[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. मुनिताको यौनसम्बन्धले गर्भपतनमा पुर्यायो । | Yaunik Media
  • २०८२ जेष्ठ ६, सोमवार
  • |
  • Monday 19th May 2025
  • मुनिताको यौनसम्बन्धले गर्भपतनमा पुर्यायो ।

    ५ पुष २०७४, बुधबार ०५:४३
    • – अनुश्रिया थापा/

    मुनिता (नाम परिवर्तन) नुवाकोट जिल्लाको वेत्रावतीबाट काठमाण्डु बौध्दमा रहेको एउटा गलैँचा कारखानमा उनको नातेदारको पछिलागेर काम गर्न आएकी थिइन । लगभग एक बर्ष पछिको कुरा हो, एक दिन आफ्नो ब्वाइ फ्रेण्ड्को दबावमा परेर उनी यौन सम्पर्क गर्न वाध्य भइन् ।

    नियमित रुपमा हुने महिनावारी नभएपछि आफु गर्भवती भएको थाहा पाइन । आफु गर्भवती भएको बारे सँगै काम गर्ने दिदीलाई बताइन । त्यो कुरा ब्वाइ फ्रेण्डलाई पनि बताइन तर त्यपछि उसको ब्यबहार विस्तारै फरक भएको थाहा पाइन । किरव दुई हप्ता पछिदेखि उनको ब्वाइफ्रेण्ड त्यहाँबाट हरायो । मुनिता ठुलो तनावमा परिन । केहि उपाए ननिस्केपछि उनले आफ्नो मन मिल्ने साथीहरूसँग पीडा पोखिन । किनकि उनी आफ्नो यो कुराको गोपनीयता कायम होस भन्ने चाहन्थिन ।

    मुनिता सहयोगको लागि निकै भौतारिइन । उनलाई साथीहरूले निकै सहयोग गरे । साथीहरूको सहयोगमा उनले पहिला गर्भ जाँच गराईन र त्यसपछि प्रशासनमा आफु माथि भएको अन्यायको बारे उजुरी दिइन । अन्त्यमा साथीहरूको सल्लह अनुसारमा त्यहि रहेको स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्रप्त ल्किनिकमा गएर सुरक्षपत गर्भपतन गराईन ।

    क्लिनिकका स्वास्थ्य कर्मीका अनुसार यौन सम्पर्क भएको बहत्तर घण्टा भित्र आकस्मिक गर्भनिरोधको उपचार गर्न सकिन्थ्यो तर त्यो समय गुज्री सकेको थियो । त्यसले स्वास्थ्य कर्मीकै परामर्शमा गर्भ पतन गर्नु परेको हो । यो परिवार नियोजनको विधि चाहिँ होइन तर अनिच्छत गर्भ रहँदा र आकस्मिक गर्भ निरोधको समय पनि गुज्रिए पछि अप्ठ्यारो अवसमा गरिने उपचार हो भन्ने कुरा मुनिताले पनि त्यहि ल्किनिकमा गएर थाहा पाइन् ।

     किन हुन्छ असुरक्षित गर्भपतन ?

    सुरक्षित गर्भपतन्, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य सेवा तथा परामर्श आदि काम गर्ने संस्थाहरू विभिन्न ठाउहरूमा स्थापना भएको धेरै मानिसहरूले थाहा पाएका त हुन्छन तर थोरैले मात्रै त्यहाबाट सेवा लिएका हुन्छन् । धार्मिक सांस्कृतिक परहेजको वावजुद पनि सुरक्षित गर्भपतन गराउनेहरू त अति नै कम हुन्छन् । किनकि त्यहाँ जाँदा मानिसहरूले थाहा पाउलान भन्ने डर मानेका हुन्छन । त्यसैले निकै गोपनीयता अपनाउँदा असुरक्षित तरिकाले गर्भ पतन गराउँदा ज्यान समेत गएको हुन्छ ।

    प्रजनन् स्वास्थ्य सेवाको विस्तारलाई व्यवस्थित गर्न र दुरुपयोग हुनुबाट बचाउँन महिलाहरूलाई सशक्तिकरण गर्ने प्रभावकारी कार्यक्रम हुनु पर्दछ । ती संस्थाहरूका सेवालाई पनि मैत्रीपर्ण बनाउनु पर्छ । जसले गर्दा महिलाहरूले आफ्नो समस्यालाई सजिलैसग बताउन सक्छन् । उचित समय भित्र नै अनिच्छत गर्भपतन गराउन सक्छन् र मातृ मृत्युदर पनि अपेक्षित रुपमा घट्न सक्छ ।

    गर्भपतन गराउन जादा डाक्टरले सोध्न सक्ने सम्भावित प्रश्नहरू :

    • गर्भ रहेको कति हप्ता भयो ?
    • के गर्भपतन गराउने तपाईको आफ्नै निर्णय हो ?
    • तपाई किन गर्भपतन गराउन चाहनुहुन्छ ?
    • के तपाई गर्भपतन गराउन तयार हुनुहुन्छ ?
    • तपाईको परिवारमा को को हुनुहुन्छ ?
    • तपाई के काम गर्नुहुन्छ ?
    • कुनै यौन समस्या वा संक्रमण भएको छ आदि ।

