• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • विद्यालयमा आधारित यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक

    ९ माघ २०७४, मंगलवार १६:१७

    जीवनको सबै भन्दा यौनिक उमेर नै किशोरावस्था हो ।

    अधिकांश किशोरकिशोरीहरूको यौन क्रियाकलाप (हाँसो ठट्टा देखि विभिन्न यौन सम्बन्धहरू) विद्यालयमा नै भएको हुन्छ । किनकि प्राय प्रत्येक दिनको अधिकांश समय उनीहरूले त्यहि विताएका हुन्छन । यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरू पनि त्यहि बढि भोगेका हुन्छन । यहि आधारमा पनि दावाका साथ माग गर्न सकिन्छ कि उनीहरूको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा पनि विद्यालयमै हुनु जरूरी छ ।

    युवा मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा दिन सबैलाई सकिन्छ तर मुख्यगरी यो सेवा किशोरावस्थाका विद्यार्थीहरूका लागि हो । यो छुट्टै सेवा पनि होइन र हुनु जरूरी पनि छैन । किन कि छुट्टै सेवामा भन्दा समग्र स्वास्थ्य सेवामा उनीहरू सेवा लिन रूचाउँछन भने उनीहरूको सेवाका लागि पनि एकअर्को सेवामा सहयोग पुग्छ । किनकि कतिपय किशोरकिशोरीहरू अन्य स्वास्थ्य सेवा लिने भनेर जान्छन र अनुकुल अवस्था भए मात्र आफ्नो यौन स्वास्थ्य समस्याको बारेमा परामर्श लनि चाहन्छन ।

    हाम्रो समाजमा यौनको बारेमा खुलेर कुरा गर्न बर्जित मानिएको छ । लाजको विषय बनाइएको छ । ईज्जतसँग जोडेरे हेरिएकोछ । यी लगायत अरु बाधाहरूले गर्दा यौन र यौनिकताका बारेमा अनकौं भ्रमहरू छन । जसका कारण धेरै युवाकिशोरकिशोरीहरूले जोखिमपूर्ण यौन व्यवहारहरू गरेका हुन्छन । ती भ्रमहरू आफ्ना मनमिल्ने साथीहरूबाट नै पाएका हुन्छन भने जोखिमपूर्ण यौन व्यवहार पनि प्राय मिल्ने साथीहरूसँग नै भएको हुन्छ । त्यसबाट आउने असरका बारेमा परामर्श गर्न वा आवश्यकता अनुसार उपाचार गर्न पनि मैत्री वातावरणमा न स्वास्थ्य सेवा निकाय न त विद्यालयमा व्यवस्था हुन्छ । यहि आधारमा हेर्दा हाम्रो देशको सन्दर्भमा किशोरकिशोरीहरूको  यौन तथा तथा प्रजनन स्वास्थ्य सेवा सबै भन्दा कम्जोर अवस्थामा छ । समाज, विद्यालय, स्वयं युवाकिशोरकिशोरीहरू र उनीहरूका अभिभावकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा सचेत हुनेको संख्या अत्यान्तै न्युन छन ।

    सायद एसियामा सबैभन्दा पछि नेपाल सरकाले पनि सरकारी निकायका स्वास्थ्य संस्थाहरूमा युवा मैत्री सेवा सञ्चालन गरेको पाँच बर्ष वितिसक्यो । यसको सकारात्मक प्रभाव राम्रो भएन भन्ने प्रतिवेदन लगानीकर्ता दातासंस्थाहरूले निकालिसकेका छन । यसको मुख्य कारण नै यसको व्यस्थापकीय कम्जोरी भएको हो । स्वास्थ्य कर्मी, स्थानीय सरोकारवालाहरू र भौतिक पुर्वाधारहरू नै कम्जोर भएको त्यसले उल्लेख गरेको छ । यो अवधारणा राम्रो हुँदाहुँदै पनि प्रभावकारी हुन नसक्नुका मुख्यकारण सरकारले अपेक्षा गरेअनुसार सफल नहुनुमा विद्यालय विदा हुँदा ती स्वास्थ्य सेवा निकायहरू पनि विदा हुने र अरू दिन पनि विद्यालय खुल्दा खुलिसकेको हुँदैन अनि विद्यालय बन्दहुनु भन्दा पहिल्यै बन्द भइसकेको हुने ।

    यसपछि हालको बर्ष सरकारले एक विद्यालय एक नर्सको व्यवस्था गर्ने नीति ल्याउँने तयारी गरिरहेको जानाकारी सार्वजनिक भइसकेको छ । नेपालको लागि यो पहिलो कुरा होयन किनकि नेपालका कतिपय निजी क्षेत्रका विद्यालयहरूमा यस्तो व्यवस्था हुँदै आएको हो जहाँ कम्तिमा एक जना स्वास्थ्य कर्मी रहेका हुन्छन । सामुदायिक विद्यालयमा चाहि यो नयाँ योजना हो र निकै प्रशंसनीय कुरा पनि हो ।

    विगतमा स्वास्थ्य संस्थाहरुमा व्यवस्था गरिएको युवा मैत्री स्वास्थ्य सेवा जस्तै हुने सम्भावना यसमा पनि छ । किनकि सार्वजनिक सेवा प्रदायकहरू अधिकांशको चरित्रगत अवस्था यहाँ पनि उहि हो । तर यसलाइ राम्रोसँग सञ्चालनमा ल्याउँने हो भने विगतको युवा मैत्री सेवा भन्दा यो निकै प्रभावकारी हुने सम्भावना पनि छ ।

    किनकि

    • स्वास्थ्य चौकी तथा प्राथामिमक स्वास्थ्य चौकी भन्दा विद्यालय धेरै नै युवा मैत्री हुनसक्छ ।
    • साथीसँग कुराकानीको आदानप्रदान गर्न धेरै नै सहज हुनेछ ।
    • गोनीयता अपनाउँनका लागि स्थान पर्याप्त हुने सम्भावना छ।
    • विद्यालमा क्लिनिक हुँदा थप उपचार आवश्यक हुँनेहरू धेरैले सुविधा पाउँने र सूचना पाउँन सहज हुने ।
    • साथीभाइबाट पनि धेरै जानाकारीहरू हुने
    • विद्यालयमा विद्यार्थीहरूकै रेडक्रस सोसाइटी, स्काउट लगायत धेरै किसिमका सामाजिक संस्था हुनेहुनाले स्वयंसेवी सुविधा पनि हुने ।
    • स्वास्थ्य सेवा नीति बनाइ दिएपछि त्यसको प्रभावले विद्यार्थीलाइ जीवन पर्यन्त पर्ने ।
    • यौन स्वस्थ्य सुधारका साथै सचेतानाका लागि शिक्षामुद्यक गतिविधि सञ्चालन गर्न सहज हुने ।
    • यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा क्षमता अभिबुध्दि हुने ।
    • स्वास्थ्यका सम्बन्धमा भएको चेतना अभिबृध्दिले परिवारमा अभिभावहरूमा पनि त्यसको प्रभाव सकरात्मक हुने ।
    तपाइको मत
  • भिडियो सामाग्री