
    • तल्लो पेट दुख्छ र महिनावारी भएको जस्तै अनुभव हुन्छ ।

    गर्भवती भएको हो होइन पिसाबको जाँच गरेर थाहा पाउँन सकिन्छ । यदि त्यो अनिच्छित गर्भ हो भने वा जोखिम किसिमको छ भने स्वास्थ्य मन्त्रालय अन्तर्गत परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतनको लागि इजाजत पाएका कुनै पनि स्वास्थ्य केन्द्र, अस्पताल वा ल्किनिकहरूबाट गर्भपतनको सेवा प्राप्त गर्न सकिन्छ ।

    महिनावारी हुने समय भन्दा दश दिन बढि हुँदापनि भएन भने गर्भवती भए नभएको जाँच गर्न सकिन्छ । यस्तो किसिमको जाँच प्रिग्नेन्सी टेष्ट किड किनेर घरमै पनि जाँच्न सकिन्छ तर प्रयोग गर्ने बारे चाहिं राम्रो जानकारी हुन जरुरी छ ।

    निर्णय गर्न सल्लाह चाहिन्छ

    वच्चा जन्माउने कि नजन्माउने सहमतिमा निर्णय गर्नुपर्दछ र विषेश गरी महिलाको निर्णय प्रमुख हुन्छ । यस्तो निर्णय गर्न ढिला गर्नज हुँदैन किनकि १२ हप्ता पछि गर्भपतन गर्नु हुँदैन र जति चाँडो गर्भपतन गरायो उति नै स्वास्थ्यमा प्रतिकुल असर पर्दैन ।

    तपाइको मत
  • भिडियो सामाग्री