[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. विन्दुको बैस, यौनहिँसा र यौन शिक्षा | Yaunik Media
  • २०८२ जेष्ठ ४, शनिबार
  • |
  • Saturday 17th May 2025
  • विन्दुको बैस, यौनहिँसा र यौन शिक्षा

    १४ पुष २०७४, शुक्रबार १३:३०
    • रेखा थापा मगर/

    विन्दु अब तरुनी देखिन थालेकी छिन । उसै पनि राम्री त्यसमा पनि बैसले उनलाई झन् राम्री बनाइदिएको छ । गाउँटोलका ठिटाहरू बीच उनको बैंसको चर्चा चल्न थालेका छ । उनको बैंसको इर्श्या गर्नेहरू पनि कम छैनन । विन्दुको यौनिकता प्रति हुरुक्क हुनेहरूमा ठिटाहरू मात्रै होइनन कि बयस्क र बुढाहरू पनि चोरीचरी बैसालुपनको नशामा दृष्यस्वादन गर्न पछिपर्दैनन ।

    सुन्दरता अर्थात यौनिकता विन्दुको अमुल्य सम्पति हो । उनी भाग्यमानी पनि हुन यति धेरै प्रशंसक हुनुमा । जीवनमा एक पटक छोटो समयको लागि रहने बैंसको सदुपयोग के हो र दुरुपयोग कसरी हुन्छ भन्ने राम्रो हेक्का विन्दुलाई छैन । कसैले जिस्किदा कहिलेकाहिँ उनललाई दिक्क लाग्छ तर कसैले पनि नजिस्क्याउँदा पनि उनलाई सुन्यता लाग्छ । उनलाई गर्लफ्रेन बनाउँनेको निकै तँछाडमछाड भएको भने उनलाई राम्रै थाहा छ ।

    एकदिन विन्दुलाई ट्युसन पढाउँने सरले मौका पारेर विन्दुलाई पाखुरामा समाएर आलिङ्गन गर्दै भन्यो æविन्दु आइ लभ यु । तिमी नाइ नभन । यदि तिमीले नाइ भ्यौ भने पनि म सबैलाइ भनिदिन्छु कि मैले विन्दुदाइ ट्युसन पढाउँदा सेक्स गरेँ ।

    विन्दु ठुलो परिबन्धमा र तनावमा परिन । उतिबेला सम्म सरले अङ्गालेर म्वाइँ खान लागिसकेको  थियो । अनायास विन्दु चिच्याइन र झनझन चिच्याइन । उनले सरको हात छुटाउँन प्रयत्न गरिन । एक्कै छिन बल बराबर भयो । उनले सरको वाखुरामा रिसको झोकमा टोकि दिइन । मुर्छा परेर उसले पनि करायो । जसको कारण मानिसहरूले त्यता तिर ध्यान दिए । मान्छेहरू आए । कुरा बुझे । सरलाइ पुलिस चौकी हुँदै कार्वाहीको प्रकृया अपनाए छिमेकीहरूले ।

    के हो यौन शोषण ?

    कसैको पनि इच्छा विपरीत हुनेगरी लोभलालचमा पारेर वा डर, त्रास प्रलोभनमा पारी  कसैको पनि यौनिकतामाथि दवावपूर्ण तरिकाले अधिकार जमाउनु÷जमाउन खोज्नु वा यौनिकतामा असर पर्ने गरी कुनै पनि कार्य गर्नु वा गर्न लगाउँनु यौन शोषण हो । त्यो भन्दा बढी हुदा यौन अङ्गहरूमा घाऊ, चोटपटक लाग्ने गरी गरेका सम्पूर्ण कार्यहरू पनि यौन हिंसा हो ।

    कुनैपनि प्रकारको हिंसामा परेका मानिसहरू हिंसाको प्रत्यक्ष असर यौन जीवनमा पनि परेको हुन्छ ।

    हिंसाको असर कस्तो परेको हुन्छ त ?

