[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. यौनशिक्षाको पढाई | Yaunik Media
  • २०८१ फाल्गुन १, बिहिबार
  • |
  • Thursday 13th February 2025
  • यौनशिक्षाको पढाई

    ७ फाल्गुन २०७४, सोमबार २०:३७

    यौन तथा प्रजनन स्वास्थ्य शिक्षा पढाउन पर्ने बेलासम्ममा केटाकेटिहरू बैंशले छिल्लीसकेका हुनेहेछन । त्यहि भएर कक्षामा पढाउँन थाल्ने वित्तिक्कै कुत्कुत्तेर कसैलाई पनि तहलगाउँन सकिदैन । पहिला त केटीहरू चाहिँ लाजले चुपचाप बस्थे, अब त उनीहरू पनि के कम ? कक्षाकोठामा यौनको प्रशंग निकाल्यो कि बैंशले कत्कुत्याएर  उखर्माउलो हुने रहेछ क्यारे धेरै हल्ला गर्ने, पाठमा भएको भन्दा अरूअरू चाहिँने नचाहिने कुरा सोध्ने ।  हैरानै पार्ने हुनाले मैले त भुरा (विद्यार्थी) तहलगाउँन  नसकेर त्यो पाठमा आइपुग्दा तिमीहरू आफैं पढ भन्ने गरेकोछु । त्यति भएपछि आफुलाई पनि आनन्द ।

    —————————————————————–

    पहिला पहिला घरमा आमाले तल्लो पेट दुख्यो भनेर पीडा भोगेको मैले देखेको थिएँ । त्यतिबेला नै तल्लो पेट भनेको के हो भन्ने पनि थाहा पाएको थिएँ । मलाई एकदिन कक्षा कोठामा आमाले भने जस्तै गरी दुख्यो । म बेञ्चमा घोप्टिइरहेँ । निकै बेरपछि सरले के भएको भनि सोध्नुभयो । मलाई त्यो भन्न लाज भयो र डर पनि लाग्यो । त्यसैले पेट दुखेको मात्रै भने । सरले एकजना साथी लगाएर हेल्थपोस्टमा पठाउँनु भयो । त्यहाँ पनि अहेब अंकलले हामी गएको देखेर ढोकै देखि जिस्क्याएर सोध्नु भयो,” के भयो मैयालाई ?” अङ्कलको कुराले गर्दा मलाई झन बढी अप्ठ्यारो भएकोले अङ्कललाई चाहिँ टाउको दुख्यो भनेर ढाँटिदिएँ । अहेव अङ्कलले ६ वटा सिटामोल दिएर पठाउँनु भयो । त्यतिबेलासम्म मलाई दुख्न कम भईसकेको थियो । घरपुगेर आमालाई सबै कुरा भनेपछि पो थाहा पाएँ मलाई त महिनावारी पो भएको रहेछ । त्यसैले आमाले अरूकै घरमा लगेर १५ दिनसम्म राखिदिनुभयो ।

    ———————————————————————

    यी दुबै प्रतिनिधिमूलक घटनाहरू हुन । पहिलो घटना नुवाकोटमा आयोजित यौन तथा प्रजनन स्वास्थ्य तालिमको सन्दर्भमा एक जना सहभागी शिक्षकले गैह्रजिम्मेवार तरिकाले बताउँनुभएको हो भने दोस्रो घटना दोलखाको एक माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत एक छात्राले संकोच र डरका साथ बताएकि हुन । अनि दोस्रो घटनाको परिणाम पहिलो घटनासँग प्रत्यक्ष सम्बन्धित छ । किनकि ती छात्राले अभिभावकबाट  यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानाकारी पाउँने सम्भावना नभएपनि विद्यालयबाट चाहिँ किशोरकिशोरीहरूको यौन तथा प्रजननस्वास्थ्यका बारेमा आधारभूत शिक्षा पाएको भए उनले  विद्यालयमा शिक्षकसँग आफुलाई भएको समस्याका बारेमा निर्धक्क भन्न सक्नेथिइन । जसका कारण यति धेरै तनाव भोग्न पर्ने थिएन र त्यस दिनको पढाइ पनि छुट्ने थिएन ।

    यदि विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा नपढाउँने र त्यसका बारेमा जीवनोपयोगी सीप नसिकाउँने हो भने उनीहरू मध्ये अधिकांशले जीवनभरी सही जानाकारी नपाउँने निश्चित नै छ ।