    गर्भपतन गर्नु अगाडि डाक्टर तथा अन्य स्वास्थ्य कर्मीहरुले निम्न तयारीहरू गर्दछन् :

    • गर्भ बसेको समय बताएको अनुसार ठीक मिल्छ कि मिल्दैन भनेर त्यसको जाँच गर्छन् र गर्भ पतन गर्ने समय उपयुक्त छ वा छैन भनि निर्णय गर्छन् ।
    • कुनै डर, संकोच वा भ्रम छ कि छैन भनी खोजीनीति गर्छन् ।
    • गर्भपतन गर्दा के के प्रकृया अपनाइन्छ भनेर सेवा ग्राहीलाई बताउँछन् ।
    • अन्य स्वास्थ्य अवस्थाको बारे पनि खोजिनीति गर्छन किनकि यदि कसैले औषधी खाइरहेको छ भने ती औषधीहरूको बारेमा राम्रो जानकारी लिएर मात्र गर्भपतन गराउनु पर्ने हुनसक्छ ।
    • गर्भपतन गर्ने दिन निश्चित गरेर बोलाउँछन् र त्यस दिन सहयोगी साथी पनि लैजानु पर्छ । कुनै कुनै क्लिनिकहरूमा त गराउन मिल्ने अवस्था भए त्यही दिन पनि गर्भपतन गराउन सकिन्छ ।
    • यदि कुनै यौनजन्य संक्रमण छ भने पहिला त्यसको उपचार गरेर निको भए पछि मात्रै गर्भपतन गराउने योजना बनाउँछन् ।

    गर्भपतन गराउँन जाँदा कसैको पनि स्वीकृती पत्र चाहिँदैन । कोहि पनि डाक्टरहरू र स्वास्थ्य कर्मीहरु कसैले पनि महिलाहरुले गर्भपतन नगरुन भन्ने चाहन्छन् किनकि तिनीहरू पनि गर्भपतनलाई धर्म र संस्कृतिसँग जोडेर हेर्ने गरेका हुन्छन । यस्तो अवस्था अचानक र ठुलै अप्ठ्यारो परिस्थितिले मात्रै आइपर्छ ।

    गर्भ पतन गराए पछि पनि एक हप्ता भित्र स्वास्थ्य अवस्थाका बारेमा राम्रोसँग जाँच गराउनु पर्छ । आफुलाई धेरै अप्ठ्यारो भएको वा रगत वगेको छ भने डाक्टरलाई तुरुन्तै खबर गर्नु पर्दछ । महिनावारी भएको बेलामा जस्तो रगत बग्न सक्छ तर त्यसले हानी पु¥याउदैन । सुतिको सफा प्याड घरमै बनाएर पनि लगाउँन सकिन्छ । डाक्टरले अर्को पटक जाँच्नको लागि जुन दिन बोलाउछन् त्यसै दिन जानु पर्छ ।  ख्याल गर्नु पर्ने कुरा के हो भने डाक्टरले दिएका सबै औषधिहरू भने अनुसारकै समयमा खानुपर्छ ।

    गर्भपतन गरेको भोलि पल्ट नै आफ्नो नियमित काममा जान सकिन्छ । डाक्टरको सल्लाहलाई सधै ध्यान दिनुपर्छ । केहि दिनमा नै सम्पुर्ण रूपमा पहिलाको जस्तै तन्दुरुस्त भइन्छ ।

    गर्भपतन गर्नु परेको अवस्थालाई धेरैले विर्सदैनन् । धेरै भ्रमपूर्ण कुराहरू सुनेका र धार्मिक तथा सांस्कृतिक प्रभावले गर्दा मनमा अनेकौ चिन्ता लाग्न सक्छ । यदि त्यस किसिमका कुनै चिन्ता वा समस्या परेको छ भने आफुले गर्भपतन गराएको क्लिनिक मै गएर आफुलाई लागेको सबै कुरा बताउनु पर्छ । त्यहाँ उचित परामर्श पनि पाइन्छ ।

     गर्भ पतन गराएपछि फेरि कहिले देखि यौनसम्पर्क गर्न मिल्छ ?

    योनिबाट रगत बग्न बन्द भए पछि मात्रै हुन्छ तर गर्भवती बन्ने योजना नबनाएसम्म चाहिँ गर्भनिरोधको कुनै पनि अस्थाई साधन प्रयोग गर्नुपर्छ । त्यसको लागि कण्डम चाहिँ सवैभन्दा उपयुक्त हुन्छ । जसले   अनिच्छित गर्भकासाथै यौनजन्य संक्रमणबाट पनि जोगाउन सक्छ । अन्यथा फेरिपनि अनिच्छित गर्भ रहन सक्छ र फेरि पनि गर्भपतन गर्ने ल्किनिकतिर धाउन पर्ने हुन्छ । पटक पटक गर्भपतन गराउँनु भनेको बाँझोपन हुनु हो । बरु सन्तानको इच्छा पुगेको भए स्थायी बन्ध्याकरण गर्नु पनि एउटा उचित विकल्प हुन सक्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री