• २०७७ साउन २६, सोमवार
  • |
  • Monday 10th August 2020
  • डिप्रेशन र यौन

    १८ पुष २०७४, मंगलवार १६:२०

    मानिसको दिमाग सबै भन्दा सम्वेदनशील र पहिलो यौन अंग हो । यौन इच्छा त्यही दिमागमा विकास हुन्छ र सोहि अनुसार अरू अङ्गहरू सकृय हुने र शरीरमा पनि परिवर्तनहरू आउने हो । ती तमाम काममा गराउँने यौनरसायानिक पदार्थहरूले स्नायू तन्तुहरू (Neurotransmitters)  सँग मिलेर काम गरेका हुन्छन् । मानिसलाई डिप्रेशन हुँदा तीनै यौनसम्बध्द रसायानिक पदार्थहरू पनि गढबढ हुन्छ । त्यसैका कारण डिप्रेशनको अवस्थामा भएका मानिसहरू प्रायः यौन इच्छा शक्ति कम हुनेगर्छ । धेरैले यो अनुभव गरेका हुन्छन ।

     

    निकै नै डिप्रेशनको अवस्थामा पुगेका मानिसहरू दुखि अनुभव गर्ने, एक्लै बस्न रूचाउने वा एक्लो भएको महसुस गर्ने, काम गर्न जाँगर हराएको हुने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, जस्ता समस्याहरूले लामो समयदेखी दुःख दिइरहेको छ भने उसलाई ‘डिप्रेशन’ भएको हो की भनेर शंका गर्न सकिन्छ ।

     

    अर्को कुरा के हो भने,  डिप्रेशन निकोपार्न भनि चिकित्सकहरूले दिने औषधीहरूले पनि यौन इच्छा शक्ति झन् विगार्न सक्छन् । तर सबै औषधीहरूले होइन । डिप्रेशनमा दिइने औषधीले यौनान्द प्राप्त गर्न नसक्ने, लिङ्ग उत्तेजित नहुने, यौन इच्छाशक्ति कम हुने आदि किसिमका असरहरू गर्छन् ।

     

    डिप्रेशनको उपचारका लागि समय अलिक बढि नै लाग्ने र त्यही अवधिमा औषधिको कारण पनि यौनस्वास्थ्य समस्या आउने हुँदा डिप्रेशन झन बढ्न सक्छ। यसकारण यस्तो अवस्थाका बारेमा डिप्रेशनमा परेका मानिसलाइ सजग र पुर्व तयारी हुनको लागि परामर्शकै क्रममा बताउँनु पर्दछ ।

    त्यसैले डिप्रेशनको उपचारका लागि जाँदा चिकित्सकहरूसँग यौन सम्बन्धका कुराका बारेमा पनि सोधपुछ गर्न विर्सनुहुन्न । चिकित्सकहरूले पनि खुलेर उपचारको अवधिमा पर्नसक्ने यौन अवस्थाका बारेमा बताउँनु पर्दछ । अनिवेर्य अवस्था सिर्जना नभएसम्म डिप्रेशनमा सकेसम्म औषधीहरूको प्रयोग नगर्दा राम्रो हुन्छ । मनो परामर्शबाट नै निको गर्नुपर्छ । डिप्रेशनमा भएका व्यक्तिहरूसँगको मनो परामर्षका दौरानमा पटकै पिच्छे चिकित्सकले यौनिकताका सन्दर्भामा  दोहोरो कुराकानी गर्न जरूरी हुन्छ । सकारात्मक कुरा चाहिँ औषधी खाएपछि र चिकित्सकको सल्लाह अनुसारको व्यवहार परिवर्तन गरेपछि ‘डिप्रेशन’ निको हुन्छ । डिप्रेशन निको हुँदै जाँदा स्वभाविकै रुपमा यौन इच्छाशक्ति जाग्रित भएर आउँछ र सकृय यौनजीवनमा सफलतापूर्वक फर्कन सकिन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री