• २०७८ कार्तिक ८, सोमवार
  • |
  • Monday 25th October 2021
  • विद्यालय क्लिनिकमा यौन तथा प्रजनन स्वास्थ्य

    १६ माघ २०७४, मंगलवार १४:३१

    सरकाले एक विद्यालय एक नर्सको अवधारणा ल्याएको थियो तर कार्यान्वयन हुनसकेको छैन । त्यति मात्र होइन त्यस सम्बन्धी कार्यविधि समेत बनाएको छैन । यो योजना त पहिला देखि नै हुनु पर्थ्यो । प्राय निजी विद्यालयहरूमा एउटा सानो क्लिनिक र विद्यालयको स्तर अनुसार स्वास्थ्य कर्मीहरूको व्यवस्था गरिएको हुन्छ । ती सेवाहरू कति बाल मैत्री छन भन्ने सवाल चाहि छलफलको विषय हुनसक्दछ होला ।

    ढिला भए पनि सरकाले ल्याएको यस अवधारणा प्रति आशा गरौं यसको कार्यान्वयन छिट्टै होस र हरेक विद्यालयमा बाल मैत्री स्वास्थ्य उपलब्ध होस । विद्यालमा स्वास्थ्य कर्मीको व्यवस्था गरेर मात्र होइन प्रबर्धन तथा रोकथामका योजना अनुसार नियमित गतिविधिहरू पनि सञ्चालन हुनु जरूरी छ । जसका कारण उनीहरूको स्वास्थ्य जीवनयापनका व्यवहारमा परिवर्तन हुनु आवश्यक छ ।

    स्वास्थ्य सेवाका क्षेत्रमा परम्परागत प्रभावले व्यवस्थापकहरूलाई अझै छोडेको छैन । हाम्रो समाजमा स्वास्थ्य सेवा भनेको औषधि दिने र लगउँने भन्ने बुझाई अनुसार नै व्यवस्थापन गरिएको हुन्छ । जसको कारण मानसिक स्वास्थ्य सेवा ओझेलमा पर्दैं आएको छ । आजको समाजमा विस्तारै त्यो समस्या दिनप्रति दिन बढ्दैछ । त्यसैकारण हालको अवस्थाका अधिकांश बिद्यालयहरूलाई बाल मैत्री हुनुपर्छ भन्नुको कारण तनाव रहित तथा बालमनोविज्ञानसँग सम्बन्धित मैत्री हुनुपर्ने भनिएको हो । विद्यालयका लागि स्वास्थ्य सेवा पनि यसैका आधारमा बाल मैत्री हुनु आवश्यक छ । अभिभावक, साथीभाई, शिक्षक आदिबाट कुनै न कुनै किसिमले अधिकांश बालबालिकाहरू तनावमा हुन्छन । कुण्ठित भएका हुन्छन । त्यसमा पनि विद्यालमा पढ्ने उमेरका बालबालिकाहरूको संख्या किशोरावस्था (१० देखि १९ बर्ष उमेर समूह) सबैभन्दा धेरै हुन्छन । जुन उमेरमा उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाउँने सम्भावना धेरै हुन्छ । विश्वसनीय परामर्श र गोपनीयता अपनाइएको उपचार व्यवस्थाको अभावले  विभन्न यौन जन्य शारीरिक तथा मानसिक समस्याले गुज्रिएका हुन्छन । प्राय  विद्यालयहरूमा यौन शिक्षा नदिइने हुनाले उनीहरूमा व्यापक भ्रमपूर्ण जानाकारी हुनसक्छ जसका कारण विभिन्न किसिमका दुर्घटनामा पुगेका हुन्छन । त्यसैले विद्यालयमा सञ्चालन हुने स्वास्थ्य सेवामा जीवनोपयोगी सीप विकासमा आधारित यौन तथा प्रजनन स्वास्थ्य सेवा का साथै बाल तथा युवा मैत्री परामर्श सेवा पनि उपलब्ध गराउँनु जरूरी छ ।

    यौन स्वास्थ्य सेवा दिनका लागि कस्तो हुनुपर्छ विद्यालय क्लिनिक तथा परामर्श सेर्वा

    • स्वास्थ्य कर्मी तथा शिक्षकहरूको लागि युवा मैत्री स्वास्थ्य सेवा सम्बन्धी विशेषत तालिम उपलब्ध हुनुपर्दछ ।
    • किशोरकिशोरीहरूका भावनालाई सम्मान गर्ने संस्कार बसाल्नु पर्छ।
    • युवाकिशोरकिशोरीहरुको स्वास्थ्य सम्बन्धी कुनै पनि कुरा वा सेवाको गोपनीयता तथा विश्वसनीयता कायम राख्नुपर्दछ ।
    • कुनै पनि समस्याको बारे खुलेर कुरा गर्ने मिल्ने ठाउँ र समय हुनुपर्छ ।
    • यौन तथा प्रजनन स्वास्थ्य शिक्षा पनि नियमित चलाउँनु पर्दछ त्यस्ता गतिविधिको योजना बनाउँदा विद्यार्थीहरूको पनि सहभागीता हुनुपर्दछ ।
    • उनीहरूको योजना र सुझावलाई पहिलो प्राथामिकता दिइनुपर्छ ।
    • कुनै पनि किसिमको शुल्क त्यसमा जोडिनु हुदैन ।
    • सरल भाषामा सेवाहरू सम्बन्धी जानकारी सबैले देख्न सक्नेगरी टाँस्नुपर्छ ।
    तपाइको मत
  • भिडियो सामाग्री