    किनकि

    • विद्यालयमा पढ्ने उमेरमै उनीहरूमा यौनिकताका बारेमा उत्सुक्ता बढ्न थालेको हुन्छ र विपरित लिङ्गी पनि आकर्षण बढ्न थालेको हुन्छ । मन परेकाहरू बीच एकआपसमा नजिक हुनथालेका हुन्छन । डेटिङ् जान शुरू गरेका हुन्छन ।
    • महिनावारी शुरू भएको हुन्छ । यौन शिक्षा राम्रोसँग नपाएका र शुरक्षित यौन सम्बन्ध र व्यवहार सम्बन्धी जीवनोपयोगी सीप नहुने हुनाले असुरक्षित तथा जोखिमपूर्ण यौनसम्पर्क समेत हुनेहुनाले अनिच्छित गर्भधारण हुने सम्भावना धेरै हुन्छ ।
    • यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा जानाकार नहुने र जिम्मेवार यौन व्यवहार नहुने हुनाले विद्यालय मै पनि यौन दुर्व्यवहारमा परेका हुन्छन । जसको कारण तनाव सिर्जना हुनाले पढाईमा प्रतिकुल असर परिरहेको हुन्छ ।
    • यौनिकता सम्बन्धी सही धारणा बनाउँने क्षमता नहुनाले र गलत धारणाले बढी प्रभाव पर्ने हुनाले सानो उमेरमा विबाह हुने सम्भावना धेरै हुन्छ ।
    • हस्तमैथुन गर्न थाल्ने उमेर पनि विद्यालय पढ्ने उमेर भित्रै हुनेहुनाले प्राय सबै किशोरकिशोरीहरू हस्तमैथुनमा संलग्न हुन्छन र समाजमा हस्त मैथुन सम्बन्धी गलत धारणाले प्रभाव पारिरहेको हुन्छ । यहि प्रभाव लामो समयसम्म परिरहदा र यसका बारेमा सही जानाकारी नहुँदा उनीहरूमा मानसिक तनाव धेरै परेका हुन्छन ।

    घर वा घरबाहिर पनि यौन र यौनिकता सम्बन्धी शिक्षा वा जीवनोपयोगी सीपबारे जानाकारी नपाइने हुनाले उनीहरूले हालसम्मका लागि यौन शिक्षा पाउँने एउटै मात्र निकाय विद्यालय मात्रै हो ।

    समस्याहरू पनि छन

    यौन तथा प्रजनन स्वास्थ्य बारे विद्यालयमा पढाइरहनुपरेका  शिक्षकहरूले कक्षाकोठाको वातावरणमा सन्तुलन मिलाउँने उचित विधि तथा सन्तुलनका उपाय मात्र होइन विषयगत जानाकारीका साथै  थुप्रै समस्याहरू झेलिरहनु पनि परेकोछ ।

    जस्तै :

    • अध्ययन तथा अध्यापन सम्बन्धी सामग्रीहरु उपलब्ध नहुनु, विषयगत तालिम नहुनु, कतपिय शिक्षकहरूलाई विषयको पृष्ठभूमि नै नहुनु आदि ।
    • समाजमा यौन तथा प्रजनन सम्बन्धी अझै खुलेर कुरा गर्न नसकिने अवस्थता हुनाले समाजको डरका कारण शिक्षकले पनि खुलेर पढाउँने आँट गर्न नसक्नु,
    • अधिकांश सामाजिक तथा साँस्कर्तिक विश्वासहरू यौन शिक्षासँग मेल नखाने हुनाले कतिपय शिक्षकहरूमा पनि यस विषयमा भ्रमहरू हुनु
    • शिक्षकहरूलाई विद्यार्थीहरूले आदर्श मान्छन त्यसैले उनीहरूसँग यौनिकता र यौन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्दा मानमर्यादामा आँच आउँने शिक्षकहरूमा भ्रम हुनु
    • शिक्षकहरूका लागि तालिमको व्यवस्था गरिएपनि अत्यान्त छोटो अवधिको हुनु । तालिम, शिक्षण र अध्ययन सामग्री प्राप्त गर्न सक्ने स्रोतको जानकारी, अध्ययन र सन्दर्भ सामग्रीको निर्माण, शिक्षक निर्देशिकाको  निर्माण, अभिभावक शिक्षाको व्यवस्था, आदि कार्य गर्न नसकेका कारणले पनि यस विषयमा पढाइ अपेक्षित रुपमा उपलब्धीमूलक नहुनु
    • स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा अध्यापन गर्ने अधिकांश शिक्षकहरूको पृष्ठभूमि सम्बन्धित विषयभन्दा फरक हुनु
    • धेरैजसो विद्यालयमा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषय एकै जना शिक्षकले मात्र पढाउँने हुनाले एकै मानिस सबै विषयमा विज्ञ हुन नसक्नु
    • सरकारले हालसम्मा यस विषयको दरबन्दी सीर्जना गरेको छैन
    • पाढाइहाले पनि पाठ्यक्रमले निर्दिष्ट गरेका कुरा भन्दा अरू जिज्ञाशाहरूको बारेमा समाधान नगरिदिनु वा समाधान गर्न हिच्किचाउनु
    • अभिभावक शिक्षाको ठुलो अभाव हुनु

     

     

    तपाइको मत
  • भिडियो सामाग्री