    यौनहिंसा भएको लगतै वा केही वर्षपछि पनि त्यसको असर देखापर्ने हुन्छ । यौनहिंसाले विवाह पछि पनि मनोविज्ञानमा र हिँसाको अवस्था अनुसार शारीरिकरुममा पनि नकारात्मक प्रभाव पार्न सक्दछ ।

    यौन हिंसा मानव अधिकारको उलङ्घन भित्रको जघन्य अपराध पनि हो । “दवावपूर्ण यौन सम्बन्धबाट प्रजनन स्वास्थ्यमा समस्या सिर्जना हुन्छ । कतिपय यौन हिँसामा असुरक्षित यौन सम्पर्क हुनेहुनाले एचआईभी तथा अन्य यौनजन्य सङ्क्रमण हुने, र अनिच्छित गर्भधारण, पनि हुनसक्छ । योनि रक्तश्राब वा सङ्क्रमण, र यौनिक इच्छा वा चाहनामा कमी, आउनुका साथै यौनाङ्ग वरपर चिलाउने, यौनसम्पर्कको बेलामा दुख्ने, प्रजनन अङ्गमा जटिल खालको दुखाई एवं मुत्र प्रणालीसँग सम्बन्धित अङ्गहरूमा सङ्क्रमण जस्ता समस्याहरू देखापर्ने हुन्छ ।”

    यौनजन्य हिंसा कहाँ र कोबाट हुन्छ ?

    • चिनेजानेको अथवा परिचित व्यक्तिबाट
    • अपरिचित व्यक्तिबाट

    हिंसाका कारण र परिणामहरू

    • पितृसत्तात्मक सोच र मान्यता
    • गरीबी, अशिक्षा
    • चेतनामा कमी
    • फितलो कानुन
    • धार्मिक कारण
    • राजनीतिक अस्थीरता
    • बदलाको भावना र शक्तिको प्रदर्शन
    • पुरुसार्थको गदत अवधारणा

     

    यौनजन्य हिंसाका स्वरूपहरू

    • यौन हैरानी
    • यौन दुव्र्यवहार वा दुरूपयोग
    • यौन शोषण
    • बलात्कार
    • हाडनाताकरणी
    • देहव्यापारका लागि मानव वेचविखन
    • प्रौढद्वारा आफुभन्दा निकै सानो उमेरका वालवालिकासँग यौन क्रियाकलाप गर्नु

    अभिभावक र शिक्षकको भुमिका

    अभिभावक, शिक्षक र समाजिक अभियन्ताहरूले बालबालिका तथा किशोरकिशोरीहरूलाई कुन व्यवबहार वा अवस्थालाई यौनहिंसा भएको मान्ने भन्ने बारेमा थाहा दिने,  । हिंसाबाट बच्ने र प्रतिबाद गर्ने जीवनोपयोग सीपहरू सिकाउँने । विशेषतः बालबालिका था किशोरकिशोरीहरूलाई यस्तो समस्या अधिक देखिने हुँदा उनीहरूलाई विशेष रूपमा अभिभावक तथा शिक्षकहरूले दिनसक्ने केहि जानाकारी निम्न अनुसारका छन्ः

    • नयाँ व्यक्तिले वा चिनजानेकै मानिसले पनि आफूमाथि अरूबेला भन्दा बढी उदारता देखायो वा अनावश्यक मायाँ देखायो भने वा अत्यान्तै सहयोगीको भूमिका निभाउँन खोज्यो भने उसँग सर्तक हुन जीवनोपयोगी सीप सिकाउँने ।
    • नयाँ व्यक्तिले आफूलाई कुनै नयाँ तरिकाले किन व्यवहार गरिरहेछ भनी सोच्ने बुझ्ने तरिकाहरूका बारेमा बताउँने । यदि यस्तो अनुभव भएमा वा व्यवहार थाहा पाइएमा सोबारेमा आफूभन्दा ठूलो कक्षामा पढ्ने विश्वास लागेका दाई वा दिदीहरू वा विश्वास लाग्ने अरू व्यक्तिलाई वा उवलब्ध भएमा शिक्षकलाइ जानकारी गराउने सल्लाह दिनु पर्दछ ।

