डा राजेन्द्र कुमार गिरी /
बनका बनस्पति देखि करेसाबारीसम्म अनेकौ त्यस्ता औषधिहरू छन ती मध्ये कतिपय प्रजनन स्वास्थयका दृष्टिकोणले निकै महत्वपुर्ण छन । ती बनौषधिहरू मध्ये अशोक पनि एक महत्वपुर्ण भानिन्छ । अशोकलाई आयुर्वेदीय औषधिमा अशोकारिष्टको नामले बढी चिनिन्छ । परापूर्वकालदेखि नै महिलाहरूले महिनावारी गडबडी हुँदा होस् या योनीबाट सेतो पानी बग्दा वा पाठेघरसम्बन्धी अरू कुनै पनि समस्यामा अशोकबाट निर्मित औषधिहरू प्रयोग गर्दैआएका छन् ।
के के तत्वहरू पाइन्छ त जसले महिलाहरूको प्रजनन स्वास्थ्का लागि उपयोगी हुन्छ ?
अशोकमा वनस्पतिजन्य इष्ट्रोजन (फाइटोइष्ट्रोजन) र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ । फाइटोइष्ट्रोजन तथा क्याल्सियमले पाठेघरका मांशपेशीहरूलाई मजबुद बनाउँछ, । इन्डोमेट्रियम (पाठेघरको भित्री तह) को पुनःनिर्माणमा सहयोग गर्दछ, । रक्तस्राव रोक्दछ । साथै फाइटोइष्ट्रोजनले शरीरमा भएको हर्मोनहरूको असन्तुलनलाई सन्तुलनमा ल्याउँन सघाउँछ । अशोकको प्रयोग महिनावारी बन्द भएका महिलाहरू (विशेषगरी ५० वर्षपछि) मा हुने पोष्टमेनोपोजल सिन्ड्रममा पनि लाभकारी हुन्छ ।
अशोकमा सूक्ष्मजीवाणु प्रतिरोधात्मक क्षमता पनि हुन्छ । विभिन्न अनुसन्धानले अशोकमा क्यान्सर प्रतिरोधात्मक तत्व ‘सारासिन’ पाइएको देखाएको छ । उक्त तत्वले महिलाहरूको पाठेघरमा हुने क्यान्सरको जोखिमलाई कम गर्ने विज्ञहरूको दावी छ ।
मुख्यतः अशोकको बोक्रालाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ र साथै यसैबाट पनि विभिन्न औषधिहरू निर्माण गरिन्छन् । धेरै रगत बग्ने, सेतो पानी बग्ने, महिनावारीको समय गडबढी भएका, आङ खस्ने जोखिममा रहेका महिलाहरूका लागि यसको प्रयोग उत्तम हुन्छ । साथै कष्टप्रद महिनावारीमा पनि यसबाट निर्मित औषधिहरू बढी लाभकारी हुन्छ । यसको प्रयोग पिसाबसम्बन्धी खराबी (युटीआई)मा पनि हुन्छ ।
यसको प्रयोग गर्नु पहिला आयुर्बेदीय स्वास्थ्यकर्मीहरूसँग परामर्श गरेर मात्र प्रयोग गर्नुपर्दछ ।