    यौन हिंसाबाट बच्ने केहि तरीकाहरू

    • नयाँ र सुनसान ठाउँमा भरसक एक्लै नजाने ।
    • कसैको पनि कुनै किसिमका प्रलोभनमा नपर्ने र नपत्याउँने ।
    • अपरिचित मानिस वा परिचित भएपनि समाजमा नराम्रो व्यक्ति भनी चिनिएको ती व्यक्तिहरूले दिएको कुनै पनि खानेकुरा नखाने र कुनैपनि कुनै उपहार पनि नलिने ।
    • रातसाँझ एक्लै नहिंड्ने ।
    • कसैले विना कारण वा बहाना बनाएर जीऊमा छुने, र जिस्काउने गर्छ भने कुन नियतले त्यस्तो गरीरहेको छ राम्रोसँग बुभ्न सक्नुपर्छ र त्यसो नगर्न अनुरोध गर्ने र फेरिपनि दोहोर्याएमा प्रतिकार गर्ने ।
    • कसैले जब्बरजस्ती अनुचित व्यवहार गर्न खोज्दछ भने प्रतिकार गर्ने (चिच्याउने,, गुहार माग्ने, संवेदनशील अङ्गमा हान्ने, टोक्ने र त्यो व्यक्तिबाट उम्किने उपाय खोज्ने ।
    • आफ्नो साथीले यौनसम्पर्कको लागि दवाव दिएमा उसलाई सम्झाउने आफ्नो अवस्थाकोबारे  बताउँने आदि सिर्जनात्मक किसिमले सोचेर उपायहरू लगाउनु पर्दछ र जब्बरजस्ती गरेमा त्यस ठाउँबाट उम्कने उपाय निकाल्ने र त्यसपछि उसँगको सम्बन्ध टाढा बनाउँने । कहिल्यै पनि संगै नहिड्ने र नबस्ने ।
    • एकान्त ठाउँमा वा कसैको घरमा वा आफ्नै घरमा पनि बस्दा सुरक्षित उपायहरू अपनाउँने । शंकास्पद व्यक्तिसँग त एक्लै कहिल्यै नबस्ने ।
    • आफ्नै कोठामा पनि सुत्दा राम्रोसँग ढोका लगाएर मात्र सुत्ने ।
    • जाँडरक्सी वा लागुपदार्थ खाएको व्यक्तिको नजिक नबस्ने ।

    यौनहिंसाबाट बच्न किन यौनिकता शिक्षा आवश्यक छ ?

    जिवनोपयोगी सीपमा आधारित यौन शिक्षामा कसैले पनि कसैलाई शारीरीक, भावनात्मक तथा मानसिक दुःख र हैरानी दिनु वा हिंसा गर्नु हुदैन भन्ने पक्षको क्षमता वा आँटको विकास गर्न मद्दत गर्दछ । जस्तै M

    • कुनै पनि खालको हिंसाले यौन स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको हुन्छ
    • वालवच्चाको स्याहार सुसार
    • गर्भवति महिलाबाट प्रत्यक्ष गर्भको वच्चामा असर
    • सधै संकाको दृष्टिकोण
    • सामाजिक सम्बन्ध
    • व्यक्तित्व विकास

    हिंसाका का केहि सन्देशहरू   

    • कसैले पनि कसैलाई शारीरीक तथा मानसिक दुःख र हैरानी दिन हुँदैन
    • हिंसामा पर्नु हिंसा प्रभावित व्यक्तिको दोष होइन, बरू उसलाई सुरक्षा, सहयोग र आत्मारक्षाको अधिकार छ
    • पीडकलाई सुधार्न त्यति सजिलो छैन, तर पनि सुधार्न नै प्रयास गर्नुपर्दछ ।
    • कहिलेकाहीं पुरूषहरू पनि यौन हिंसामा परिरहेका हुनसक्छन्,
    • हिंसा प्रभावित व्यक्तिलाई पीडक हुन नदिने वातावरण निर्माण गर्नु धेरै राम्रो कुरा हो
    • हरेकलाई सम्मानित भई बाँच्न पाउने अधिकार छ, तर व्यक्तिले गरेका सबै कामहरू स्वीकार्य हुनुपर्छ भन्ने छैन
    • व्यक्तिबाट कतिपय त्यस्ता गलत यौनिक व्यवहार पनि हुनसक्छ जुन कुनै हालतमा पनि स्वीकार्य हुनसक्दैन ।
    तपाइको मत
  • भिडियो सामाग्री